समाज

मकालु र भोटखोलाका ४ हिमताल जोखिममा

संखुवासभाको मकालु र भोटखोला गाउँपालिका रहेको लोअर बरुणसहित ४ वटा हिमताल जोखिममा रहेको पाइएको छ। संखुवासभाका १०४ वटा हिमतालहरू मध्ये ४ वटा हिमताल जोखिममा रहेको पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिक डा। बहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार मकालु आधार शिविरभन्दा तल रहेको लोअर बरुण हिमताल र भोटखोलामा गाउँपालिकामा रहेको...बाँकी

बागमती प्रदेशको सात करोड लगानीमा ७५ वटा पार्क निर्माण

बागमती प्रदेशका १३ जिल्लामा सात करोड लगानीमा ७५ वटा पार्क निर्माण भएका छन् । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले काठमाडौंसहित १३ जिल्लामा ७५ वटा पार्क निर्माण गरेको हो । मन्त्रालयका सचिव शिवकुमार वाग्लेका अनुसार सरकारले ‘हरित सहर’ अभियानअन्तर्गत पार्क निर्माण गरेको हो । निर्माण भएका पार्कहरूरु स्थानीय तहलाई हस्तान्तरण...बाँकी

पर्सामा थपिए ६४ कोरोना संक्रमित

पर्सामा थप ६१ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा एक डाक्टर, एक पारामेडिक्स, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलगायत रहेका छन्। यस्तै, बाराका एक र रौतहटका दुई संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदनकुमार जानकारी दिए। संक्रमितहरु १५ देखि ६८ वर्ष समूहका रहेको डा.उपाध्यायले बताए।...बाँकी

हेटौंडाको आइसोलेसन वार्डमा २६ जना कोरोना मुक्त

मकवानपुरको हेटौंडामा रहेको कर्रा आईसोलेसन वार्डबाट हालसम्म २६ जना संक्रमित कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्किएका छन् । शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ स्थायी ठेगना भएका कोरोना संक्रमित व्यक्तिमा पछिल्लो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज गरिए संगै संक्रमण मुक्त भएर घर फर्किनेको संख्या २६ पुगेको हो ।...बाँकी

गुल्मीमा पहिरोले एकै परिवारका ४ जनाको मृत्यु

गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी...बाँकी

मकवानपुरका एकजनामा कोरोना पुष्टि

मकवानपुरका थप एक जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिएका हुन् । शुक्रवार किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका थप एक जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए...बाँकी

लागु औषत सहित एकजना पक्राउ

मकवानपुरको हेटौंडा–१५ बाट अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१५ का वर्ष ३० का सुरेश नेपाली रहेका छन् । सुरेशलाई १ सय ९३ एम्पुल डाइजेपाम, १ सय ८५ एम्पुल फेनारागन र २ सय ३ एम्पुल नुर्फिनसहित ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको...बाँकी

२४ घन्टामा थप २२४ जनामा कोरोना संक्रमण

मुलुकभर थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप २२४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्‍वर गौतमले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । २४ घन्टामा १५१ जना संक्रमित...बाँकी