विविध

के हो आकाशीय पिण्ड ? के साँच्चै पृथ्वीमा खस्ला त यो पिण्ड ?

करीब साढे छ करोड वर्ष पहिले एस्ट्रोइड (आकाशीय पिण्ड) पृथ्वीमा झर्दा यहाँ रहेका विशाल डाइनोसरको अन्त्य भएको थियो । यो निकै दुर्लभ घटना थियो । एस्ट्रोइड विज्ञानिकहरुको लागि सधैं नै मनमा कौतुहलता जगाउने विषय रहँद यसैबीच एक सम्मेलनको क्रममा नासाका वैज्ञानिकले पृथ्वीमा विशाल एस्ट्रोइड खस्ने सम्भावना रहेको बताएका छन् ।...बाँकी

सबै कुरा छिनोफानो गरी बिहेको दिन बेहुला नआएपछि……

मोरङको रंगेली नगरपालिका ८, दर्वेशाका कमलप्रसाद साह हातमा छोरीको बिहेको निमन्त्रणा कार्ड लिएर न्याय खोज्दै प्रहरी र प्रशासन धाइरहेका छन् । डेढ लाख नगद र एउटा मोटरसाइकल दाइजोका नाममा लिइसकेका बेहुला विवाहको दिन जन्ती लिएर नगएपछि उनी न्याय खोज्दै धाउन बाध्य भएका हुन् । कमलले छोरीको विवाह विराटनगर महानगर १५, रानीका अजयकुमार...बाँकी

एनसेलबाट तत्काल लाभकर नलिन सर्वोच्चको अन्तरिम आदेश

 सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल प्रालिको ८० प्रतिशत सेयर खरिद–बिक्रीको लाभकर छली विवादमा तत्काल कर नलिन ठूला करदाता कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको छ। सोमबारदेखि सुनुवाइ गरेको न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मंगलबार यस्तो आदेश जारी गरेको हो। सर्वोच्चको यो आदेशपछि एनसेलले तत्काल...बाँकी

पाँच सय दिनपछि रिहा भए रोयटर्सका दुई पत्रकार

 म्यान्मार सरकारले पाँच सय दिनभन्दा बढी थुनेपछि रोयटर्सका दुई पत्रकारलाई मंगलबार रिहा गरेको छ। ३३ वर्षीय वा लोन र २९ वर्षीय क्याव सु ऊलाई गत सेप्टेम्बरमा म्यान्मारको अदालतले दोषी ठहर गरी ७ वर्ष कैदको फैसला सुनाएको थियो। उनीहरूलाई अफिसियल सिक्रेट एक्ट भंग गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो। उनीहरूलाई...बाँकी

कस्तो अचम्मको ढुङ्गा जसलाई फुटाउदा रगत र मासुको टुक्रा निस्कन्छ

ढुंगा निर्जीव वस्तु हो र यसलाई फुटाउँदा टुक्रा टुक्रा हुन्छ । तर एउटा यस्तो ढुंगा भेटिएको छ जसलाई फुटाउँदा रगत र मासुका टुक्रा निस्कन्छन् । चिली र पेरुका समुद्रमा यस्ता ढुंगा टन्नै पाइन्छन् । ढुंगालाई सर्र हेर्दा सामान्य झैं लाग्छ । तर यसबाट मासु निस्कन्छ र बजारमा त्यो खुबै बिक्छ...बाँकी

सर्वाधिक व्यापार गर्ने चलचित्रको दोस्रो स्थानमा उक्लियो एभेन्जर्स

गत अप्रिल २२ मा रिलिज भएको हलिउड चलिचित्र ‘एभेन्जर्स इन्डगेम’को कमाई २ अर्ब अमेरिकी डलर नाघेको छ। यस चलचित्र विश्वकै सबैभन्दा बढी व्यापार गर्ने चलचित्रको दोस्रो स्थानमा समेत पुग्न सफल भएको छ। हालसम्म यसको कमाई २.१८९ अर्ब डलर रहेको छ। ११ दिनमै २ अर्बको व्यापार गरेको यस चलचित्र इतिहासमै सबैभन्दा...बाँकी

काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी सुवेदी

प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा नेतृत्व परिवर्तन गरेको छ । प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका छन् । नेपाल प्रहरीको प्रवक्ता रहेका सुवेदीलाई काठमाडौंको कमाण्ड दिइँदा हालका काठमाडौं प्रहरी प्रमुख वसन्त लामा लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् ।...बाँकी

भारतमा लोकसभा निर्वाचनः करोडपतिदेखि कुख्यात अपराधीसम्म उम्मेद्वार

एजेन्सी– भारतमा पाँचौ चरणको लोकसभा निर्वाचन आज जारी छ । पाँचौ चरणको निर्वाचनमा ७ राज्यका ५१ लोकसभा सिटमा मतदान हुँदैछ । पाँचौ चरणको निर्वाचनमा देशभरका कूल उम्मेद्वारहरुमध्ये १२६ जना अर्थात १९ प्रतिशत उम्मेद्वार कुनै न कुनै आपराधिक घटनामा सामेल उम्मेद्वार मैदानमा उत्रिएका छन् । यीमध्ये ९५ जना अर्थात १४ प्रतिशत...बाँकी