पत्र पत्रिकावाट

पत्रपत्रिका कभरेजः वैज्ञानिक सम्मेलनदेखि घुस्याहा जेलरसम्मको चर्चा

आज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले ३ नम्बर प्रदेश सरकारले सरकारी तवबरबाट नेपालमै पहिलो पटक बैज्ञानिक सम्मेलन गर्न लागेको समाचार प्राथमिकताका साथ छापेका छन् । त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आगामी वैशाखमा राष्टिय युवा वैज्ञानिक सम्मेलन र जेठमा सार्कस्तरीय वैज्ञानिक सम्मेलनको आयोजन  गर्न लागेको हो...बाँकी

तपस्वी बम्जन गायब, प्रहरीलाई नै थाहा छैन कहाँ छन् ?

सिन्धुली - जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ। आफूलाई तपस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लोपटक चर्चामा आएका थिए। बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी गर्दै आएका छन्। ‘बम्जनमाथि अनुसन्धान जारी रहे पनि उनी कहाँ छन् भन्ने यकिन छैन’, जिल्ला...बाँकी

लागूऔषध कारोबारको ‘ट्रान्जिट’ बन्दै मकवानपुर

हेटौंडा–अवैध लागूऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’को रुपमा चिनिएको मकवानपुरमा पछिल्लो समय कारोबारीहरु धमाधम पक्राउ पर्न थालेका छन् । मकवानपुर तथा धादिङका ग्रामीण भेगमा उत्पादन हुने गाँजा तथा चरेश लुकाई छिपाई भारत निकासी गर्न सक्रियहरुलाई प्रहरीले विशेष अभियान नै सञ्चालन गरेर नियन्त्रणमा लिन थालेको हो । गाउँ गाउँमा पुगेर प्रहरीले सूचना संकलन...बाँकी

यस्तो छापियो आज हेटौंडाको दैनिक पत्रिकामा (हेर्नुहोस् ४ पत्रिकाको पहिलो पृष्ठ)

आज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले प्रहरीले बुधबार मकवानपुरको विकट क्षेत्र डाँडाखर्कबाट ठूलो परिमाणमा चरेश र चरेश बनाउन प्रयोग हुने गाँजाको धुलो बरामद गरेको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । २४३ किलो चरेश र चरेश बनाउन प्रयोग हुने १ सय ९१ किलो गाँजाको धुलो बरामद गरेको हो । त्यसैगरी सय...बाँकी

संवैधानिक परिषद्का सिफारिस सधैं विवादमा

काठमाडौँ — संवैधानिक परिषद्ले बारम्बार संवैधानिक र कानुनी मापदण्ड पूरा नगरेका व्यक्तिलाई सिफारिस गरेको पाइएको छ । मुस्लिम आयोग अध्यक्षमा समिम मियाँ अन्सारीलाई पठाउने निर्णयले परिषद्को सिफारिसलाई थप विवादित बनाएको छ । मुस्लिम आयोगसम्बन्धी ऐनमा आयोगको अध्यक्षको योग्यता १० वर्ष मुस्लिम समुदायको हकहितमा काम गरेको, स्नातक उपाधि हासिल गरेको, राजनीतिक दलको सदस्य...बाँकी

सवारीचालक लाइसेन्स वितरण तीन चरणमा

काठमाडौं : सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन चरणमा वितरण गर्ने भएको छ । सवारीचालक अनुमतिपत्र तीन तहमा वर्गीकरण गरी वितरण गर्ने तयारी थालिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार गरेको राष्ट्रिय यातायात नीति २०७५ को मस्यौदामा यो विषय समावेश गरिएको छ । मन्त्रालयले तयार गरिरहेको मस्यौदामा प्रशिक्षार्थी, परीक्षणकाल र...बाँकी

सौराहामा हात्तीको लागि खुल्यो वृद्धाश्रम

चितवन – बेकामे हात्तीको स्याहार गर्ने काम कम चुनौतीपूर्ण छैन । यही कामका लागि सौराहामा हात्तीको वृद्धाश्रम नै खोलिएको छ । सफारीमा जान नसक्ने बूढा हात्ती वृद्धाश्रममा स्याहार गरी राखिन्छ। उसै पनि हात्ती पालनपोषणमा खर्च बढी लाग्छ । आम्दानी नगर्ने हात्तीका लागि खर्च जुटाउनु झन् चुनौतीपूर्ण कार्य हो । यो...बाँकी

स्थानीय पत्रपत्रिकाः मालपोतमा सधैं ठगी

आज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुखताका साथ छापेका छन् । उपभोक्ता र सरकारबीचको विवादले करोडौं मूल्यको काठ बिक्री हुन नसकेको, एउटै पार्कमा काँग्रेस र कम्युनिष्टको संस्थापकको शालिक निर्माण, नागरिक निगरानी संस्था गठन, नगर विकासमा महिलाको अग्रसरता, दामनको सेल्फी डाँडालाई व्यवस्थित बनाइँदै, राजमार्ग मर्मत नभएपछि कठोर कदम...बाँकी