स्वास्थ्य र जीवनशैली

हेटौंडामा परीक्षण गरिएको १० जनाको पीसीआर रिपोर्ट पोजेटिभ

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १० जनामा कोरोना भारइस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार, हेटौंडा–१० मा रहेको उक्त प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ९ जना र मकवानपुरका एक जना गरी १० जनामा...बाँकी

मकवानपुरका एकजनामा कोरोना पुष्टि

 मकवानपुरका थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको पीसीआर परीक्षणमा मकवानपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जननाएको छ । पछिल्लो २४ घण्टामा हेटौंडा–१० स्थित रहेको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनाको पीसीआर रिपोर्ट पोजेटिभ...बाँकी

हेटौंडा क्याम्पसको ११औं सभा सम्पन्न

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको हेटौँडा क्याम्पसको ११औं क्याम्पस सभा सम्पन्न भएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्य रहेको कार्यक्रमका प्रमुख अतिथि मन्त्री दुलालले सामुदायिक क्याम्पसहरुले उच्च शिक्षामा दिएको योगदानको प्रशंसा गरे । मन्त्री दुलालले प्रदेश सरकार “सामुदायिक क्याम्पसको सुदृढीकरण अभियान” मार्फत्...बाँकी

पछिल्लो २४ घण्टामा थपिए १४४ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा १४४ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मुलुकका विभिन्न‌ प्रयोगशालाहरुमा गरिएको परीक्षणमा १ सय ४४ जनामा संक्रमण देखिएको बताएका हुन् । थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।बाँकी

अञ्चल आयूर्वेद औषधालयले सबै सेवा निशुल्क प्रदान गर्दै

हेटौंडा–२ नगरपालिका रोडस्थित अञ्चल आयूर्वेद औषधालयका सबैखाले सेवा निशूल्क प्रदान गरिरहेको छ । सरकारी स्वामित्वको अस्पतालमा स्वास्थ्य उपचारमा जाने सेवाग्राहीले टिकट काट्न समेत शूल्क तिर्नुपर्दैन । आयूर्वेद औषधालयमा दैनिक ५० देखि ६० जनाले सेवा लिइरहेका छन् । आयूर्वेद औषधालयमा ग्यास्ट्रिक, जण्डिस, पायल्स, दम, खोकी, छाला सम्बन्धी स्वास्थ्य समस्या लिएर सेवाग्राही...बाँकी

विप्लवका कार्यकर्ता दुईजना पक्राउ

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित नेकपा बिप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बकैया गाउँपालिका वडा नम्बर ४ छतिवन बस्ने नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) को मकवानपुर जिल्ला सचिवालय सदस्य प्रल्हाद गौतमलाई पक्राउ गरेको छ । त्यस्तै असार २४ गते ईलाका प्रहरी...बाँकी

तनहुँमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु, ५ जना बेपत्ता

आइतबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण तनहुँमा ६ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–८ भैंसीकिलेका ३० वर्षीय भेषबहादुर थापा र व्यास नगरपालिका–९ माझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा र २१ वर्षीय अन्जन थापा रहेको जिल्ला...बाँकी

बाढीपहिरोमा ज्यान गुमाउने परिवारलाई राहत घोषणा

मकवानपुर — बाढीपहिरोका कारण ज्यान गुमाउनेको परिवार वाग्मती प्रदेश सरकारले राहतस्वरुप प्रतिपरिवार एकलाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बसेको वाग्मती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशको १३ जिल्लामा बाढीपहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई प्रतिपरिवार एकलाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका आर्थिक मामिला तथा योजना मन्त्री कैलशाप्रसाद ढुंगेलले जानकारी दिए ।...बाँकी