स्वास्थ्य र जीवनशैली

कोरोना संक्रमणबाट २४ घन्टामा ४ जनाको मृत्यु, मृतकको संख्या ९९ पुग्यो

कोरोना भाइरसबाट २४ घन्टामा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार मोरङ र सिरहा १—१ र बारामा २ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ९ जना, प्रदेश २ मा ४२ जना र वाग्मती प्रदेशमा...बाँकी

उपत्यकामा थपिए ११९ संक्रमित

 काठमाडौं उपत्यकामा ११९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको हो । २४ घन्टाको अद्यावधिक विवरण सार्वजनिक हुँदा बिहीबार भने उपत्यकामा १२७ जनामा संक्रमण पुष्टि भएको थियो ।बाँकी

२४ घन्टामा थप ५९४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या २५ हजार ५५१ पुगेको जनाए । त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २४० जना...बाँकी

त्रिवि शिक्षण अस्पतालका थप ८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा। सन्तकुमार दासले शुक्रबार आएको रिपोर्टमा बिहान ४ र अहिले दिउँसो ४ जना गरी ८ जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको कान्तिपुरलाई बताए ।उनले भने, ‘संक्रमितमा १ जना चिकित्सक र अरु ७ जना नर्स...बाँकी

लिदी पहिरो अपडेटे : ५ जनाको शव भेटियो, ३८ जना बेपत्ता भएको गाउँपालिकाद्वारा पुष्टि

जुगल गाउँपालिकाको वडा नम्बर २, गोल्चे लिदीमा गएको पहिरोमा १३ घर पुरिँदा ३७ जना बेपत्ता भएको गाउँपालिकाले जनाएको छ । जुगल २, लिदी लामाटोलका ३८ जना स्थानीय बेपत्ता भएको भन्दै जुगल गाउँपालिकाले सूची निकालेको छ । लिदी पहिरोमा परी बेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको पुष्टि गरे पनि विस्तृत विवरण...बाँकी

कोरोनाबाट विराटनगरमा एक संक्रमितको मृत्यु

कोशी अस्पताल विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। उपचारको क्रममा सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय पुरूषको बिहीबार राति मृत्यु भएको हो। निमोनिया भई स्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए। मृतक मंगलबार राति अस्पतालको आइसालेशनमा भर्ना भएका...बाँकी

लिदीमा पहिरोले बस्ती छोप्यो : १३ घर पुरिए, पाँच परिवार सम्पर्कविहीन

अविरल वर्षापछि आएको पहिरोले शुक्रबार जुगल गाउँपालिका–२ लिदीमा १३ वटा घर पुरिएका छन् । बिहान साढे ६ बजेतिर माथिपट्टिको डाँडो भासिएर बस्ती छोपेको हो ।  पहिरोमा केही स्थानीय पुरिएको अनुमान गरिए पनि स‌ंख्या यकिन भइनसकेको प्रहरीले जनाएको छ । ‘एक दर्जन घरमा पूर्ण क्षति पुगेको भन्ने छ, कति मान्छे बेपत्ता...बाँकी

थाहानगरपालिकामा पहिरोले बेपत्ता भएको शव फेला

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–१२ टिष्टुङ गैरीगाउँमा रहेको ढुङ्गा खानिमा पहिरो जाँदा बेपत्ता भएका एकजनाको शव भेटिएको छ । ढुङ्गा खानी अवैध तरिकाले उत्खनन् गरेका कारण पहिरो लडेपछी खानीमै रहेका मजदुरको मृत्यु भएको हो । पहिरोका कारण ढुंगा खानिमा काम गर्ने अन्दाजी ५४ बर्षीय कालु मोक्तानको शव भेटिएको मकवानपुर प्रहरी...बाँकी