स्वास्थ्य र जीवनशैली

बालिका बलात्कार गर्ने कार्यालय सहयोगी पक्राउ

राजविराज : सप्तरीमा वाईन मिसाईएको स्प्राइट खुवाएर श्रमिक बालिकालाई बलात्कार गरेको आरोपमा एक कार्यालय सहयोगी पक्राउ परेका छन् । तिलाठी कोईलाडी गाउँपालिकाको वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ्ग माविको कोठामा लगेर बलात्कार गरेको आरोपमा सोही विद्यालयका कार्यालय सहयोगी तिलाठी कोईलाडी गाउँपालिका-७ का ३७ वर्षीय शिवशंकर मण्डल पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ...बाँकी

क्‍वारेन्टाइन लैजाँदै गर्दा भीरबाट हाम फालेका युवाको मृत्यु

पर्वत :  क्वारेन्टाइनमा लैजाँदै गर्दा कुश्मा नगरपालिका ८ मा पर्ने चुवाको भीरबाट हाम फालेर गम्भीर घाइते भएका युवाको पोखरास्थित गण्डकी क्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । बागलुङ नगरपालिका १३ का ३९ वर्षीय चन्द्रबहादुर नेपालीले सोमबार बिहान पोखरा बागलुङ सडकमा बस रोकेको अवस्थामा भीरबाट हाम फालेका थिए ।...बाँकी

नुवाकोटकी ६ वर्षीया बालिकासहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ। चितवनको भरतपुर अस्पतलामा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण देखिएको भरतपुर अस्पतलले जनाएको छ। भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका १४ का ३६ वर्षीया महिला, नवपुर बुढीकालीका २० वर्षीय पुरुषमा संक्रमण देखिएको छ। त्यस्तै नुवाकोटको ताराकेश्वर नगरपालिकाका ६ वर्षीया बालिका र...बाँकी

हेटौंडाका १८ स्थानमा दादुरा रुवेला विरुद्धको खोप लगाइँदै

हेटौंडाः दादुरा रुवेला विरुद्धको खोप आज सोमबार उपमहानगरपालिकाको १८ स्थानमा लगाइँदै छ । आज वडा नम्बर १ को नकौली स्वास्थ्य केन्द्र, वडा नम्बर २ को वनस्खण्डी स्वास्थ्य केन्द्र, वडा नम्बर ३ को बसामाडी स्वास्थ्य चौकी, वडा नम्बर ४ को कमलडाँडा कालिका मन्दिर, हेटौंडा–५ को पुरानो रत्नकाली प्रावि र वडा नम्बर...बाँकी

मकवानपुरको मनहरी गाँउपालिकामा स्वाव संकलन सुरु

कोरोना संक्रमण भए, नभएको परीक्षणका लागि मकवानपुरको मनहरी गाउँपालिकामै स्वाब संकलन गर्ने कार्य सुरु भएको छ । गत बिहिबारदेखि पालिकामै स्वाब संकलन गर्ने व्यवस्था गरेको मनहरी गाउँपालिकाका सिनियर अहेव ज्योतिराज लुईटेलले जानकारी दिनुभएको छ । मनहरी गाउँपालिकाले २ स्थानमा क्वारेन्टाइन सञ्चालन गरेको छ । पालिकाभन्दा बाहिर स्वेदश या विदेशबाट आएकालाई...बाँकी

 आइतवार थपिए ४ सय २५ जना कोरोना संक्रमित

आइतवार एकै दिन ४ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले यसबारेको जानकारी दिएका हुन्। गौतमका अनुसार कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या पनि ७३ पुगेको छ। पछिल्लो पटक रुकुम पूर्वमा पनि कोरोना संक्रमित भेटिएका छन्। नेपालमा आइतवारसम्म संक्रमितको संख्या पनि बढेर...बाँकी

पर्वत पहिरोमा मृत्यु हुने ८ जना पुगे

शनिबार राति कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोमा पुरिएरर मृत्यु हुनेको संख्या ८ पुगेको छ । पहिरोमा पुरिएकामध्ये तीनजनाको शनिबार राति नै शव भेटिएको थियो । बाँकी दुई जनाको आइतबार बिहान र ३ जनाको अहिले दिउँसो शव भेटिएको हो । मृत्यु हुनेहरुमा ६० वर्षीय तुलबहादुर थापा, ५८ वर्षीया निमुकुमारी थापा, ३१...बाँकी

नेकपा सचिवालय बैठक स्थगित

सत्तारुढ नेकपाको आज ४ बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । एमसीसी लगायतका विषयमा छलफल गर्नका लागि बोलाइएको आजको बैठकले अर्थमन्त्री युवराज खतिवडा र पार्टीले गठन गरेको अध्ययन कार्यदलका सदस्यहरु भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओ‌लीको...बाँकी