सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट कार्ड’ का लागि लिइएको परीक्षा उत्तिर्ण भएर राजश्व तिरेका सेवाग्राहीको सङ्ख्या बिहीबारसम्म पाँच लाख ५७ हजार ७०० थियो । यो सङ्ख्या कार्यालयले चार...बाँकी
प्रदेश नं २ सरकारले किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको गहुँको बीउको हाल अभाव भएपछि पर्साका किसान मारमा परेका छन् । प्रदेश नं २ को सरकारले सहुलियत दरमा किसानलाई उपलब्ध गराएको ८४ मेट्रिक टन गहुँको बीउ वितरण भएर सकिएकाले हाल बीउ उपलब्ध हुन नसक्दा किसान मारमा परेको कृषि ज्ञानकेन्द्र...बाँकी
नेपाल–भारत आवागमन सहजताका लागि मात्र नभई सुदूरपश्चिम प्रदेशको समृद्धिसँग समेत जोड्ने गरिएको महाकाली नदीमाथिको चार लेनको पक्की पुल निर्माण तीव्र गतिमा अघि बढेको छ । पूर्वमा कर्णाली नदीदेखि पश्चिम महाकाली नदीसम्म फैलिएको सुदूरपश्चिम प्रदेशको विकास गतिविधि यिनै नदीबाट शुरु हुन्छ । कर्णालीबाट रानीजमरा, कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कैलालीमा सिँचाइका लागि ठूलो...बाँकी
हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजना तथा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा २ को व्यवस्थापनमा हेटौंडा २ चौकिटोलमा रहेको तिरतीरे धारा देखि मानसचोक सम्म सरसफाई गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता तथा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीको...बाँकी
नेपाल सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले वन संरक्षणमा सबैको दायित्व रहेको कुरामा जोड दिएकी छिन् । सामुदायिक वन स्थानीय स्तरबाटनै सञ्चालन हुने भएकोले यसको ब्यवस्थापनको जिम्मा पनि स्थानीय सरकारको मातहतमा भए वन संरक्षणमा सजिलो हुने बताइन् । न्युज क्लब नेपाल, हेटौँडामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष...बाँकी
आज नवरात्रको छैठौं दिन हो । आजको दिन विभिन्न शक्तिपीठ र घर–घरमा कात्यायनी देवीको विशेष पूजा आराधना गरिन्छ । हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी हो । अमरकोषमा पार्वतीको दोस्रो नाम कात्यायनी भनिएको छ । स्कन्द पुराणका अनुसार परमेश्वरको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको उल्लेख छ । उनैले सिंहमाथि सवार...बाँकी
नेपाल राष्ट्रिय बाणिज्य संघ मकवानपुरले दशैँमा चियापन कार्यक्रमको सट्टा वृद्धाश्रममा सहयोग गरेको छ । संघले हेटौँडा–१ चौकी टोलमा रहेको ओम वृद्धाश्रममा एक कार्यक्रमको आयोजना गरी आईतबार सहयोग गरेको हो । विजयादशमी, शुभ दिपावली, नेपाल सम्बत ११३९, छठ तथा ल्होछारको अवसरमा आश्रमलाई ९ बोरा चामल तथा १ बोरा चिउरा सहयोग गरिएको...बाँकी
धादिङको थाक्रे गाउँपालिकामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । थाक्रे गाउँपालिका १० मानेडाँडामा शुक्रबार राति बा ५ ख २४१८ नम्बरको टिपर दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा थाक्रे गाउँपालिका ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममाया तामाङ र ६२ वर्षीया...बाँकी