शिक्षा

वक्तृत्वकलामा समृद्धि भईन प्रथम

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा जिल्ला युवा समिति मकवानपुरको समन्वयमा भएको जिल्ला स्तरिय वक्तृत्व कलामा समृद्धि देव प्रथम भएकी छिन् । मकवानपुरका विभिन्न स्थानका ९ युवाहरु सहभागी भएको प्रतियोगितामा समृद्धि प्रथम, सुदन विक दोस्रो, अञ्जली घिमिरे तेस्रो तथा दिनेश कार्की सान्त्वना भएका हुन् । शिक्षाको रुपान्तरणमा युवाको भुमिका विषयमा भएको...बाँकी

मकवानपुरगढी गाउँपालिका भित्रका सामुदायीक विद्यालयहरुको अवलोकन

 हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिका भित्रका सामुदायीक विद्यालयहरुको आज एकदिने अवलोकन सम्पन्न गरेको छ । संगठन सवलीकरणको पाँच महिने अभियान अन्तर्गत यस्तो अवलोकन गरिएको प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिनुभयो । संगठनमा आवद्ध रहेका शिक्षकहरुको गुनासा र समस्याहरु संकलन एवम् संवोधन गर्ने अवलोकन भ्रमणको...बाँकी

स्थापना दिवसमा हेटौंडा क्याम्पसमा विविध कार्यक्रम

हेटौंडाः हेटौंडा क्याम्पसको स्थापना दिवसको अवसरमा विविध कार्यक्रम भएको छ । क्याम्पसको २९ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम भएको हो । कार्यक्रम अन्तर्गत भएको छात्र भलिबलमा शिक्षा शास्त्र कक्षा ११ प्रथम भएको छ भने मानविकी शास्त्र कक्षा ११ दोस्रो भएको थियो । यस्तै छात्रा भलिबलमा विएड दोस्रो वर्ष प्रथम...बाँकी

६२ सय ३८ जनाले एस.ई.ई दिने

हेटौंडा÷ मकवानपुर जिल्ला बाट यस वर्ष एस.ई.ई ६२ सय ३८ जनाले परिक्षा दिने भएका छन् । मकवापुर जिल्लाका १५ वटा परिक्षा केन्द्र र २४ वटा जिल्लामा परिक्षा संचालन गरिने भएको छ । यस वर्ष नियमित तर्फ बाट ६ हजार १ सय ९४ जना विधार्थीले परिक्षा दिने भएका छन् । आङसीक...बाँकी

प्र.अका कारण बिद्यार्थी शिक्षा लिनबाट बंचित

हेटौंडाः नेपालको अहिले वा २०७२ सालमा जारी भएको नयाँ संबिधानले नेपालका सबै सामुदायिक बिद्यालयहरुमा शिक्षा निःशुल्क गरेको छ । शिक्षाबाट कोही पनि नागरिकहरु बंचित हुन नपरोस् भनेर बिद्यालय तहमा शिक्षा निःशुल्क बनाइएको भएपनि बाराको एक बिद्यालयमा भने बिद्यार्थीहरु पैसा नभएकै कारण बिद्यालय जानबाट बंचित भएका छन् । जिल्लाको जीतपुर सिमरा...बाँकी

नवोदयमा शैक्षिक प्रर्दशनी

हेटौंडाः नवोदय शिशु सदनले जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले शैक्षिक प्रदर्शनी गरेको छ । ‘खेलकुद प्रदर्शनी, सांगितिक तथा सांस्कृतिक, टकशो, कविता वाचन, गीत–गजल, कथा लेखनका माध्यमबाट विद्यार्थीलाई शिक्षा प्रदान गर्न सजिलो भएकाले विद्यालयमा विभिन्न गतिविधी गर्ने गरेका छौं । ’ नेपाली विषयका सुपरिवेक्षक सीएम रिमालले बताए । विद्यालयको यस्ता खालका...बाँकी

संसदीय समितिमा कोरोना भाइरसका विषयमा छलफल

बागमती प्रदेशसभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा आज नोभल कोरोना भाइरसका विषयमा छलफल भएको छ । विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको यस भाइरसका विषयमा छलफल गर्नुका साथै यसको संक्रमणका विषयमा प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना भाइरुसका विरुद्धमा लडिरहेको वताउनुभयो । मन्त्रालय र स्वास्थ्य...बाँकी

४६ दिनपछि आन्दोलन स्थगित

हेटौंडाः कृषि तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौंडा फरेष्ट्रिमा ४६ दिनदेखि लगाएको ताला आज खोलेको छ । आन्दोलनरत् विद्यार्थी र क्याम्पसबीच सहमती जुटेपछि ४७ दिनदेखि विद्यार्थीले लगाएको ताला शुक्रबार खुलेको हो । विश्वविद्यालयले लिएको भर्ना प्रक्रियाको विरोध गर्दै फरेष्ट्रि क्याम्पसका विद्यार्थीहरु आन्दोलित भएको हो । विश्व विद्यालयले निर्धारण गरेको...बाँकी