भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजारभन्दा बढी थपिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा मात्रै २ हजार ३ जना मृतक थपिएका छन् । तर ती सबै पछिल्लो २४ घण्टामा मात्रै मृत्यु भएका भने होइनन् । महाराष्ट्र र दिल्लीले मृतकको...बाँकी
भीमफेदी कारागारको क्वारेन्टाइनमा बसेकाहरुको आज यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) माध्यमबाट कोरोनाको परीक्षण भएको छ । भीमफेदी गाउँपालिकाले आज कारागारको क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखका प्रमुख रामनाम थिङले जानकारी दिनुभयो । कारागारको क्वारेन्टाइमा बसेका ८ जनाको परीक्षण गर्दा रिपोर्ट नेगिटिभ आएको छ । हालसम्म भीमफेदी गाउँपालिकामा हालसम्म १ सय...बाँकी
भक्तपुर — युनाइटेड अरब इमिरेट्स (यूएई) बाट नेपाल आएका एक पुरुषमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । यूएईबाट जेठ २३ मा एयर अरेबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट नेपाल आएका मोरङ उर्लाबारीका २९ वर्षीय पुरुषमा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनी चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत्...बाँकी
बाँके : नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। बाँकेको बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिलाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जनाएका छन्। यो सँगै कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ। यद्यपी स्वास्थ्य मन्त्रलायले पुष्टि गरेको छैन्। बाँकेमा कोरोना भाइरसबाट दोस्रो...बाँकी
हेटौंडाः दादुरा रुवेला विरुद्धको खोप आज बुधबार उपमहानगरपालिकाको १६ स्थानमा लगाइँदै छ । वडा नम्बर १ को नकौली स्वास्थ्य केन्द्र, वडा नम्बर २ को वनस्खण्डी स्वास्थ्य केन्द्र, वडा नम्बर ४ को मोहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर ५ को जेनिथ वोर्डिङ, वडा नम्बर ८ को किरणचोक, वडा नम्बर ९...बाँकी
पिप्लेमा निर्माणाधिन कभर्ड हलका लागि विभिन्न व्यक्तित्वहरुले सहयोग प्रदान गर्नुभएको छ । कभर्ड हल निर्माणको लागि आज मंगलबार विहान स्थानीय तयारी पोशाक व्यवसायी गणेश कौशिक र अजय कौशिकले एकमुस्ट १० हजार १ सय रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ । त्यस्तै निर्माणाधिन बहुउपयोगी कभर्ड हल निर्माणका लागि भीमफेदी गाउँपालिका अध्यक्ष...बाँकी
हेटौंडाः कोरोना भाइरसको संक्रमणको अवस्थालाई हेरेर सरकारले लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गरे पनि मकवानपुरमा भने लकडाउन खुला भएको छ । मकवानपुर जिल्लामा स्थानीय प्रशासन र प्रहरीले लकडाउनलाई खुकुलो बनाउँदा अपनाउनुपर्ने सतर्कतातर्फ ध्यान दिन सकेको छैन । निजी सवारी साधनमा जोर–विजोर प्रणाली लागु गराउन स्थानीय प्रशासन र प्रहरीले ध्यान दिएको...बाँकी
भारतको दिल्ली तथा मुम्बईबाट आएका ८ जना हेटौँडाको कोरोना आइसोलेसनमा भर्ना भएका छन् । भर्ना भएकाहरु हेटौँडा उपमहानगरपालिकाका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाको रहेको कोरोना आइसोलेसन वार्ड हेटौँडाका इन्चार्ज भोलाप्रसाद चौँलागाईले बताए । हाल कर्रामा रहेको आइसोलेसन वार्डमा ती ८ सहित १० जनाले सेवा लिरहेको समेत उनको भनाई...बाँकी