विविध

घाँस काट्न गएका पुडासैनी फर्किएनन्

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ५ सुपिङमा घाँस काट्न गएका एक वृद्धको लडेर मृत्यु गएको छ । भिरबाट लडेर वडा नम्बर ५ सुपिङका ६० वर्षिय गोपालप्रसाद पुडासैनीको ज्यान गएको हो । शनिबार बिहान घाँस काट्न गएको बेला भीरबाट लडेर पुडासैनीको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।बाँकी

दुर्घटनामा परी दुईको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठानको लिवाङ–८ घर भई हाल पूर्वी नवलपरासी कावासोती नगरपालिका–१६ बस्ने ३३ वर्षीय जगतबहादुर परियार र उनका भान्जा १० वर्षीय विजय परियारको मृत्यु भएको दुम्कीबास प्रहरीले जनाएको छ ।...बाँकी

तासको खालबाट जनप्रतितिधि नै समातिए

उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. १, ओखरबजारस्थित सयपत्री होटलमा तास खेल्दै गरेका अवस्थामा जनप्रतिनिधिसहित १० जनालाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयराम श्रेष्ठ, सुन्दर प्रधान, केदार कार्की, चन्द्रबहादुर गोले, वीरसिंह गोले, धनबहादुर गोले, सुब्बा गोले, सलाउद्धिन मिया, सोम तामाङ र धनबहादुर गोले छन् । धनबहादुर वडा नम्बर...बाँकी

खोलामा कसले छाड्यो ग्रिनेट

मकवानपुरको मनहरी गाउँपालिका–८ बेलुवास्थित मनहरी खोला बगरमा बेवारिस अवस्थामा बिस्फोटकपदार्थ ग्रिनेट फेला परेको छ । खोलाको बालुवामा गाडिएको अबस्थामा उक्त ग्रिनेड(बम) फेला परेको हो । स्थानीयबासिन्दाले मनहरी खोला किनारमा ग्रिनेट देखेपछि इलाका प्रहरी कार्यालय मनहरीमा खबर गरेका थिए । लगत्तै पुगेको प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको थियो । एचगी...बाँकी

बकैया गाउँपालिकामा मगर संघको समिति गठन

नेपाल मगर संघको मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा समिति गठन गरिएको छ । कृष्ण बहादुर थापा मगको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा कर्ण बहादुर राना मगर,सचिवमा सुनिल दर्लामी मगर,सहसचिवमा धनमाया मर्सारे मगर,कोषाध्यक्ष हरि बहादुर सुयाल मगर रहेका छन्। यसैगरी सदस्यहरुमा कृष्ण बहादुर पुलामी,मान बहादुर राना मगर,टंक...बाँकी

विद्युत् कटौती हुने

 नेपाल विद्युत् प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनको स्तरोन्नति गर्न लागिएकाले केही औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले एक सूचनामार्फत ढल्केवर–मुज्जफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनलाई यही साउन २८ गतेदेखि ३१ गतेसम्म स्तरोन्नति गर्न लागिएको जनाएको छ । हाल सो प्रसारण लाइन १३२ केभीमा सञ्चालन भइरहेकामा स्तरोन्नति गरी २२०...बाँकी

बज्रबाराहीमा जेसीजको तीन वटा कार्यक्रम

पालुङ जेसीजले ३ वटा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेको छ । ३ वटै कार्यक्रम थाहा नगरपालिकाको बज्रवाराहीमा आयोजना गरिएको हो । विगतका वर्षहरुमा जेसीज सप्ताहअन्तर्गत आयोजना गरिँदै आएको सुरेन्द्रमान ओराटेर कन्टेस्ट, धर्मलाल एकल गायनको प्रि–अडिशन र गोपीकृष्ण एकल नृत्यको प्रि–अडिशन कार्यक्रम जेसीज सप्ताहबाट अलग गरेर शुक्रबार आयोजना गरिएको पालुङ जेसीजका अध्यक्ष...बाँकी

छ स्थानीय तहको केन्द्र परिवर्तन

सरकारले छवटा स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ । गोरखाको धार्चे गाउँपालिकाको केन्द्र साविक गुम्दा गाविसको कार्यालयबाट परिवर्तन गरी वडा नं ५ माछिखोला र पर्वतको मोदी गाउँपालिकाको केन्द्र साविक देउपुर गाविसको कार्यालयबाट मोदी–२ पातीचौर बजार कायम गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन,...बाँकी