समाज

बागमती प्रदेशमा कोरोना संक्रमण १ हजार ६६ पुग्यो

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १ हजार ६६ पुगेको छ । बिहिबार प्रदेशको ८ जिल्लाको ५४ जनामा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या १ हजार ६६ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालय ले जनाएको छ । संक्रमण पुष्टि हुनेहरुमा काठमाण्डौका ४१ जना,ललितपुरका २ जना,भक्तपुरका २ जना,नुवाकोटका २ जना,...बाँकी

लेखन सिप सम्बन्धि अन्लाईन अभिमुखिकरण

हेटौंडा /१६ मा अबस्थित श्री जनप्रिय माध्यमिक बिद्यालयमा १ दिने रचनात्मक लेखन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कक्षा ९ र १० का बिद्यार्थीमा रचनात्मक लेखन शैलीको बिकास गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा सहजीकरणको काम हेटौंडा क्याम्पसका उप प्राध्यापक मनोज पोख्रेल ज्युले गर्नु भएको थियो...बाँकी

हेटौंडा सामुदायिक आखाँ अस्पतालमा १७ जनाले गरे आखाँ दान

कुमारी स्याङ्बो हेटौंडाः हेटौंडा सामुदायिक आखाँ अस्पतालको परिसरमा दुई वर्षको अवधिमा १७ जनाले आखाँ दान गरेका छन् । उक्त केन्द्रले धेरै जनाको आखाँको नानी संकलन गरिसकेको छ । हेटौंडा सामुदायिक आखाँ अस्पतालमा पहिलोपटक हेटौंडा उपमहानगरपालिका ४ खोपेगल्लीका रामकृष्ण श्रेष्ठको नानी संकलन गरिएको थियो । हेटौंडा उपमहानगरपालिका १० स्थित टीसीएनमा रहेको...बाँकी

हेटौंडाको रातोमाटेमा सीसी क्यामेराबाट चेकिङ

प्रदेश प्रहरी कार्यालय हेटौंडाले बागमती प्रदेश प्रवेश गर्ने सबै नाकामा प्रहरीको डीजीटल निगरानी गर्ने तयारी थालेको छ । सबै भन्दा पहिले हेटौंडाको रातोमाटेमा सीसीक्यामेराबाट चेकिङ गरिने भएको हो । प्रदेशको आन्तरिक सुरक्षाका लागि अव प्रविधिका माध्यमले काम गर्नेगरी तयारी थालिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले...बाँकी

हेटौंडाको प्रदेश प्रहरी कार्यालयमा ८४ लाख लागतको कभडहल निर्माण सुरु

बागमती प्रदेश प्रहरी कार्यालयको हेटौंडाको परिसर भित्र कभडहल (बहुउद्देशीय भवन) निर्माण गर्न सुरु गरिएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्ष बसन्त कुमार लामाले एक कार्यक्रमका वीच कभडहलको शिलान्यास गर्नुभएको छ । कभडहल निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाले सहयोग गर्न लागेको छ । प्रदेश प्रहरी भित्र आयोजना गरीने बिभिन्न...बाँकी

थपिए २७४ कोरोना संक्रमित, २४ घन्टामा २२७ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । २४ घन्टामा २२७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । योसँगै निको हुनेको संख्या...बाँकी

भुवनविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने तयारीमा साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कलाकाररनिर्माता भुवन केसीविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने बताएकी छन् । भुवनसँगै प्रोडक्सन म्यानेजर गणेश सापकोटाविरुद्ध पनि मुद्दा हाल्ने उनको भनाइ छ । भुवनको निर्देशन र साम्राज्ञीको अभिनय रहेको फिल्म ‘ड्रिम्स’का प्रोडक्सन म्यानेजर सापकोटाले केही दिनअघि एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा साम्राज्ञीलाई ‘रक्सी र नशालु पदार्श खुवाएको’ बताएका...बाँकी

मकवानपुरका एकजनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा एक जना कोरोना संक्रमित थपिएका छन्, । थपिएका संंक्रमित मकवानपुरको बागमती गाउँपालिका(२ माझगाउँका २८ बर्षीय पुरूष हुन। बुुधबार संक्रमित सहित ३४ जनाको स्वाब संकलन गरि हेटौंडास्थित प्रयोगशालामा पठाइएकोमा उक्त पुरूषमा कोरोना पुष्टि भएको हेटौंडा आइसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईंले बताएका छन्,। संक्रमित पुरूष साउदी अरबबाट नेपाल आएका थिए ।...बाँकी