पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६७१ जना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ५९१ जना...बाँकी
सुस्त मनिस्थति भएकी महिलालाई जबरजस्ती करणी गरी फरार रहेका एकजनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । गत जेठ २४ गते हेटौंडा उपमहानगरपालिका वडा नं ११ डाङ्डुङ्गेस्थित सुस्त मनस्थिति भएकी ३२ वर्षीया महिलालाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेर फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको हो । महिलालाई जबरजस्ती करणी...बाँकी
मकवानपुरको बागमती गाउँपालिकामा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बागमती गाँउपालिका–४ झुरझुरे स्थित भित्री सडकखण्डमा फापरबारी बाट ज्यामिरे तर्फ जाँदै गरेको ना. ८ प ५२८० नम्बरको मोटरसाइकलमा सवार बागमती गाँउपालिका–७ बाख्रेका ४० वर्षिय ईन्द्र बहादुर थोकरको मृत्यु भएको हो । माथिबाट ११ हजार भोल्टेज बिजुलिको तार...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः हेटौंडा स्थित बसपार्कमा रहेका पसलहरुमा घर धनिले भाडा मागेपछि भाडामा बस्नेहरुलाई समस्या पर्न थालेको छ । चैत ११ गते देखि लकडाउनका कारण बन्द भएका पसलहरु असार १ गतेबाट खुल्न थालेका छन् । पसल खुल्न थालेसंगै बन्द अवधिको भाडा घरधनिले मागेको उनिहरुको भनाई छ । हेटौडा बसपार्कमा रहेको...बाँकी
हेटौंडा–११, डाङडुङेस्थित आनन्द भैरव आधारभूत विद्यालयमा पठनपाठन सुचारु गर्ने प्रयास भएको छ । लकडाउनका कारण तीन महिनादेखि विद्यालय बन्द रहेका बेला बिहिबारदेखि विद्यालयले कक्षा ७ र ८ को पठनपाठन सुचारु गर्ने प्रयास गरेको प्रधानाध्यापक कृष्ण खनालले जानकारी दिनुभएको छ । सरोकारवालासँग समन्वय गरेर विद्यालयमा बालबालिकाबीच भौतिक दुरी कायम गरेर पठनपाठनको...बाँकी
ओमानबाट १ सय ४६ जना नेपाली कामदार बिहीबार स्वदेश फर्कंदै छन् । उनीहरु सलाम एयरको उडान नम्बर ओभी ४२७ मार्फत नेपाल आउँदै छन् । ओमानको स्थानीय समय ८: २० मा उडेको यो विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २ बजे अवतरण हुँदैछ । मस्कटस्थित नेपाली दूतावासले उनीहरुलाई स्वदेश पठाएको हो । उनीहरु...बाँकी
धनगढी — कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ । कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा उनको बुधबार मृत्यु भएको हो । जेठ ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय लम्की चुहा अस्पतालमा भर्ना हुन आएकी थिइन् । अस्पतालले उनलाई धनगढी रिफर गरेको थियो...बाँकी
आज विहानैबाट पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्द भएको छ । नारायण– मुग्लिन सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ कालिखोलामा विहान सवा चार बजे पहिरो गएको जनाइएको छ । यो सडक खण्ड राजधानी काठमाडौंलाई देशको पूर्व र पश्चिम भागसँग जोड्ने मुख्य राजमार्ग हो । पहिरोका कारण गाडीको आवतजावत ठप्प भएको छ ।...बाँकी