विविध

सल्टिएन पार्किङ समस्या

मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा उपमहानगरपालिकाबीचमा सहमति भएको भनिएपनि त्यसको कार्यान्यवन नहुदा हेटौंडामा पार्किङ समस्या उस्तै देखिएको छ । आइतबार ग्राहकले सामन किन्न पाउने समयसम्म मोटरसाईकल रोक्न पाउने सूचना जारी गरेपछि सोमबार हेटौँडाको स्कुल रोडमा ग्राहकद्वारा रोकेर राखेको मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । ब्यवसायी संघले उपभोक्ताहरुले मोटरसाईकल पार्किङ...बाँकी

जीपको ठक्करबाट थप एकको मृत्यु

 तानसेनको बडीज्ञानटोलमा जीपको ठक्करबाट घाइते बनेकी तानसेन–६ बर्तुङ्की ४८ वर्षीया कमला पाण्डेयको मृत्यु भएको छ । युनाइटेड मिसन अस्पताल तानसेनमा उपचाररत पाण्डेको आज बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महिनाका निसान बस्यालको आइतबार नै मृत्यु भएको...बाँकी

स्थानीय पत्रपत्रिका: भूकम्पपीडितलाई वर्षाको सकसदेखि उपमहानगरको अधुरा योजना

आज हेटौंडाबाट प्रकाशित हुने पत्रपत्रिकाहरुले फरकफरक विषयालाई आफ्नो प्रमुख समाचार बनाएका छन् । आजको साझाकुरा दैनिकले भूकम्पपीडित चेपाङ समुदायलाई वर्षामा टहरो मुनि बस्नुपर्दा सकस भएको समाचार छापेको छ । यसैगरी नेकपाको मकवानपुरका सचिवको लागि तत्कालीन माओवादीभित्रका आधा दर्जन आकांक्षी रहेको समाचार पनि साझाकुराले पहिलो पृष्ठमा छापेको छ । हेटौंडा सन्देश...बाँकी

फोनिजको स्थापना दिवसमा अन्तरकृया

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १९ औँ स्थापना दिवसको अवसरमा आइतबार हेटौँडामा अन्तरक्रिया कार्यक्रम भएको छ । फोनिजले उठाउनुपर्ने विषय र वर्तमान समयमा आदिवासी जनजाति पत्रकार तथा आदिवासी जनजातिका सवालमा फोनिजको दायित्वका बारेमा छलफल भएको हो । फोनिज मकवानपुरको आयोजनामा भएको कार्यक्रम फोनिज मकवानपुरका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ...बाँकी

ढल निकासमा जुटे ब्यवसायी

मनहरी गाउँपालिका वडा नम्बर ७ मनहरि बजारमा ढल निकासमा समस्या आएपछि मनहरिका एक ब्यबसायिले ढललाई निकासा दिने एकल प्रयास गरेका छन् । मनहरि बजारको मुख्या सडक वरिपरि रहेका ढल सरसफाई नगर्दा ढल जाम हुने समस्या भए संगै बाटोमा फोहोर पानी आउने , गन्हाउने भए पछि बिगत लामोा समय देखी मनहरि...बाँकी

प्रदेशसभाको बैठक सोमबार

 प्रदेश नं ३ को प्रदेशसभा बैठक सोमबार बस्ने भएको छ । यही साउन ४ गतेदेखि प्रदेशसभाको बैठक प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले डा गोविन्द केसीले उठाएका विषय र सभामुख तथा उपसभामुख फरक दलको हुनुपर्नेलगायतका माग राखेपछि स्थगन भएको थियो । प्रदेशसभाको आज बस्ने कार्यव्यवस्था समितिको बैठकमा सोमबारको बैठकमा पेश गरिने केही...बाँकी

प्रदेश तीनमा वनका १५ डिभिजन कार्यालय रहने

तीन नम्बर प्रदेशका १३ जिल्लामा बनका १५ वटा डिभिजन कार्यालय रहने जनाइएको छ । मकवानपुर र सिन्धुलीमा २ वटा डिभिजन कार्यालय रहने छ । अन्य जिल्लामा एउटा डिभिजन कार्यालय रहने गरी गृहकार्य अघि बढाइएको छ । प्रदेशमा रहने १५ डिभिजन बन कार्यालयअन्तर्गत् ९६ वटा सवडिभिजन बन कार्यालय रहने विभागले जनाएको...बाँकी

मनहरीबाट एक क्वीन्टल भन्दा बढी गाँजा बरामद

प्रहरीले पूर्वपीश्चम राजमार्ग अन्र्तगत मकवानपुरको मनहरीबाट गाँजासहित एक जनालाई पक्राउ गरेको छ । तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाबाट खटिएको प्रहरी टोलीले लागूऔषध एक क्वीन्टल १३ किलो गाँजा सहित विष्णुभक्त श्रेष्ठलाई पक्राउ गरेको छ । चितवनको शक्तिखोरबाट गाँजा लोड गरी बाराको जितपुर गईरहेको ना ४ ख २९३ नम्बरको कन्टेनर ट्रक...बाँकी