स्वास्थ्य र जीवनशैली

रुकुम घटनाको बिरोध हेटौडामा ५ दिने हस्ताक्षर सङकलन तथा धर्ना कार्यक्रम सम्पन्न

पश्चिम रुकुम चौरजहारी ८ सोतिमा घटेको सामुहिक हत्याकाण्डको बिरुद्धमा हेटौडाको बुद्ध चोकमा ५ दिने हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रमको आज समापन भएको छ । आज बिहान ७ बजेबाट ९ बजेसम्म धर्ना तथा हस्ताक्षर अभियान सञ्चालन गरिएको हो । हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रम आज बागमति प्रदेश सभा सदस्य ओम ग्लानले...बाँकी

पेस्तोल सहित भरतपुरबाट एक युवा पक्राउ

प्रहरीले पेस्तोलसहित भरतपुरबाट एक जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो चार बजे भरतपुर महानगरपालिका–११ भोजाड गणेशथानबाट अवैध हतियार पेस्तोलसहित सोही ठाउँका २० वर्षीय सुजन सुनार पक्राउ परेको चितवन प्रहरीले जानकारी दिएको छ । उनले आफ्नो घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक प्रकाश शाहको टोलीले खानतलासी गरेको थियो...बाँकी

अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार बिहीबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख ४ सय ६४ पुगेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख १२ हजार ९...बाँकी

कुवेतबाट ३ सय ६ जना नेपाली महिला कामदार आइपुगे

कुवेतबाट ३ सय ६ जना नेपाली महिला त्रिभुवन विमानस्थलमा आइपुगेका छन् । उनीहरुलाई नेपाली सेनाले प्रदेशगत रुपमा छुट्टाइएको होल्डिङ सेन्टरमा लगेको छ । होल्डिङ सेन्टरबाट भने सम्बन्धित स्थानीय निकायले व्यवस्था गरेको क्वारेन्टाइन सेन्टरमा लैजानेछ । जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको पहिलो उडानमा एकसय ५७ जना र दोश्रो उडान नम्बर...बाँकी

राक्सिराङ ३ लावतीमा खेल मैदान निर्माण

राक्सिराङ गाउँपालिका वडा नं ३ को लावतीमा फुटबल खेल मैदान निर्माण कार्य सुरु भएको छ । बिगत केही दिनदेखी तिब्ररुपमा निर्माण कार्य भईरहेको हो । बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली काङ्ग्रेस मकवानपुरका जिल्ला सभापति इन्द्र बहादुर बानियाँको ब्यक्तिगत २ लाख बराबरको मेसिन सहयोग साथै नेपाली काङ्ग्रेस राक्सिराङ...बाँकी

बालुवाटारमा प्रदर्शन गर्नेलाई पानीको फोहोरा र अश्रुग्यास

काठमाडौं : कोरोना भाइरस नियन्त्रणमा सरकार चुकेको भन्दै प्रदर्शनमा उत्रिएको समूहलाई प्रहरीले लखेटेको छ। बालुवाटार तथा प्रहरी प्रधान कार्यालय आसपासको क्षेत्रमा प्रदर्शनमा उत्रिएकाहरुमाथि पानीको फोहोरा, अश्रुग्यास र लाठी हानिएको छ। सरकारले कोरोनाभाइरस नियन्त्रण प्रभावकारी बनाउन नसक्दा समस्या जटिल बन्दै गएको भन्दै स्वतस्फूर्त प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले आज पनि बल प्रयोग गरेको...बाँकी

कोरोना भाइरसको कारण बागमती प्रदेशमा ज्यान गुमाउने संख्या ४ पुग्यो

कोरोना भाइरस संक्रमणका कारण बागमती प्रदेशमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । प्रदेशभरी संक्रमितको संख्या १४४ पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ३७ सङ्क्रमित कोरोनालाई जितेर घर फर्किएका छन् भने १०३ जना अझै उपचाररत छन् । सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाईँका अनुसार...बाँकी

मकवानपुरका स्थानीय सरकारले नै भिटिएम उपलब्ध गराउने

हेटौंडा–४, कर्रामा रहेको आइसोलेसन वार्डमा आज बिहीबारबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने भिटिएमको अभाव हुने देखिएपछि मकवानपुरका स्थानीय सरकारले नै भिटिएम उपलब्ध गराउने भएका छन् । संघीय सरकारले उपलब्ध गराएको भिटिएम सकिने भएपछि मकवानपुर जिल्लाको बकैया गाउँपालिकाले २५ थान, बागमती गाउँपालिकाले १० थान, थाहा नगरपालिकाले १५ थान भिटिएम आइसोलेसन...बाँकी