विविध

सवारी दुर्घटनामा तीनजनाको मृत्यु

पर्सा, बारामा भएको छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका(३ सोनवर्षमा धान कुट्ने मिलको फित्तामा बेरिएर एक जनाको मृत्यु भएको हो । स्थानीय बुरदिन मियाँ अन्सारीले सञ्चालन गरेको बर्कत राइस मिलमा धान कुट्ने क्रममा मियाँकै छोरा ३५ वर्षीय मोजिबुर रहमानको मृत्यु भएको हो । धान कुट्ने...बाँकी

मकवानपुरका स्थानीयहरुको गुनासो : नियम एक ब्यावहार फरक किन ?

मकवानपुर साझा यातायातले ट्राफिक नियमको उल्लङ्घन गर्दै रुट परमिट बिना हेटौंडा उपमहानगर क्षेत्रमा सेवा सञ्चालन गर्दै आएपनि प्रशासन मौन रहेको छ भने मकवानपुरको ग्रामीण भेगका भने सवारी साधन भने जसरी संचालनमा आउन नसक्दा स्थानीयहरु मारमा परेका छन् । हेटौंडा वजारमा रुट परमिट विना सञ्चालनमा रहेको मकवानपुर साझा यातायातलाई जिल्लाकै तत्कालिन...बाँकी

पहिरोमा पुरिएर तीन जनाको मृत्यु

पूर्वी रोल्पाको अरेसमा पहिरोले गोठ पुर्दा तीन जनाको मृत्यु भएको छ । आइतबार रातिको वर्षाका कारण सुनील स्मृति–८ फूलधारामा रहेको उक्त गोठ पहिरोमा पुरिँदा स्थानीय १८ वर्षीया चमेली पुन, १२ वर्षीय ओबी घर्ती र १८ वर्षीय हुमे घर्तीको मृत्यु भएको हो । गोठमा सुतेको अवस्थामा उनीहरुको मृत्यु भएको हाे । घटनाबारे जानकारी पाएपछि गाउँले भेला...बाँकी

४० वटा ईरिक्साहरु कारवाहीमा,चेली बिक्री गर्न खोज्ने बिरुद्ध मुद्दा

मकवानपुर प्रहरीले सवारी नियम उल्लंघन गरेको आरोपमा सोमबार ४० वटा अटोरिक्साहरु नियन्त्रणमा लिएको छ । हेटौंडाको ट्राफिक ब्यवस्थालाई बलियो बनाउनका लागि संचालन गरिएको अभियान अनुसार उक्त अटो तथा इरिक्साहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।उनीहरुलाई सचेत गराई सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ बमोजिम ट्राफिक प्रहरीबाट कार्वाही...बाँकी

रिलायन्समा लागेको आगो नियन्त्रणमा आयो (अपडेट)

बाराको मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजमा लागेको आगो नियन्त्रणमा आएको छ । सोमबार बिहान पौने १२ बजेतिर उद्योगमा राखिएको उखुको भुसमा अचानक आगलागी भएको हो । आगो करिब साढे ४ बजेतिर आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आगो वीरगञ्ज महानगरपालिका, कलैया उपमहानगरपालिका, जीतपुर सिमरा...बाँकी

बाराको रिलायन्स सुगर मिलमा ठूलो आगलागी

बाराको मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्ड्रस्टि्रजमा आगलागी भएको छ । सोमबार विहान पौने १२ बजेतिर उद्योगमा आगलागी भएको हो । आगो निभाउन वीरगञ्ज, कलैया, सिमरा र आयल निगमको दमकल उद्योगतर्फ गएको छ । आगालागीबाट धेरै ठूलो क्षति हुनसक्ने हुनाले दमकल बोलाइएको बाराका डीएसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।बाँकी

हेटौंडाको तिनताप्केमा बस दुर्घटना हुँदा दशभन्दा बढी यात्रु घाइते

हेटौँडा उपमहानगरपालिका वडा नंबर १९ तिनताप्केमा बस दुर्घटना भएको छ । चितवनबाट हेटौँडा आउँदै गरेको ना ५ ख ३७०१ नंबरको बस तिन ताप्के ओरालोमा दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परि दशजना भन्दा बढी यात्रुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवनपुरले जनाएको छ । घाईते यात्रुहरुलाई हेटौँडा...बाँकी

फेरि हेटौंडा काठमाडौं सडकमा पहिरो,सडक अवरुद्ध

 गएराति परेको वर्षाका कारण हेटौंडा भैँसे काठमाडौं सडकखण्ड अन्तर्गत भीमफेदी गाउँपालिकाको बाघझोरा नजिकै ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ । ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहानै पहिरो खसेका कारण सडक खुलाउनका लागि केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरोका कारण सडक...बाँकी