विविध

पेट्रोलियम पाइपलाइनमा ठेकेदारको डोजर, पाईपलाईन क्षतिग्रस्त

भारतको डिपोबाट इन्धन भित्र्याउन ओछ्याइएको पाइपलाइनमा क्षति पुगेको छ। सडक विस्तारका क्रममा स्काइभेटर खन्दा पाइपलाइनमा क्षति पुगेको हो। पाइपलाइनमा क्षति पुगेसँगै  निर्धारित समयभन्दा केही ढिलो गरी  पाइपलाइनबाट इन्धन आउने सम्भावना बढेको छ। वीरगञ्ज–पथलैया व्यापारिक सुधार आयोजना अन्तर्गत ठेक्का पाएको सपना निर्माण सेवाका कर्मचारीको लापरबाहीले परवानीपुरस्थित दिल्ली पब्लिक स्कुलको अगाडि पाइपलाइनमा...बाँकी

लोक सेवाले नौ हजारका लागि गरेको विज्ञापनमा अहिले नै ८२ हजारको आवेदन

स्थानीय तहमा पदपूर्तिका लागि लोक सेवा आयोगले खोलेको विज्ञापनमा आवेदन दिनेको संख्या १३ दिनमा ८२ हजार पाँच सय पुगेको छ। आयोगको विज्ञापन संविधानअनुसार समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थगित गर्न सरकारलाई निर्देशन दिए पनि आवेदन दिनेको संख्या बढिरहेको छ। आयोगका शाखा अधिकृत नारायणप्रसाद पोखरेलका अनुसार मंगलबार...बाँकी

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन आग्रह

बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् । यही जेठ १५ गते रङ्गशालाको पश्चिमतर्फ लगाइएको बार केही स्थानीयवासीले भत्काएकाले काम अवरुद्ध भएको थियो । बार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छोडिसकेको छ । उनीहरूले सार्वजनिक रुपमा क्षमायाचना...बाँकी

चोरी भयो ५६ टनको सिंगो पुल

घर वा पसलमा चोरीको घटना सुनिएकै हो तर चोरले सिंगो पुल नै चरेर लगे भन्ने घटना चाहि अनौठो लाग्ला । यस्तै घटना रूसको मुरमेन्स्कमा घटेको छ, जसको तस्वीर सोशल मीडियामा भइरल भएको छ । मीडिया रिपोर्ट्सका अनुसार, रेलवेको सो पुल कुनै सानो तिनो पुल थिएन त्यो निकै भारी पुल थियो...बाँकी

गुपचुप सच्याइयो खरिद नियमावली, भ्रष्टाचारमा मुछिएकाले पनि ठेक्का पाउने

सार्वजनिक खरिद नियमावली संशोधन गरेको २३ दिनमै सरकारले यसलाई गुपचुप रुपमा सच्याएको छ । मन्त्रिपरिषद बैठकले भ्रष्टाचारको मुद्दा लागेका ठेकेदारलाई मूल्यांकन प्रक्रियाबाटै पन्छाउने प्रावधान हटाउने गरी नियमावली संसोधन गरेको स्रोतले बतायो । ठूला ठेक्कामा कब्जा गरी रहेका कालिका कन्स्ट्रक्सन र पप्पु कन्स्ट्रक्सन नियमावलीको छैटौं संसोधनपछि अघोषित रुपमा ‘निलम्बित’ बनेका थिए...बाँकी

मनसुन एक साता ढिलो भित्रने

 यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन आज अर्थात जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताए । 'मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने हो त्यो बनिसकेको छैन विस्तारै बन्ने क्रममा छ,' उनले भने । मनसुन प्रवेश गर्नका लागि स्थानीय...बाँकी

लोकसेवाको विज्ञापन रद्ध गर्न संसदीय समितिको निर्देशन

स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको  विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ। लोकसेवाको विज्ञापन संविधानको मूल मर्म विपरीत रहेको ठहर गर्दै समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबााबु पण्डितसँग छलफल गरे लगतै विज्ञापन रद्द गर्न निर्देशन दिएको हो । समितिका सभापति शशिकला...बाँकी

उपचारका क्रममा युवतीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त, तोडफोडमा उत्रिए आफन्तजन

झापाको विर्तामोडस्थित कनकाई अस्पतालमा उपचारका क्रममा एक युवतीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। आक्रोशित बनेका मृतकका आफन्तजनहरूले अस्पताल तोडफोडमा उत्रिएपछि भीड नियन्त्रण प्रहरीले तीन राउन्ड आशु ग्यास प्रहार गर्दै लाठी चार्ज गरेको छ। प्रहरीको लाठी चार्जबाट पीडित पक्षका केही व्यक्ति घाइतेसमेत भएका छन्। अस्पतालको लापरबाहीले युवतीको मृत्यु भएको...बाँकी