जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारमा लुकाई राखेको खुकुरीसहित २ जनालाई पक्राउ गरेको छ । हेटौंडा–१० का ३४ बर्र्षीय रोज थापा मगर र हेटौंडा–४ का ३६ बर्र्षीय सुमन लामा लोप्चन रहेका छन । वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले बा १६ च ३७२९ नम्बरको कारमा लुकाई राखेको एक थान खुकुरीसहित उनीहरुलाई पक्राउ...बाँकी
पोखरा — गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको पीसीआर परीक्षणमा स्याङ्जाका २ र तनहुँका एक जनामा कोरोना संक्रमित पुष्टि भएको छ । तनहुँमा भने पहिलोपटक कोरोना संक्रमण देखिएको हो । प्रदेशका बागलुङ, म्याग्दी, स्याङ्जा, पूर्वी नवलपरासी र लमजुङमा यसअघि कोरोना...बाँकी
बझाङ — बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बुढीगंगा नगरपालिका–१ घर भएका २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा। रुपचन्द्र विश्वकर्माले जानकारी दिए । मृतक बालिकाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो ।...बाँकी
भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत हेटौंडाकी संक्रमित गर्भवती कोरोनामुक्त भएकी छन् । पछिल्लो दुई दिन लगातार गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि अस्पतालले उनलाई आजै डिस्चार्ज गर्ने तयारी गरेको छ । जेठ १४ मा हेटौंडामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएपछि उनी सोही दिन भरतपुर अस्पताल आएकी थिइन् । ‘अस्पताल बुधबार आए पनि नमुना...बाँकी
थाहा नगरपालिका किसान अहिले खेतबारीमा आलु खन्न व्यस्त देखिन्छ । बेमौसमी तरकारी खेतीबाट प्रसिद्ध कमाएको थाहा नगरपालिकाका कृषकले लकडाउनको कारणले गर्दा आलुखेतीबाट नराम्रो घाटा व्यहोर्ने अवस्था देखिएको छ । प्रतिकेजी रू ४० भन्दा बढी मूल्यमा बीउआलु किनेर रोपेका किसानले आलुको विक्री गर्न पाएका छैन । यो वर्ष असिनापानीका कारण आलुको...बाँकी
काठमाडौं : जटिल सरुवा रोग कोरोनालाई पाँच दिनमै जितेर काठमडौंका दुई पुरुष डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार काठमाडौंको टोखा र बूढानीलकण्ठका दुईजना पुरुषले पाँचै दिनमा कोरोनालाई जितेर घर फर्किएका हुन्। उनीहरु दुवैजनामा जेठ १२ गते कोरोना पुष्टि भएको थियो। पाँचै दिनमा कोरोनाबाट मुक्त भएर घर...बाँकी
काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेर १४०१ पुगेको छ। शनिबार १८९ जना थपिएसँगै देशभर संक्रमितको संख्या १४०१ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले दिएका छन्। शनिबार भेटिएका १८९ जना संक्रमितमध्ये १८५ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन्। प्रवक्ता देवकोटका अनुसार...बाँकी
दैलेख — रुकुममा जेठ १० गते भएको घटनाको विरोधमा दैलेखमा हातमा डोरीले बाँधेर जुलुस प्रदर्शन गरिएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको समन्वयमा दलित अगुवाहरुले रुकुमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज बिक लगायतका ५ जनाको हत्या गरिएको र १ जनालाई बेपत्ता बनाइएको घटनाको विरोधमा प्रदर्शन...बाँकी