विविध

रसुवामा भीषण पहिरो,प्रहरी पोष्ट नै बगायो

गएरातिको वर्षासँगै आएको पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो । सो आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका र उनीहरुको उपचार टिमुरे स्वास्थ्य चौकीमा भइरहेको छ ।...बाँकी

मकवानपुरका प्रजिअ बुढाको सरुवा

गृहमंत्रालयले बुधबार सबै प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारीको पनि सरुवा भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाको कास्की सरुवा भएको हो । त्यसरी नै मकवानपुरमा भने प्रमुख जिल्ला अधिकारीको रुपमा आस्मान तामांग आउने भएका छन् । स्थानीय तथा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका...बाँकी

मिसेस मकवानपुरको प्रशिक्षण शुरु

मिसेस मकवानपुर २०१८ प्रतियोगितामा सहभागीहरुका लागि बुधबारबाट प्रशिक्षण शुरु गरिएको छ । हेटौंडा लेडी जेसिसले आयोजना गरेको प्रतियोगितामा मकवानपुरका ११ जना विवाहित महिला प्रतिस्पर्धी रहेका छन् । २० दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन हेटौंडा लेडी जेसिसकी संस्थापक अध्यक्ष नीरा गोर्खालीको प्रमुख आतिथ्य तथा वर्तमान अध्यक्ष अस्मिता श्रेष्ठको अध्यक्षतामा भएको थियो ।...बाँकी

भरतपुरमा तीनपांग्रे व्यवसायी र प्रहरीबीच झडप

चितवन भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि भरतपुर तनावग्रस्त बनेको छ । प्रर्दशनमा उत्रिएका तीनपांग्रे व्यवसायी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना प्रर्दशनकारी घाइते भएका छन् भने प्रर्दशनकारीको ढुङ्गा लागेर दुई प्रहरी जवान घाइते भएका छन् । उच्च अदालतको आदेश...बाँकी

एकातिरको ‘नो पार्किङ’ स्थगित, अर्कोबारे निर्णयमा ढिलाइ

हेटौंडा सडक विस्तार नगर्ने तर अटो÷मयुरीलाई धमाधम चलाउन दिएर सडकलाई ‘नो पार्किङ जोन’ घोषणा गर्ने हेटौंडा उपमहानगरपालिकाको निर्णयविरुद्ध स्थानीय व्यवसायीको विरोध चर्किंदै गएको छ । मंगलबार हेटौंडा–४, स्कुलरोडका व्यवसायीले चर्को विरोध गरेर ‘नो पार्किङ’ विरुद्ध पार्किङ थालिएपछि उपमहानगरपालिका पछाडि हटेको छ । उपमहानगरपालिकाले मंगलबार विहान करिब ७ बजे ठूलो संख्यामा...बाँकी

बर्षाले नदी उर्लियो, राक्सीराङ र कैलाशका नागरिकको मन पिरलियो

दिनदिनैको वर्षातका कारण मनहरि खोलामा बाढी आए संगै राक्सीराङ तथा कैलास गाउँपालिकाको स्थानियहरुको प्रमुख बजार मनहरि बजारमा किनमेलका गर्नका लागी आवत जावत गर्र्न निकै समस्या भएको छ । मनहरिखोलामा बाढी आएका कारण मनहरि खोलाको किनार हुदै सञ्चालन हुने गाडी बन्द भए संगै २ गाउँपालिकाको स्थानियहरु ८ देखी ९ घण्टाको पैदल...बाँकी

हेटौंडाको बानियाँ निर्माण कम्पनी बिरुद्ध जागे पर्साको ठोरीवासी

पर्साको वीरगन्ज–ठोरी हुलाकी सडक अन्तर्गत ठोरी गाउँपालिकाको चमरीहोलदेखि चौतारासम्मको ३० किलोमिटर सडकखण्डको काम अवरुद्ध भएको छ । ठोरी गाउँपालिकाका बासिन्दाले सडक निर्माणको जिम्मेवारी पाएको कालिका र बानियाँ सेवा कम्पनीले गुणस्तरहीन काम गरेको भन्दै दबाब समूह गठन गरी विरोध गरेपछि सडकको काम अवरुद्ध भएको हो । बानियाँ सेवा कम्पनीले चमरीहोलदेखि आठघरेसम्मको...बाँकी

लागू औषध सहित चारजना पक्राउ

जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौँडा ११ थानाभर्याङबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । संयुक्त प्रहरी टोलीले थानाभर्याङ सडक खण्डमा जाँच गर्ने क्रममा हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ५३७२ नम्बरको बसमा सवार चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ बस्ने बर्ष ३६ को सुदर्शन...बाँकी