स्वास्थ्य र जीवनशैली

बस दुर्घटनाका घाइतेलाई चितवन रिफर

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–११ नवलपुर भएको बस दुर्घटनाका घाइतेलाई चितवन रिफर गरिएको छ । सिन्धुपाल्चोलचोक बाह्रबिसे बस्ने मिलन बस्नेतलाई थप उपचारका लागि चितवन रिफर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मलंहवाबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख २६४७ नम्बरको यात्रुबाहक बसले सोमबार राति बाटो काट्दै गरेका बस्नेतलाइ ठक्कर...बाँकी

राक्सिराङमा मिनि ट्रक दुर्घटना, एकको मृत्यु

मकवानपुरको राक्सिराङ गाउँपालिकामा सोमबार मिनि ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ-६ का सुमन थिङ रहेका छन् । गाउँपालिकाको वडा नम्बर ६ शिलाधुनीमा कुच्चो बनाउने अमिस्रो बोकेको मिनि ट्रक पल्टिएको हो । वडा अध्यक्ष सिंगलालाल प्रजाले दुर्घटनामा एकजनाको मृत्यु भएको पुष्टी गरे । उनले दुर्घटना भएको...बाँकी

एसइई नरोक्ने पक्षमा शिक्षामन्त्री

 काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षा नरोक्ने पक्षमा देखिएका छन्। विश्वभर फैलिएको कोरोना भाइरसको कारण देखाउँदै विभिन्‍न व्यक्ति र निकायबाट प्रभाव भई शनिबारसम्म परीक्षा रोक्ने पक्षमा देखिएका मन्त्रीले आइतबार भने परीक्षा नरोक्ने पक्षमा देखिएको शिक्षामन्त्रीको सचिवालयका एक सदस्यले बताए। चैत ६ गतेबाट...बाँकी

बर्दियामा दुई महिला मृत फेला

बर्दियाको ठाकुरबाबा नगरपालिका– ३ मिर्चैयामा दुई महिला मृत भेटिएका छन्। आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। ठाकुरबाबा नगरपालिका–३ मिर्चैयामा रहेको सिँचाइका लागि बनाइएको नहरमा डुबिरहेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँले जनाएको छ। प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका(५ बस्ने ७० वर्षीया मिश्री थारू र उनकी ४६...बाँकी

जताततै कोरोनाकै त्रास : तातोपानी कुण्डमा पनि आउनै छाडे बिरामी

म्याग्दी : प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको तातोपानी कुण्डमा डुबेर उपचार गर्न आउने बिरामीहरू विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण आउन छोडेपछि तातोपानी कुण्ड सुनसान बनेको छ। दैनिक ८ सय देखि १ हजार जनाको हाराहारीमा बिरामी तथा सर्वसाधारणले तातोपानी कुण्डमा डुबेर उपचार गराउँदै आएकोमा विगत १५ दिन यता विरामी तथा...बाँकी

कोरोनाको संक्रमण रोक्ने रणनीति बनाउन मुख्यमन्त्रीहरू काठमाडौंमा

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निमन्त्रणामा सातैवटा प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएका छन्। कोरोना भाइरसको प्रभाव फैलन नदिन प्रदेश सरकारसँग समन्वय गरी एकीकृत कार्ययोजना बनाउनको लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाइएको हो। ‘कोरोनाको भाइरसको संक्रमण फैलिन कसरी सतर्कता अपनाउने भन्नेबारे छलफल गर्न मुख्यमन्त्रीज्यूहरू काठमाडौँ आउनुभएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने,...बाँकी

२ किलो चाँदी सहित एकजना पक्राउ

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानी सडकखण्डबाट अवैध चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भंसार छलि चोरी पैठारी गरि ल्याएको २ किलो ४ सय ६० ग्राम ३ सय ३१ मिलिग्राम चाँदीसहित बाग्लुङको जैमिनी नगरपालीका वडा नम्बर ७ बस्ने ३६ वर्षिय कृष्ण रसाईलीलाई पक्राउ गरेको जनाएको छ ।...बाँकी

कोरोना रोकथामबारे तीन तहका सरकार छलफलमा

काठमाडौँ — कोरोना भाइरस रोकथामबारे तीन तहका सरकारबीच छलफल हुँदैछ । सिंहदरबारमा संघ, प्रदेश र स्थानीय सरकारबीच केहीबेरमा छलफल सुरु हुन लागेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश र स्थानीय सरकारसँग छलफल गर्न लागेको हो। छलफलमा भाग लिन सातै...बाँकी