विविध

बानियाँ कम्पनीद्वारा सडक निर्माणमा गुणस्तरहिन सामग्रीको प्रयोग

पर्सा जिल्लामा हेटौंडाको बानियाँ निर्माण कम्पनीले जिम्मा लिएको हुलाकी सडकको निर्माण कार्यमा कमशल गुणस्तरको निर्माण सामाग्री प्रयोग भइरहेको छ । जिल्लको जीराभवानी गाँउपालिकाको चमरी टोल देखि ठोरीको चौतारा सम्म ३० किलो मिटर हुलाकी सडक निर्माणको ठेक्का लिएको हेटौंडाको बानिया जेभी कन्ट्रक्सनले गुणस्तरहिन सामान प्रयोग गरेको स्थानीयहरुले बताएका छन् । कालिका...बाँकी

चाडपर्वमा नारायणगढ–मुग्लिन सडक सहज

 विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ । गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठजस्ता पर्वमा राजधानी बाहिरिने यात्रुले दुःख पाएका थिए । त्यसअघिका वर्षमा साँघुरो र भत्किएको सडकका कारण यात्रुले सास्ती पाएका थिए । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर...बाँकी

मनहरी घेदुङको अध्यक्षमा इन्द्रकुमार ब्लोन चयन

 नेपाल तामाङ घेदुङ संघिय कार्यालयको सर्कुलर अनुसार ३ नम्बर प्रदेशमा तामसालिङ जागरण अभियान तथा स्थानीय तह सम्म घेदुङको संगठन बिस्तार अभियान अन्तर्गत आइतबार नेपाल तामाङ घेदुङ मनहरी गाउपालिकाको प्रथम भेलाबाट गठन गरिएको छ । भेलाबाट इन्द्रकुमार ब्लोनको नेतृत्वमा १७ सदस्यीय गाउपालिका कमिटि गठन गरिएको हो  । त्यस्तै, उपाध्यक्षमा बुद्धिराम मोक्तान,...बाँकी

हेटौंडामा महिलाहरुलाई आत्मरक्षा तालिम

हेटौंडामा महिलाहरुको लागि आत्मरक्षा सम्बन्धी तालिम हुने भएको छ । नेपाल सोतो कराते डो संघ मकवानपुरले यही असोज २६ र २७ गते हेटौंडामा तालिम आयोजना गर्ने भएको हो । तालिममा करिब एक हजार महिलाहरु सहभागि हुने अपेक्षा गरिएको संघका तीन नम्बर प्रदेशका प्रमुख प्रशिक्षक गणेश प्रसाद अर्यालले बताए । ‘तालिमको...बाँकी

चन्द्रागिरि हिल्सलाई उत्कृष्ट गन्तव्य पुरस्कार

 नेपालको चन्द्रागिरि हिल्स प्रालिलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको विशेष कार्यक्रममा उक्त प्रालिलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो । चौधौँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदाश अठवाले...बाँकी

क्यान मकवानपुरको अध्यक्षमा पुडासैनी चयन

मकवानपुर शाखाको कम्प्युटर यसोसियसन नेपाल,अध्यक्षमा पुष्पराज पुडासैनी चयन भएका छन् । हाल उपाध्यक्ष समेत रहेका पुडासैनीकोमात्र अध्यक्षमा उम्मेद्वारी परेकोले उनी निर्विरोध भएका हुन् । उनी क्यान मकवानपुरको नवौं अध्यक्ष समेत भएका छन् ।क्यान मकवानपुरका अध्यक्ष पवन प्रधानले राजिनामा दिएपछि रित्त रहेको अध्यक्ष पदको लागि शनिबार विशेष अधिवेशनको आयोजना गरि निर्वाचन...बाँकी

हराएको दुईघण्टामै फेला पर्यो मोटरसाइकल

चोरी भएको २ घण्टा नबित्दै मकवानपुर प्रहरीले मोटरसाइकल फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरी टोलीले २ घण्टामै चोरी भएको मोटरसाइकल फेला पारेको हो । हेटौंडाबाट चोरी भएको ना ५७ प ४६२ नंबरको २२० सिसिको पल्सर मोटरसाइकल फेला परेको हो । प्रहरीले मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण...बाँकी

रेडियो सन्देश प्रशारण आरम्भ

सामुदायिक सञ्चार समुह सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्ज प्रशारण आरम्भ भएको छ । सुचना तथा सञ्चार मन्त्रालयमा ९५०-०७३/०७४ दर्ता भएको रेडियो सन्देश असोज १ गतेदेखी अनलाईन मार्फत प्रशारणमा आएको थियो । ३ नम्बर प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार (बुद्ध चोक)बाट रेडियो प्रशारणको आरम्भ भएको छ । रेडियो सन्देशले फरक...बाँकी