मकवानपुरको हेटौंडाको बस्तीपुरमा जेसिस सप्ताह हुने भएको छ । हेटौँडामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि बस्तिपुर जेसीज अध्यक्ष राममणी बर्तौलाले जेसिज सप्ताहको कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । भदौ ३१ गते उद्घाटन तथा सर्बेश्वर मन्दिरलाई सहयोग कार्यक्रम गरिने भएको छ । त्यसैगरी ३१ गते नै बस्तीपुर जेसीज विरुद्ध शिक्षक भलिबल प्रतियोगिता...बाँकी
सुखी नेपाली समृद्ध नेपालः बाल अधिकार सबैको सरोकार भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस २०७५ मकवानपुरको भीमफेदीमा मनाइएको छ । कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले संविधानले व्यवस्था गरेको बाल अधिकारलाई समयमा प्रत्याभूत गर्नुपर्ने बताउनु भएको छ । नेपाल बाल संगठन, मकवानपुर र भीमआधार सामुदायिक स्कुल, भीमफेदीको संयुक्त आयोजनामा शुक्रबार...बाँकी
सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि बढेपछि वातावरण विनाश हुने भन्दै हल्ला चलाइएपछि सरकारले वातावरणीय रुपमा कम क्षति हुने गरी मात्रै आयोजना शुरु गर्नेे जनाएको हो । सो विमानस्थलको कूल...बाँकी
पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । विभिन्न ठाउँमा गएको पहिरोले सोमबार राति १ बजेदेखि अवरुद्ध बनेको यस सडक खण्ड मंगलबार साँझ ६ बजेदेखि एकतर्फी मात्र सञ्चालन गरिएको थियो । सबै ठाउँको पहिरो हटाएर बुधबार साँढे ११ बजेदेखि सडक दुईतर्फी रुपमा सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका...बाँकी
वनका लागि आएका रकम दुरुपयोग भएको भन्दै चिन्ता जनाइएको छ । आदिवासी जनजाति समुदायका लागि लक्षित अनुदान संयन्त्र सम्बन्धी प्रदेश ३ को हेटौंडामा सोमबार आयोजित एक कार्यक्रममा बोल्ने बक्राहरुले वन संरक्षणका लागि आएको रकम सदुपयोग नभएको भन्दै चिन्ता जनाएका हुन् । कार्यक्रममा प्रदेश ३ का उद्योग पर्यटन बन तथा वातावरण...बाँकी
मकवानपुर प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ (बालुवा, ढुंगा, गिटी) ढुवानी गर्ने २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गर्ने २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।प्रहरीले हेटौंडा १० स्थित राप्तीखोलाको पुल नजिक सडकबाट ना...बाँकी
अनौठो सर्प गाउँमा पसेपछि यहाँको एक गाउँका स्थानीयवासी त्रसित बनेका छन् । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सिमखेतमा यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा देखिएको हो । साना र सामान्य खालका सर्पमात्र देखिने गरेको पर्वतमा ठूलो प्रजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई समेत आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित...बाँकी
भदौ हेटौंडा ७ नागस्वती स्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिवार तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आफ्नै भवनमा सम्पन्न कार्यक्रममा करिव १५०० महिलाहरुको सहभागिता रहेको छ ,२०५६सालमा स्थापित सहकारी मा हाल ४१००जना शेयर सदस्य रहेका छन सो मध्धे २३८७ जना महिला शेयर सदस्य रहेका छन...बाँकी