स्वास्थ्य र जीवनशैली

बागमती प्रदेशमा होम क्वारेन्टाइनमा बस्ने १ हजार ६ सय ८८

बागमती प्रदेशका १३ जिल्लामा होम क्वारेन्टाइनमा बस्नेहरु १ हजार ६ सय ८८ जना रहेका छन् । कोरोनाको संका लागेका र विदेशबाट फर्किएकाहरुलाई अस्पतालमा जाँच पछी होम क्वारेन्टाइनमा पठाइएको हो । होम क्वारेन्टाइनमा सुरक्षित ढंगले वस्नका लागि धेरैलाई समस्या परेको छ । यता क्वारेन्टाइनमा पनि एक हजार ८ सय ४१ जना...बाँकी

मकवानपुरका एक पुरुषमा कोरोना पुष्टि

मकवानपुरमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । हेटौडामा रहेको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा १३ जनाको गरिएको परिक्षणमा एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिए । चौलागाईको अनुसार हेटौडा उपमहानगरपालिका वडा नं। ६ का २८...बाँकी

थप १०१ जनामा कोरोना भाइरस संक्रमण

मुलुकमा थप १०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । उनका अनुसार सोही अवधिमा २८५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ११ हजार...बाँकी

आज वर्षाको सम्भावना

देशभर आँशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अहिले वर्षा भइरहेको छ। आज १ र २ बाहेकका प्रदेशको एकरदुई स्थानहरूमा भारी वर्षा को सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी प्रदेश आसपास भएर बहने नदीहरूमा पानीको बहाव...बाँकी

हेटौंडामा डेगुंको संक्रमण बढ्दो

कोरोनासंगै डेंगु र मलेरिया रोगको खतरा बढ्दै गएको छ । मकवानपुरमा गत वर्ष डेंगु रोगका विरामी धेरै देखापरेका थिए । अहिले पनि फाट्टफुट्ट देखापरेका छन् । बर्खामा खाल्डा खुल्डीमा पानी जम्ने, पानीको भाडाकुडा खुल्ला राख्ने र पुरानो टायरलगायत बिग्रेका फुटेका भाडाहरुमा पानी जम्ने भएकाले डेंगु रोग देखा पर्ने गर्छ ।...बाँकी

मकवानपुर कम्युनिस्ट आन्दोलनकी थापाको निधन

मकवानपुरको कम्युनिष्ट आन्दोलनकी नेतृ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ राजदेविकी बालकुमारी थापाको गएराती निधन भएको छ । नेकपा मकवानपुरका अभिभावक समेत रहनुभएकी कम्युनिष्ट आन्दोलनकी नेतृ बालकुमारी थापालाको ७६ वर्षको उमेरमा गएराती हेटौंडा अस्पतालमा मृत्यु भएको हो । मुटुमा थप समस्या आएकाले उहाँलाई अस्पतालमा ल्याइएको थियो । कम्युनिष्ट आन्दोलनकी धरोहर थापालाई...बाँकी

बागमती प्रदेशमा कोरोना संक्रमित ८११ पुग्यौ

बागमती प्रदेशमा हाल सम्म ८ सय ११ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा हिजो एकै दिनमा १२ जना कोरोना संक्रमित पुष्टि भएको छ । प्रदेशमा ३ सय ४४ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको...बाँकी

भारतले विवादित अयोध्या खडा गर्‍यो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको र तथ्यहरुमा अतिक्रमण भएको बताएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्‍जदेखि पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताएका छन् । भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले...बाँकी