अध्ययन, जागिर, व्यापार वा अन्य कामले देशैभरीका मानिसहरू काठमाडौंमा बसोबास गर्छन्। तर उनीहरुको आफ्नै घर नहुनु र अपार्टमेन्टहरू सजिलै उपलब्ध नहुनले कसैको व्यक्तिगत घरमा मौखिक सहमतिमा कोठा भाडामा लिई बस्नु पर्ने अवस्था छ। तर बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरणले गर्दा डेरा पाउन मुस्किल हुन्छ। त्यसमाथि घरबेटीको दादागिरी, मन लाग्दी भाडादरले डेरावाललाई...बाँकी
सरकारले एनसेलको सेयर बिक्रिपछिको पुँजीगत लाभ कर असुलीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । कर असुलीका लागि सरकारले कम्पनीको समग्र सम्पत्ति तथा दायित्वको लेखापरीक्षण गर्न परामर्शदाता छनौट थालेको छ । एनसेल विक्री भएको दिनमा कम्पनीको सम्पत्ति र दायित्वको लेखापरिक्षण गरी त्यसबाट निस्कने मुल्यमा सरकारले लेखापरीक्षण प्रक्रिया अघि बढाईसकेको छ...बाँकी
सर्लाहीका एक दलित युवकलाई रौतहटको चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरीले अनाहकमा निर्घात कुटपिट गरेका छन् । चोरीको आशंकामा पक्राउ गरी रातभर कुटपिट गरेपछि प्रहरीले निर्दोष भन्दै भोलिपल्ट बिहान ती युवकलाई अभिभावकको जिम्मा लगाएको छ । सर्लाहीको हरिवन नगरपालिका ८ चापिनी निवासी २२ बर्षीय विशाल नेपालीलाई प्रहरीले यसरी पिटेको हो ।...बाँकी
मकवानपुरको ग्रामीण क्षेत्रमा ग्राभिटी रोपवे सञ्चलनमा आएसँगै गाँजा खेती करिब करिब विस्थापन भएको छ । अर्को विकल्प नभएका किसान जिविकोपार्जनको लागि गाँजा खेती गर्थे । जब आफ्नो उत्पादनले बजार पाउन थालेपछि स्थानीयले गाँजा खेती चटक्कै छाडे । अहिले उनीहरुको पाखा तरकारीले ढाकेको छ । उनीहरु भन्छन् –‘इज्जतले खेती गर्न पाइन्छ...बाँकी
भदौ १ देखि लागू हुने नयाँ कानुनअनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । कानुनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ। पत्नीले आफूलाई पतिले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानुनअनुसार कारबाही भोग्नुपर्नेछ। नयाँ संहिताअनुसार सामूहिक जबर्जस्ती करणी गर्ने दोषीलाई २५ वर्षसम्म जेल...बाँकी
मुलुकी अपराध संहिता ऐनमा भएको केही व्यवस्थाले पत्रकरमाथि समेत पेशागत जोखिम बढ्ने देखिएको समाचार आजको कान्तिपुरले छापेको छ। वैयक्तिक गोपनीयता, गाली बेइज्जतीसम्बन्धी व्यवस्थालगायत विषयमा पत्रकारसमेत पेशागत कामकारबाीका सिलसिलामा जोडिने जोखिम बढेको हो । संहिताको भाग ३ परिच्छेद १ मा अनुमतिबेगर कसैको तस्विर खिच्न नहुने व्यवस्था गरिएको छ । तर फोटो पत्रकारका...बाँकी
भूमिहीन भूकम्पपीडित लाभग्राहीलाई जग्गा खरिदको लागि सरकारले दुईलाख रुपियाँ अनुदान दिने भने पनि मकवानपुरकाका भूमिहीन लाभग्राहीले भने त्यतातर्फ चासो देखाएका छैनन् । मकवानपुरमा करिब ४ हजार दुई सय लालपूर्जाबिहीन भूकम्पपीडित परिवार भएको अनुमान गरिए पनि असार मसान्तसम्ममा जम्मा ९७ परिवारले मात्र जग्गा खरिदको लागि निवेदन दिएको जिल्ला आयोजना कार्यान्वयन ईकाईले...बाँकी
हेटौंडाबाट काठमाडौं पुग्ने छोटो मार्ग सिस्नेरी–दक्षिणकाली–काठमाडौ सडक अवरुद्ध भएको छ । सस्नेरीतर्फको सडकअन्तर्गत इन्द्रसरोबर गाउँपालिका–३ पाथीखोल्चामा पहिरो खसेको छ । बिहान करिब ८ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । हिजो बेलुकायता उक्त स्थानमा पानी नपरे पनि पहिरो खसेको हो । यसअघि पनि सोही स्थानमा पहिरो खस्दा...बाँकी