शिक्षा

सरकारको निर्णय त्रिविद्वारा अटेर, बिहीबारका परीक्षा सुचारु

काठमाडौँ — संसारभर फैलिइरहेको महामारी कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले आज (चैत ६ बिहीबार) बाट हुने भनिएका माध्यमिक शिक्षा परीक्षा (एसइईंं) लगायतका सबै परीक्षा रोक्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालले त्यो निर्णयलाई बेवास्ता गरेको छ । त्रिविले सरकारको निर्णयविपरीत बिहीबारका सबै परीक्षा सञ्चालन गरेको छ ।...बाँकी

कोरोना प्रकोप : एसईई स्थगित

  काठमाडौँ — सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको कान्तिपुरलाई बताए। यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। त्यस्तै,उपप्रधान तथा...बाँकी

राष्ट्रपति विद्यालय सुधार कार्यक्रममा चार अर्ब बजेट नौ महिना मौनता, अब तीन महिनामा खर्च गर्ने प्रस्ताव माग

विद्यालय सुधार कार्यक्रमको बजेट सरकारी खातामा, विद्यार्थी खुला आकाशमुनि धुलोमा आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी छँदा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको पौने चार अर्ब बजेट भौतिक निर्माणमा खर्च गर्ने गरी विद्यालयलाई बाँड्न लागिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तीन अर्ब ७३ करोड खर्च गर्नका लागि देशभरका सामुदायिक...बाँकी

एसइई नरोक्ने पक्षमा शिक्षामन्त्री

 काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षा नरोक्ने पक्षमा देखिएका छन्। विश्वभर फैलिएको कोरोना भाइरसको कारण देखाउँदै विभिन्‍न व्यक्ति र निकायबाट प्रभाव भई शनिबारसम्म परीक्षा रोक्ने पक्षमा देखिएका मन्त्रीले आइतबार भने परीक्षा नरोक्ने पक्षमा देखिएको शिक्षामन्त्रीको सचिवालयका एक सदस्यले बताए। चैत ६ गतेबाट...बाँकी

सिआइटी र नेमको छात्रबृत्ति अभियान सुरु

हेटौंडा/हेटौंडामा रहेको कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (सिआईटी) र नेशनल एलाइन्स अफ मास्टर एजुकेशन (नेम) इन्स्टिच्युटले मकवानपुरका हरेक सामुदायिक विद्यालयमा ३० हजार रुपैंयाको छात्रवृत्ति प्रदान गर्ने भएको छ । एक बिद्यालय एक छात्रवृत्ति अभियान अन्तर्गत जिल्लाका हरेक विद्यालयका कक्षा १० मा अध्यनरत एक विद्यार्थीलाई ३० हजार रुपैयाँ बराबरको छात्रबृत्ति अभियान सुरु...बाँकी

रोभर रेन्जर स्काउट दिक्षित

मकवानपुर जिल्लामा समुदायबाट संचालित हेटौंडा ओपन स्काउट क््रयूको नव प्रवेशी रोभर रेन्जर स्काउटहरुको दिक्षान्त समारोह सम्पन्त्र भएको छ । क्यूका अध्यक्ष बुद्दिनाथ न्यौपानेको सभाअध्यक्षता तथा जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाईको प्रमुख आतिथ्यतामा भएको दिक्षान्त समारोहमा २५ जना रोभर रेन्जर दिक्षित धएका हुन । विगत ७ बर्ष देखि युवा स्काउट...बाँकी

सोलिड्यारिटिका १३४ ले एस.इ.इ. दिने

हेटौंडाः सोलिड्यारिटि ईन्टरनेशनल एकेडेमिबाट छात्र–छात्रा गरि १३४ जनाले २०७६ सालको एस।ई।ई। परिक्षा दिने भएका छन् । एकेडेमिले एक कार्यक्रम गरि एस।ई।ई। परिक्षा दिने विद्यार्थिहरुलाई विदाई गरिएको शिक्षक एस।के। ज्ञवालिले जानकारि दिए । एस।ई।ई। परिक्षाहरुमा नेपालकै दोस्रो तथा उतर्कष्ट नतिजा ल्याएर जिल्ला प्रथम समेत भएको सोलिड्यारिटि ईन्टरनेशनल एकेडेमिले यस पालि पनि...बाँकी

परीक्षामा सामेल विद्यार्थीहरुलाई मास्क, सेनेटरी प्याड वितरण

हेटौंडा उपमहानगरपालिका कार्यालयले चैत पहिलो हप्तादेखि सुरु हुने एसइइ परीक्षालाई लक्षित गर्दै हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । चैत ६ गतेबाट हेटौंडाको एसइइ परिक्षा केन्द्रमा हेटौंडा उपमहानगरले स्वास्थ्य सामग्री सहितको हेल्प डेस्क स्थापना गर्दै परीक्षामा सामेल विद्यार्थीको स्वास्थ्य उपचारको लागि सहयोग गरिने तयारी गरेको हो । सबै परीक्षा केन्द्रहरुमा...बाँकी