विविध

पुरानो राष्ट्रिय गान बजाएको आरोपमा दुई युवक पक्राउ

सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको आरोपमा दुइजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मा रहेका छन् । २८ वैशाखमा बुटवलको ट्राफिकचोकमा आयोजित भेलाको सुरुमा ‘श्रीमान गम्भीर नेपाली‘ बजाइएको थियो । त्यसको भोलिपल्ट...बाँकी

धनगढी विमानस्थलमा उडान बन्द हुँदा नेपालगन्जमा जहाजको चाप

धनगढी विमानस्थल बन्द भएपछि नेपालगन्जमा ठूला जहाजको चाप ह्वात्तै बढेको छ। मर्मत कार्य चलिरहेका कारण त्यहाँ करिव दुई सातादेखी धनगढी विमानस्थल पूर्ण रुपमा बन्द छ। नेपालगन्जबाट काठमाडौंका लागि अचेल दैनिक रुपमा १० वटा उडान हुने गरेको छ। नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले धनगढी विमानस्थल बन्द हुँदा लोड थपिएको बताए।...बाँकी

२४ किलो सुनसहित ६ जना पक्राउ

भारतको पश्चिम बंगालस्थित सिलीगुडीबाट २४ किलो सुनसहित ६ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । म्यानमारको मोरे बोर्डरबाट भारत भित्र्याइएको सुन भारतको मणिपुरदेखि गुहाटी, कुचिविहार, जलपाईगुढीहुँदै सोमबार राति सिलीगुड़ी ल्याइएको सुन बरामद गरेको भारतीय प्रहरीले जनाएको छ। सुनसहित पक्राउ पर्नेमा भारत मणिपुर इम्फाल निवासी २२ वर्षीय मोहम्मद नुमन, सोही ठाउँका...बाँकी

वन अधिकृतसहित २० जना विरुद्ध भ्रष्टाचार मुद्दा

डिभिजन वन कार्यालय, हेटौंडा, मकवानपुरका तत्कालीन डिभिजनल वन अधिकृत प्रल्हादप्रसाद धितालसमेत २० जनाविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समुदायिक वनको काठ अवैधानिक रुपमा कटानी गरी २० लाख भन्दा बढी रकम बाँडेर खाएको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। साविक धियाल– २ हालको बकैया गाउँपालिका वडा...बाँकी

असुरक्षित गर्भपतन गराउन खोज्दा १३ वर्षीय बालिका अहिले मृत्युको मुखमा

यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा १३ वर्षीय बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन्। नेपालगञ्ज उपमहानगरपालिका–१० का उनी कक्षा ८ मा अध्ययनरत एलिना (नाम परिर्वतन) ले आफैँ गर्भपतन गर्न खोजेकी थिइन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, गर्भपतन गराउन खोज्दा जथाभावी औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुँदा उनी...बाँकी

पशुपति क्षेत्रबीचबाट खोलिएको तिलगंगा–गुह्येश्वरी सडकखण्ड बन्द

पशुपति क्षेत्रबीचबाट खोलिएको तिलगंगा–गुह्येश्वरी सडकखण्ड बन्द गरिएको छ। विश्व सम्पदा सूचीकृत पशुपति क्षेत्र संरक्षण गर्न यो बाटो बन्द गर्ने निर्णय भएको पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए। ध्रुवस्थली र मृगस्थली जंगल बीचबाट २०६४ सालमा पुष्पकमल दाहाल सरकारका पालामा यो बाटो खोलिएको थियो। रातारात डोजर लगाएर जंगल काटेर...बाँकी

वृद्धको हत्या गरेको आरोपमा पाँच प्रहरीविरुद्ध मुद्दा

पाटन नगरपालिका–६ लदेडाका ७४ वर्षीय कमलाकान्त पन्तलाई प्रहरीले कुटपिट गरी हत्या गरेको आरोप लगाएका छन् । उनका आफन्तले कुटपिट गरी हत्या गरेको आरोप लगाएका हो । आरोप बैशाख ३० गते राति कमलाकान्तका जेठा छोरा लवदेव पन्तले मदिरा सेवन गरी स्थानीयलाई गालीगलौज र आक्रमण गर्न थालेपछि प्रहरी लदेडा पुगेको थियो ।...बाँकी

मोबाइलको अँध्यारो पाटोः सुविधा मात्रै हैन, खतरनाक पनि

शहरिया जीवन पद्दतिको अभिन्न अंग बनेको छ मोबाइल । बरु केही दिन खाना खान नपाए पनि मानिसलाई असहज नलाग्न सक्छ तर केही क्षण मात्रै पनि साथमा मोबाइल नहुने हो भने जीवनको गति नै रोकिएको अनूभूति गर्न थाल्छन् । वास्तवमा भन्ने हो भने, आधुनिक सञ्चार–प्रविधिको ‘चमत्कारी खोज’ मोबाइलले मानिसलाई आफूप्रति पूरै...बाँकी