हेटौडाः भीमफेदी प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक रायलाई बागमती प्रदेश प्रहरीले नियन्त्रणमा लिएको छ । बागमती प्रदेश प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले उनलाई भीमफेदी–६, स्थित सगरमाथा होटलबाट स्थानिय ठेकेदार दुर्गा लामाबाट १२ हजार घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको हो । त्यस्तै प्रहरी निरीक्षक राय टिफर चालकहरुबाट असुली, जुवाखालबाट...बाँकी
पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय ३१ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । यो सँगै संक्रमितको संख्या ८ हजार ६ सय...बाँकी
नेपालगन्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट बच्चा जन्माएकी छन् । कृष्णनगर कविलवस्तुकी २७ वर्षिया महिलाले शनिबार बिहान ५ बजेर २५ मिनेटमा २ किलो ४ सय ग्राम तौल भएकी छोरी जन्माएकी हुन् । अहिले आमा र छोरीको अवस्था सामान्य रहेको अस्पतालका उप निर्देशक डा। दिनेश श्रेष्ठले बताए ।...बाँकी
मकवानपुरको राक्सिराङ गाउँपालिकाको सबै ९ वटा वडामा हेलिप्याड निर्माण गरिएको छ । सडक सञ्जालको समस्या भोग्दै आएको र विपदमा परेका नागरिकहरु तथा सुत्केरी महिलाको तत्काल उद्धारमा सहज होस भनेर हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । मकवानपुरको विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङमा प्रत्येक वर्ष समयमानै उद्धार हुन नसक्दा...बाँकी
काठमाडौंमा शनिबार युवाहरुले अनुहार र शरीरमा बेसार र रातो रंग दलेर सहिदगेटमा सरकार विरोधी प्रदर्शन गरेका छन् । शान्तिपूर्ण प्रदर्शनमा उनीहरुले सरकारले कोभिड–१९ रोकथामका लागि प्रभावकारी काम नगरेको, भष्ट्राचार, हिंसा आदिलाई प्रश्रय दिएकोलगायतका विषयमा विभिन्न नारा र संकेतको प्रयोग गर्दै प्रदर्शनमा सहभागी थिए । सरकारले महामारीका बेलामा पनि जनताका समस्यालाई...बाँकी
विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था गर्ने नेकपा सचिवालले निर्णय गरेको छ । नेकपाको सचिवालय बैठकले शनिबार उक्त निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र त्यतिबेलासम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था...बाँकी
हेटौंडा–११ स्थित क्षीरसागर दुग्ध उत्पादक सहकारी संस्थाल लिमिटेडले दुग्ध उत्पादक किसानलाई प्रदेश सरकारबाट प्राप्त अनुदान रकम वितरण गरेको छ । प्रदेश सरकारले प्रदान गरेको अनुदान रकम शुक्रबार एक कार्यक्रमका बीच किसानलाई वितरण गरिएको हो । सहकारीका व्यवस्थापक देवकुमार श्रेष्ठका अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा विक्री गरिएको दुधका आधारमा बागमती...बाँकी
विश्व योग दिवसको अवसरमा हेटौंडामा २० जनाले रक्तदान गरेका छन् । पतन्जलि योग जिल्ला समिति मकवानपुरको आयोजनामा तथा छैठौं विश्व योग दिवसको अवसरमा रक्तसंचार केन्द्र हेटौडामा रक्तदान कार्यक्रमको आयोजना भएको हो । आज भएको रक्तदान कार्यक्रममा ५ जना महिलासहित २० जनाले रक्तदान गरेका छन् । भौतिक दुरी कायम गरी स्वास्थ्य...बाँकी