समाज

मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

वीरगञ्जबाट प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ बस्ने ३९ बर्षका नकुल रुम्बा तामाङ, मकवानपुर हेटौडा उपमहानगरपालिका १ बस्ने ३४ बर्षका रमेश लामा र हेटौंडा १० बस्ने ५० बर्षका अमितकुमार थापा पक्राउ परेका हुन् । जेठ २२ गते राति साढे ८ बजेतिर...बाँकी

गौरवका आयोजनाको ‘लाइभ फुटेज’ प्रधानमन्त्रीको मोबाइलमै

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘एक्सन रुम’ नाम दिएर हालै एउटा आधुनिक प्रविधियुक्त कक्ष बनाइएको छ । प्रधानमन्त्री केपी शार्म ओलीले प्रदेशका मुख्यमन्त्रीहरुसँग यस कक्षबाट ‘लाइभ’ कुराकानी गर्न सक्छन् । जेठ १५ गतेबाट सञ्चालनमा आएको एक्सन रुममा तीन वटा ठूला मनिटर जडान गरिएको छ । उता मुख्यमन्त्रीहरुको कार्यलयमा ‘टेलिप्रिजेन्स सिस्टम’ जडान...बाँकी

‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ’ : उपमहानगर प्रमुख चौधरी

 सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिए, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’ यो धम्कीबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा सार्वजनिक भएपछि न्युज–२४ का पत्रकार रवि लामिछानेले चौधरीलाई टेलिफोन अन्तर्वार्तामा सोधे, ‘मेयरसाब, तपाईंले त पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्ट्याएको...बाँकी

आठ यार्सा संङ्कलकको मृत्यु

 धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् । यार्सा सङ्कलनका लागि जाँदै गर्दा...बाँकी

मलमा पनि बिचौलिया : सरकारको पर्ने १४, किसानले तिर्ने ५० रुपैयाँ

कृषि सामग्री कम्पनीले हेटौंडा कार्यालयमा युरिया मलको मूल्य किलोको १४ रुपैयाँ तोकेको छ । त्यहाँबाट ६१ किलोमिटर दूरीको दामनमा किसानले एक किलो युरियालाई ५० रुपैयाँसम्म हालेका छन् । हेटौंडाबाट दामनसम्म ढुवानी गर्दा डिलरले थप २ रुपैयाँ लिन्छन् । यसो गर्दा प्रतिकिलो १८ रुपैयाँसम्म पर्छ । त्यसपछि डिलरले सहकारी वा खुद्रा पसललाई बेच्छ । सहकारीले एक–दुई सय...बाँकी

सवारी र ल्यापटप लिएर कर्मचारी फरार

तत्कालीन जिल्ला विकास समिति धनुषाका कर्मचारीले कार्यालयको सामान लिएर फरार भएका छन्। देश संघीय संरचनामा गएपछि सरुवा भएको कुनै पनि कर्मचारीले कार्यालयका सवारी, ल्यापटपसहित अन्य सामग्री बुझाएका छैनन्। कार्यालयको कामका लागि प्रयोग गरेको सवारी, ल्यापटपसहितको सामग्री कुनै छलफल नगरी २८ जना कर्मचारी फरार भएका हुन्। कर्मचारीले स्थानीय तहमा सरुवा हुँदा...बाँकी

घुस सहित अख्तियार हेटौंडाले समात्यो वडाध्यक्ष

हेटौंडाः अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयबाट खटिएको टोलीले एक वडाध्यक्षलाई घुस सहित पक्राउ गरेको छ । बारा जिल्लाको महागढीमाई नगरपालिकमा –६ का वडाध्यक्ष रामजी प्रसाद बराईले वडाको एक विद्यालयको कम्पाउण्ड बनाउन उपभोक्ता समिति सँग घुस लिंदै गर्दा हेटौंडाको टोलीले पक्राउ गरेको हो । सुचनाको आधारमा घुस लिँदा लिँदै अख्तियार...बाँकी

बालविवाह न्यूनीकरणमा विद्यार्थीको भूमिकाबारे वक्तृत्वकला

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिका–३ मा रहेको महेन्द्रज्योति माविमा बाल विवाह न्यूनीकरणका लागि विद्यार्थीको भूमिकाको विषयमा वक्तृत्वकला प्रतियोगिता भएको छ । प्रतियोगितामा महेन्द्रज्योति माविका छात्रा निकिसा तिमल्सिना प्रथम भएकी छन् । प्रतियोगी ८ जनालाई पछि पार्दै उनी प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् । प्रतियोगितामा सोही विद्यालयमा अध्ययनरत शशी...बाँकी