स्वास्थ्य र जीवनशैली

चट्याङ् लागेर पर्सामा एकजनाको मृत्यु

पर्सा : एकटाँगामा शनिबार बिहान चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। बिहान ८ बजे पानीसँगै आएको हावाहुरी र चट्याङ लागेर एकजनाको मत्यु भएको छ। मृतकको पहिचना नखुलेको जिल्ला प्रहरी पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। अर्का एकजना घाइते भएका छन्। आँप टिप्न रुखमा चढेको समयमा आएको हावाहुरी र चट्याङले...बाँकी

सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण

राजविराज — सप्तरी जिल्लामा एक महिलासहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाकनेश्वरी नगरपालिकाका एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । ९ जना थपिएपछि डाकनेश्वरी नगरपालिकामा कोरोना संक्रमितको...बाँकी

भेरीमा बगेका सपनाहरु

जाजरकोट — भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले शनिबार मध्याह्नतिर घरबाट हिँड्दा सपना देखेका थिए– प्रेमिकालाई दुलही बनाएर घरमा ल्याउने र लकडाउन खुलेपछि प्रहरीको जागिर खान जाने । तर उनको त्यो सपना करिब ६ घण्टामै भेरीमा विलीन भयो । मल्ल थरकी प्रेमिकालाई लिन भेरी नदी पारि रुकुम पश्चिम चौरजहारी–८ सोती गएका...बाँकी

सरकारले भारतबाट फर्किने नेपालीका लागि २० नाका तोक्यो

काठमाडौँ — सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेको छ ।कोडिभ–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले बताए । उनका अनुसार पशुपतिनगर, काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा,...बाँकी

रुकुम घटनाको पोस्टमार्टम रिपोर्ट : शरीरभरि चोट, पेटमा पानी छैन

जाजरकोट — रुकुम घटनामा शव भेटिएका ५ जनाको जाजरकोट अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टम रिपोर्टमा कुटपिटपछि मृत्यु भएको देखिएको चिकित्सकले बताएका छन् । मृतक ५ जनाकै टाउको, अनुहारलगायत अन्य अंगमा चोट देखिएको पोस्टमार्टममा संलग्न एक चिकित्सकले  बताए । ‘मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ,’ ती चिकित्सकले...बाँकी

कोरोना संक्रमित संख्या १२ सय १२ पुग्यो

नेपालमा थप १ सय ७० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज १ सय ७० थपिएका हुन । यो संगै संक्रमितको संख्या १२ सय १२ पुगेको छ । निको हुनेको संख्या २०६ पुगेको छ । आज थप १९ जना निको भएको मन्त्रालयले जनाएको...बाँकी

रौतहटमा थप ५६ जनामा कोरोना संक्रमण

रौतहट — रौतहटमा शुक्रबार थप ५६ जनामा कोरोना संक्रमण देखिएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार संक्रमण देखिनेमा राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकामा ६ र बौधीमाइ नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो । प्रदेश २ को सामाजिक विकास मन्त्रालय स्रोतले पनि काठमाडौंमा गरिएको परीक्षणमा संक्रमण...बाँकी

ए सरकार लकडाउन कहिले खुल्छ ?

 हेटौंडाः  कोरोना भाइरस (कोभिड १९) ले अहिले विश्वभर नै क्षति पु¥याएको छ । महामारीको त्रासले विश्व नै ग्रसित रहेका छन् । तर पनि हाम्रो देश नेपालमा सरकारको चाला देख्दा दिक्क लागिसक्यो । हाम्रो देश नेपाल सरकारले कोरोना भाइरसलाई रोकथाम नभएर यसलाई अझै फैलाउने काम गरिरहेको छ , जस्तो लाग्छ ।...बाँकी