भेष्पा र अप्रिला ब्राण्डको स्केटी सोरुम हेटौंडामा सञ्चालनमा आएको छ । आर.एस लाईफस्टाईले यसलाई सञ्चालनमा ल्याएको हो । इटालिएन ब्राण्डमा एकदमै चर्चित ब्राण्ड हो भेष्पा र आप्रिला । अहिले हामीसँग २५ वटा स्कुटी छ माग अनुसार हामी थप्दै जान्छौ । सेल्स सर्भिस स्पेयर्सको सुविधा र फाईनान्सको पनि सुविधा छ आर.एस...बाँकी
प्रदेश ३ सरकारले चितवनसहित तरकारी सङ्कलन हुने ५ जिल्लामा विषादी मापन प्रयोगशाला स्थापना गर्ने भएको छ। प्रदेशलाई विषादीमुक्त बनाउने लक्ष्यसहित प्रयोशाला स्थापना गर्न लागिएको हो। प्रदेश ३ को भूमि, कृषि तथा सहकारी मन्त्रालयले चितवनमा खाद्यवस्तुमा विषादीको मात्रा परीक्षण गर्ने प्रयोगशाला स्थापनाको काम सुरू गरिसकेको छ। कृषि ज्ञान केन्द्र चितवन प्रयोशाला...बाँकी
आफ्ना जनताको मन बुझाउनका लागि जनप्रतिनिधिहरुले वडामा अनेक खालका योजनाहरु निर्माण गर्ने गर्दछन् । जथाभावी सानातिना योजना बनाएर कार्यान्वयन गर्दा न दीगो विकास भएको छ, न त नदेखिने काम नै हुने गरेको छ । देशभरका स्थानीय तहमा यस्तै समस्या देखिन्छ । तर चालू आर्थिक बर्ष २०७६/७७ का लागि मनहरी गाउँपालिका...बाँकी
नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ।सोमबार सुन तोलामा १५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च कायम भएको हो। सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १५ सयले बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन तोलाको ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै...बाँकी
कैलाशः कैलाश गाउँपालिकाले चालू आर्थिक बर्ष २०७६÷७७ का लागि बिनियोजन गरेको बजेट सार्बजनिक गरिएको छ । पाँचौ गाउँसभाले पारित गरेको बजेट पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएको हो । गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले हेटौँडामा संक्षिप्त पत्रकार सम्मेलन गरी गाउँसभाबारे जानकारी गराएका हुन् । जेठ २३ गतेबाट सुरु गरिएको गाउँसभा नियमित प्रक्रियामार्फत...बाँकी
हेटौंडाः ३ नम्बर प्रदेशको उद्योग बाणिज्य एवं उपभोक्ता हित संरक्षण निर्देशनालयका आठौं तहका अधिकृत चन्दन कुमार अमात्य ५० हजार घुस सहित पक्राउ परेका छन् । यस अघि घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका कार्यालय प्रमुख अमात्यलाई घुस सहित हेटौंडास्थित कार्यालयबाट अख्तियारको टोलीले पक्राउ गरेको हो । उद्योग दर्ताको आइईई प्रतिवेदन...बाँकी
भीमफेदी गाउँपालिकालाई प्रदेश सरकारले दिएको एक करोड रुपैयाँ जग्गा अभावका कारण खर्च हुन सकेन । पाँच शय्यासहितको प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न प्रदेश सरकारले ०७५/०७६ मा भीमफेदीलाई ससर्त अनुदान एक करोड रुपैयाँ उपलब्ध गराएको थियो । ‘पुरानो स्वास्थ्य केन्द्रको भवन पुरातात्त्विक विभागले भत्काउन दिएन, अन्यत्र जग्गा पाइएन, एक करोड रुपैयाँ फ्रिज...बाँकी
३ नम्बर प्रदेशले प्रदेशका १ सय १९ वटै स्थानीय तहसँग जोडीने गरी सडक संजाल बनाउन सुरु गरेको छ । नागरिकको सहज पहुँच पुर्याउन भन्दै ३ नम्बर प्रदेश सरकारले स्थानीय तह जोड्न सडक निर्माणको योजना बनाएको हो । प्रदेश सरकारले निति तथा कार्यक्रममा नै समेटेको मुख्यमन्त्री ग्रामीण सडक मार्यक्रम अन्तरगत जिल्ला...बाँकी