स्वास्थ्य र जीवनशैली

हेटौंडाका कलाकार देव लामालाई चलचित्र विकास बोर्डले नगद ९५ हजार सहयोग

हेटौंडा–८, कमाने घर भई हाल काठमाडौंको कलंकी बस्दै आउनु भएका कलाकार देव लामालाई विभिन्न क्षेत्रबाट आर्थिक सहयोग भएको छ । आज चलचित्र विकास बोर्डले नगद ९५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । यस्तै हेटौंडा घर भई देश–विदेशमा रहनुभएका र हेटौंडामै रहनुभएका विभिन्न क्षेत्रका व्यक्तिहरुबाट ६४ हजार रुपैयाँ पनि आजै...बाँकी

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

काठमाडौँ — सरकारको तर्फबाट अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०७७र०७८ को विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले बजेट पारित भएको हो । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनेर प्रस्तुत गरेका थिए । जसमा...बाँकी

अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यु

अर्घाखाँचीको मालारानी ४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका एकजना पुरुषको मृत्यु भएको छ। मृत्यु  हुनेमा मालारानी ४ का ५७ वर्षीय यमप्रसाद खनाल रहेको मालारानी गाउँपालिकाका स्वास्थ्य प्रमुख भविश्वर खनालले बताए। भारतको बम्‍बईबाट जेठ १५ गते आएपछि उनी स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए। एक्कासि हिजो मंगलबार स्वास्थ्यमा...बाँकी

पत्रकारलाई अभद्र व्यवहार गर्ने हेटौंडाका एकजना पक्राउ

समाचार संकलनको क्रममा रहेका पत्रकारलाई दुर्व्यवहार गर्ने हेटौंडा–९ का रमेश गेलाल पक्राउ परेका छन् । किसानले युरिया मल नपाएको बिषयमा हिजो मंगलबार स्थलगत समाचार संकलनमा रहेका पत्रकार बलराम पुडासैनीलाई अपशब्द प्रयोग र हातपात गरेको आरोपमा उनी पक्राउ परेका हुन् । पत्रकार पुडासैनीले जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेको किटानी जाहेरीको आधारमा...बाँकी

हेटौंडा नगरका वार्षिक परीक्षामा ५० हजार ४ सय ३८ जना विद्यार्थी सहभागी

हेटौंडा उपमहानगरक्षेत्रमा सामुदायिक विद्यालयको तुलना निजी विद्यालयमा विद्यार्थी संख्या बढी रहेको पाइएको छ । हेटौंडा नगरका कुल १३९ विद्यालयबाट शैक्षिक वर्ष २०७६ को वार्षिक परीक्षामा ५० हजार ४ सय ३८ जना विद्यार्थी सहभागी भएको हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखाका प्रमुख पूर्णबहादुर अछामीले जानकारी दिनुभयो । वार्षिक परीक्षामा सहभागी विद्यार्थी संख्याका...बाँकी

भिमफेदी गाँउपालिकाले फलफुलको विरुवा वितरण गर्ने

मकवानपुरको भीमफेदी गाउँपालिकाले फलफुल खेती विस्तार कार्यक्रम अन्तर्गत बर्खे मौसममा फलफुलको बिरुवाहरु वितरण गर्ने भएको छ । निशुल्क रुपमा ७ थरीका बिरुवाहरु किसान, कृषक समुह, कृषि फर्महरुलाई वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवन कुँवरले जानकारी दिनुभयो । असार ५ गतेभित्र कागती, सुन्तला, जुनार, आँप, लिचि, एभोकाडो र मेवाको बिरुवाहरुको...बाँकी

मकवानपुरमा  लकडाउनमा  १५ वटा बालबिवाह रोकिए

मकवानपुर जिल्लामा पछिल्लो ५ महिनामा ५० वटा बालबिवाहका घटना रोकिएको सिविन बाल हेल्पलाइनले जनाएको छ । लकडाउनको समयमा १५ वटा बालबिवाहका घटना रोकिएको जानकारी गराउँदै सिविन बाल हेल्पलाइनकी अधिकृत सम्झना अधिकारीले भन्नुभयो, ‘बालबिवाह गैरकानुनी कार्य हो भनेर यत्रो हल्लाखल्ला हुँदा पनि बालबिवाह भइरहेकै छ ।’ बागमती प्रदेशको राजधानी समेत रहेको...बाँकी

हेटौंडामा होल्डिङ सेन्टर सञ्चालन

हेटौंडाः कोरोना भाइरसको प्रभावका कारण विदेशबाट फर्किएर सम्बन्धित पालिका जानुअघि राखिने विश्रामस्थल हेटौंडामा आजबाट सञ्चालनमा आएको छ । जिल्ला समन्वय समिति मकवानपुरको व्यवस्थापनमा हेटौंडास्थित वनविज्ञान क्याम्पसको शैक्षिक भवनमा सञ्चालन गरिएको विश्रामस्थलमा अहिले एक रातमा २० जनासम्मलाई राख्न सकिने व्यवस्था मिलाइएको छ । विदेशबाट फर्किएपछि सम्बन्धित पालिकामा जानुअघि आवश्यक स्वास्थ्य जाँच...बाँकी