स्वास्थ्य र जीवनशैली

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ५१ पुग्यो

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ५१ पुगेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार शुक्रबार थप ८ जनामा कोरोना पुष्टि भए संगै प्रदेशमा संक्रमितको संख्या ८ सय ५१ पुगेको हो । शुक्रबार थप हुनेहरुमा काठमाण्डौका १ जना,भक्तपुरका २ जना,नुवाकोटका २ जना,सिन्धुलीका १ जना,मकवानपुरका १ जना र काभ्रेका...बाँकी

बागमती प्रदेशमा २२ हजार जनाको पीसीआर जाँच

बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को पीसीआर जाँचको कामलाई पछील्लो समयमा तिव्रता दिइएको छ । प्रदेशका १३ जिल्लामा प्रदेश सरकारले कोरोना परिक्षणमा तिव्रता दिइएको हो । कोरोना परिक्षणको अर्को विधि आरडीटी संगै पीसीआर जाँचलाई तिव्रता दिइएको हो । बागमती प्रदेशमा हाल सम्म २२ हजार ६ सय १३ जनाको पीसीआर...बाँकी

३४ कानुन एकमुस्ट संशोधन गर्न खोज्दा मतान्तर

मकवानपुर — संघीय सरकारको सिको गर्दै वाग्मती प्रदेश सरकारले एकमुस्ट ३४ वटा कानुन संशोधन गर्न खोज्दा प्रदेशसभामा विवाद भएको छ । शुक्रबारको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले पेस गरेको केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयकले कानुनको संशोधन गर्दा प्रदेशसभा छल्न खोजेको आरोप सांसदहरुले लगाएका छन्...बाँकी

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितका घर बागमती प्रदेश सरकारले बनाइदिने

हेटौंडा — वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु निर्माण गरिदिने भएको छ । शुक्रबार साँझ बसेको वाग्गमती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितहरुका लागि घर निर्माण गरिदिने निर्णय गरेको हो । ‘स्थानीय तहबाट प्रक्रियागत रुपमा क्षतिको संकलन...बाँकी

संखुवासभा र सिन्धुपाल्चोकको बाढीपहिरोमा बेपत्ता ३४ जना अझै भेटिएन

 संखुवासभा र सिन्धुपाल्चोकमा बाढीपहिरोबाट बेपत्ता भएका ३४ जना अझै फेला परेका छैनन् । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा आइतबार बिहान गएको पहिरोमा परी हराइरहेका ११ जनाको कुनै अत्तोपत्तो छैन । लगातार खोजी गर्दा पनि उनीहरू नभेटिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । तस्बिर सौजन्य स् भोटेकोसी गाउँपालिका खोजीमा सेना, प्रहरी र सशस्त्र प्रहरी...बाँकी

विश्वमा कोरोना संक्रमितबाट मृत्यु हुने ६ लाख पुग्यो

विश्वभर कोरोना संक्रमितको संख्या तीब्र रुपले बढेको देखिएको छ । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर पाँच हजार ४३१ जनाले कोरोनाका कारण मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । शनिबार बिहानसम्मको तथ्याङ अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख...बाँकी

हेटौंडामा साउनको रमझम, हरियो चुरा पोते र मेहन्दीको

 कुमारी स्याङबो नारीहरुका लागि बिशेष महिना साउन शुरु भएलगतैै कस्मेटिक पसल तथा चुरा पसलहरुमा मेहेन्दी, हरियो पहेलो चुरा लगाउनेको भिड बढेको छ । हरियो चुरा लगाउनुका धार्मिक एवंम् संस्कृतिका महत्व थाहा नभएकाहरु समेतको बाक्लो भिड लागेको छ । अरु समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महिनामा भने...बाँकी

सिन्धुपाल्चोक समाज दक्षिणकोरियाको संयोजनमा बाढीपीडितलाई सहयोग

आपसी सहयोग सद्भाब सिन्धुपाल्चोक बासी मिलनको आधार नाराको साथमा २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिणकोरिया स्थापनाकालदेखि नै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । सोमबार बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका जम्बु स्थित बाढी पीडितहरूलाई सहयोग गरेका छन् । कोरियाको संयोजकत्वमा कोरियामा रहेका नेपाली समुदायको संघ, संस्थाहरु मिलेर राहत संकलन...बाँकी