बागमती प्रदेशमा प्रदेश सरकार मातहत प्रहरी भर्नागर्ने बाटो खुलेको छ । बागमती प्रदेश सभाको आज बसेको बैठकले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसमतिले पारित गरेसंगै प्रदेश सरकार मातहतको प्रहरी भर्ना गर्ने बाटो खुलेको आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले वताउनुभयो । प्रदेश सभा बैठकमा आन्तरिक मामिला...बाँकी
नेपालमा कोरोना निको हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबार पछिल्लो २४ घन्टामा ५८ जना संक्रमित निको भएर फर्किएको बताएका हुन् । यो संख्या कूल संक्रमितको ६६।२३ प्रतिशत हो ।बाँकी
पछिल्लो २४ घन्टामा नेपालमा १ सय ५६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मुलुकभरका २७ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा गरिएको ३ हजार ७ सय ४१ वटा पीसीआर परीक्षणमा १ सय ५६ जनामा कोरोना पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताएका छन् । थपिएका...बाँकी
हेटौंडाको थोक तरकारी बजारमा तरकारीको भाउ बढेको छ । वर्षा लागेसँगै तरकारीको मूल्य बढ्न थालेको हो । शनिबार भेँडे खुर्सानी, रायोको साग, हरियो फर्सी, बोडी, करेला, भिन्डीको भाउ बढेकोे छ । शनिबार भेँडे खुर्सानी ७० देखि ८० रुपैयाँमा कारोबार भएको छ । शुक्रबारको तुलना शनिबार बजारमा बढी तरकारी आएको र...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गतेसम्मको लागि स्थगित भएको हो । बैठक मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित भएको हो । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी...बाँकी
गत असार १ गते हेटौँडाको सूर्यचोकमा हत्या गरिएकी सुस्मिता केसि थापाको नाउँमा स्थानीय नागरिकहरुले उक्त चोकको नाम सुस्मिता चोक राखेका छन् । सुस्मिता केसीको सम्झनामा उक्त चोकको नाम सुस्मिता चोक राखिएको स्थानीयहरुको भनाई रहेको छ । आफ्नै परिबारको सदस्यहरु मिलेर हत्या गरिएको सुस्मितालाई न्याय दिलाउनको लागि सक्रिय रहेका स्थानीय टोलवासीले...बाँकी
कुमारी स्याङ्बो राक्सिराङ गाउँपालिका २ सुनारीसौराका नरेन्द्र मृक्तान गाउँमा सडक पुगे पनि काम विशेषले हेटौंडा आउन पैदलयात्रा गर्नुहुन्छ । हिउँदमा पानी नपरेका बेलामा मात्र गाडी चल्छ, मोक्तानले भन्नुभयो । घुमाउरो बाटोमा गुडेरभन्दा सिधा छोटो बाटो हिँडेर छिटो पुगिन् । त्यहाँका मानिसहरु वर्खा लागेसी ट्रयाक्टर, अटो, बाइकमा यात्रा गर्ने गर्दछन् ।...बाँकी
मकवानपुर जिल्लाको थाहा नगरपालिकाले तीन जना कर्मचारीलाई सम्मान गरेको छ । बेरुजु फछ्र्यौटमा मकवानपुरको थाहा नगरपालिका देशमै सर्वोत्कृष्ट भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरस्कृत गरेपछि कार्यालयका कर्मचारीहरुको योगदानलाई कदर गर्दै नगरपालिकाले सम्मान गरेको हो । शनिबार थाहा नगर कार्यपालिका बैठकको अवसरमा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट तथा उपमेयर...बाँकी