स्वास्थ्य र जीवनशैली

बागमती प्रदेशमा कोरोना संक्रमित ८५३ पुग्यो

बागमती प्रदेशमा हिजो एक दिनमा २ जना मात्र कोरोना भाइरस संक्रमित देखिएका छन् । पहिलेको तुलनामा कोरोना संक्रमितको दर निकै घटेको छ । हाल सम्म ८ सय ५३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा हिजो एकै दिनमा...बाँकी

हेटौंडामा ११ हजारको कोरोना परिक्षण

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को प्रयोगशालामा हाल सम्म ११ हजार १ सय ६१ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ । नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । भने केहीको परिक्षणको चरणमा...बाँकी

हेटौंडामा चार धामको झल्को दिने ज्योतिर्लिङ धाम

हेटौंडारपूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ सानान्टारस्थित चनौटा जंगलमा चार धामको झल्को दिने उमामहेश्वर निलकण्ठ ज्योतिर्लिङ धाम तपोवन पर्दछ । हेटौंडाबाट ११ किलोमिटर पश्चिम सानान्टार पुगेपछि दाहिनेतिर रहेको ढलान गरिएको रोडहुँदै एक किलोमिटरको दुरी पार गरेपछि भित्र जंगलमा धार्मिक पर्यटकीय स्थल उमामहेश्वर निलकण्ठ ज्योतिर्लिङ धाम तपोवन पुग्न सकिन्छ । स्थानीय...बाँकी

आजदेखि देशभर भारी वर्षा, सतर्क रहन आग्रह

देशभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ। क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आज साँझदेखि भने मौसम थप सक्रिय हुने जनाइएको छ। आज देशभर सामान्यदेखि पूर्ण बदली...बाँकी

प्यूठान दुर्घटना अपडेट : मृतक सातै जनाको पहिचान खुल्यो

ट्याक्टर दुर्घटनाबाट मृत्यु भएका सातै जनाको पहिचान खुलेको छ। ​प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमाले स्थित भिंगृ–स्वर्गद्वारी सडक खण्डमामा भएको दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको हो। दुर्घटनामा मृत्यु हुने सबै स्वर्गद्वारी नगरपालिका–२ धरमपानीमा निर्माण भएको सडकमा काम गर्ने कामदार रहेको प्यूठानका प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेलले जानकारी दिए। मृत्यु हुनेमा रोल्पा रुन्टिगढी...बाँकी

हेटौंडाका एम्बुलेन्सहरुले बिरामी होइन यात्रु बोक्दैछन्

हेटौंडाः बागमती प्रदेश राजधानी हेटौंडा भएपछि यहाँ पूर्वाधार विकासलगायत धेरै क्षेत्रले फड्को मार्ने अपेक्षा गरिएको थियो। तर प्रदेश सरकारले नै बजेट छुट्याएर काम सुरु गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हालको हेटौंडा अस्पताल) चुरेहिल अस्पताल, मकवानपुर सहकारी लगायत अन्य स्वास्थ्य संस्थामा आउने बिरामीले दिनभरि एम्बुलेन्स खोज्दा पनि भेटिने अवस्था छैन।...बाँकी

मोटर साइकल दुर्घटनामा मकवानपुरका एकजनाको मृत्यु

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं १ भैँसेस्थित खोप्लाङमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय युवकको ज्यान गएको हो । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं १ चाइनाक्वार्टरका २७ वर्षीय दिपेश पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ना ६२ प...बाँकी

नगर प्रमुखलाई ध्यानाकर्षण

 केन्द्रीय निर्देशनको अक्षरस पालना गर्ने भन्दै शनिबारदेखि शैक्षिक कृयाकलाप बन्द गरेको निजी बिद्यालयहरुले थाहानगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । निजी तथा आवाशीय विद्यालय अर्गानाइजेशन नेपाल प्याब्सन थाहानगर कार्यसमितिले शनिबार नगर प्रमुख लवशेर बिस्टलाइ पत्र बुझाएका हुन् । नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले कोभिड १९ ले शिक्षा क्षेत्रमा पारेको प्रभाबबारे बोल्दै...बाँकी