विविध

त्रिशूली नदीको जलयात्रा व्यवसाय सङ्कटमा

त्रिशूली नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खननले गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेको छ । नदीभित्रै मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेका हुन् । लामो समदेखि जलयात्रा व्यवसाय गर्दै आउनुभएका एडभेन्चर रिभर ट्रेलका कमल ठकुरीले नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन र नदीमा फोहर फ्याँक्ने गरेका कारण...बाँकी

सरकारी सर्भर डाउन भएपछि देशभरका सेवाग्राही मारमा

सरकारी सर्भर डाउन भएपछि देशैभरको सेवा प्रभावित भएको छ । देशभरका सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेपछि सेवाग्राहीहरु मारमा परेका शुन् । सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सवारी वेबसाइट नखुलेका हुन् । हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट...बाँकी

चोर्न नसके पछि पत्रमार्फत माफी

 चन्द्रपुर ४ का एक व्यापारीको पसलको सटर शुक्रबार राति फुटाउन नसकेपछि चोरले माफी मागेको पत्र टाँसेर हिँडेको पाइएको छ । सादा कागजमा मजबुरी (बाध्यता) ले चोर्न आएको पत्र टाँसेर माफी मागेका छन् । पत्रको साथमा हथोडा, छेनी पनि छाडेका थिए । ब्यापारी कबिन्द्रनाथ गोपालीको होम ग्यालरीमा चोरी गर्ने उद्देश्यले चोरले सटर फुटाउने प्रयास...बाँकी

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

मकवानपुरमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका ५ देउरालीकी २७ वर्षीय फूलमाया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घरभित्रै बसिरहेकी फूलमायाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । साथै मनहरी गाउँपालिका ३ स्थित...बाँकी

मुक्तानको परिवारलाई ११ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति दिईने

खोलामा डुबेर मृत्यु भएकी मनहरी गाउँपालिका ७ लामाबस्तीकी सिर्जना मुक्तानको परिवारलाई ११ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति दिइने भएको छ । राक्सिराङ गाउँपालिकाले ठेक्का प्रक्रियाद्वारा मनहरी खोलाको नदीजन्य बस्तु उत्खनन् गर्दा बनेको दहमा परी बुधवार दिउँसो मुक्तानको ज्यान गएको थियो । ज्यान गएपछि आक्रोशित आफन्तका परिवारले राजमार्ग बन्दसँगै दोषीमाथि कारबाही...बाँकी

भारतमा आँधीको डरले ८ लाख मान्छे सारिँदै, नेपालमा हावाहुरी र वर्षा सम्भावना

भारतको पूर्व तटीय क्षेत्रमा समुद्री आँधी आउने सम्भावना देखिएपछि त्यस क्षेत्रका हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। उडिसा राज्यका करिब ८ लाख मान्छेलाई आँधीले प्रभाव पार्नसक्ने क्षेत्रबाट सार्ने प्रक्रिया भइरहेको बिबिसीले जनाएको छ। फानीु नाम दिइएको आँधी २ सय किलोमिटर प्रतिघण्टाको गतिमा आउने अनुमान मौसमविद्हरुले गरेका छन्। यो आँधी अहिले...बाँकी

टिप्परले लियो छोरीको ज्यान, बुवा घाइते

बुटवलको जितगढीमा टिप्परको ठक्करबाट एकको ज्यान गएको छ भने एकको मृत्यु भएको छ । । टिप्परको ठक्करबाट बुटवल उपमहानगरपालिका वडा न १२ तामनगर बस्ने छोरी पुष्पाको घटनास्थलमै ज्यान गएको र बावु घनश्याम घाइते भएको प्रहरीले जनाएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्बरको मोटरसाइकलमा सवार भण्डारीलाई...बाँकी

नेपालमै पहिलो पटक बर्ड फ्लूबाट दाङमा एकको मृत्यु

इन्फ्लूएन्जा ए (एच५एन१) बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर काभ्रेका २१ वर्षीय युवाको मृत्यु भएको जानकारी दिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त बिरामीको घाँटीको र्याल परीक्षण गर्दा भाइरसको प्रकार एकीन गर्न सम्भव नभएपछि उक्त नमुना विश्व स्वास्थ्य...बाँकी