विविध

प्रशासन कार्यालयका प्रमुखको स्वागत

 बाराको कोल्हबी नगरपालिकामा स्थित इलाका प्रशासन कार्यालयका नव आगन्तुक प्रमुख महेशलाल मण्डलको एक कार्यक्रमका विच स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रशासन कार्यालय परिसरमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै प्रशासन कार्यलयका प्रमुख मण्डलले नियम कानुनको अधिनमा रहेर जनताको काम छिटो सम्पन्न गर्न आँफू प्रतिवद्ध रहेको बताएका थिए ।...बाँकी

नेपाली सेना र सुसुङ कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर

 नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनी लिमिटेडबीच काठमाडाँै –तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणसम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको हो । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना...बाँकी

मितेरी पुल जीर्ण बन्दै

 वीरगञ्ज–रक्सौल जोड्ने मितेरी पुल जीर्ण बन्दै गएपछि यसको भविष्य नै अनिश्चित भएको छ । करीब १५ वर्षको लामो इतिहास बोकेका सो पुलको बीच भागमा ठाउँठाउँमा प्वाल परी जीर्ण हँुदै गएपछि यसको भविष्य अनिश्चित भएको हो । पचास वर्षको लाइफ रहेको भनिएको सो पुलको मर्मतका लागि बेलाबखत आवाज उठ्ने गरेको भएपनि...बाँकी

नगदसहित गोल्डेन माईक प्रदान

 रेडियो अनमोल ९० मेगाहर्जले गायन प्रतिभाको सम्मान गर्दै सुरु गरेको ‘अनमोल आईडल’ को भदौ महिनाको विजेता आज्ञासागर हुमागाईँ भएका छन् । ‘अनमोल आइडल’ रेडियो कार्यक्रममा साप्ताहिक रुपमा उत्कृष्ट हुँदै लाईभ कार्यक्रममा प्रस्तुति दिएपछि एसएमएस भोट तथा निर्णायकको मतको आधारमा उनी उत्कृष्ट भएका हुन् । हुमागाईले भदौ महिनाको बिजेता भएसँगै गोल्डेन...बाँकी

मनहरीको ज्यामिरेमा सरसफाइ

मनहरी गाउँपालीका वडा नम्बर ९ ज्यामीरेमा आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ । ज्यामिरेमा रहेको भलाद्मी टोल बिकास सस्थाको आयोजनमा वडा नम्बर ९ का बिभीन्न टोलमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा बोल्दै ९ नम्बरका वडा अध्यक्ष साधुराम अधिकारीले मानिसको पहिचान सरसफाई भएकाले सबैले सरसफाइमा बिशेष ध्यान दिनुपर्ने् बताए ।...बाँकी

सुरुङमार्ग निर्माणका लागि प्रदेश सरकारद्वारा गृहकार्य सुरु

प्रदेश सरकारको गौरवको योजना हेटौंडाबाट काठमाण्डौ जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माणका लागि प्रदेश सरकारले थप गृहकार्य थालेको छ । प्रदेश सरकारले सुरुङ मार्गको निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदनका लागि ५ करोड रकम विनियोजन समेत गरिसकेको छ । सरकारले मार्ग निर्माणका लागि विज्ञहरुसंग छलफल सुरु गरेको छ भने सुरुङ मार्ग...बाँकी

भुन्द्रङमा टेलिकमको टावर

मकवानपुरको मनहरी २ भुन्द्रङ टाँडीमा नेपाल टेलिकमको टावर निर्माण कार्य भइरहेको छ । भुन्द्रङ टाँडी तथा अन्य क्षेत्रमा नेपाल टेलीकमको फोन नलाग्ने समस्य भए पछि स्थानीय समाजसेबी अर्जुन घलानको पहलमा टवर निर्माण कार्य थालनी भएको हो । बिगत लामो समय नेपाल टेलिकम तथा अन्य कम्पनिको मोबाइलको नेटवर्कमा पनि समस्या रहदै...बाँकी

६० हजार तिरेपछि नेपाली नागरिकता !

एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ। वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ। सप्तरीमा भने नेपाली नागरिकता जोसुकैले पनि सहजै पाउँछन्। चाहे त्यो विदेशी नागरिक नै किन नहोस्। विभिन्न गाउँपालिका–नगरपालिका, वडा कार्यालय, प्रहरी र जिल्ला प्रशासन कार्यालयका...बाँकी