गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘नाबालिका बलात्कार, हत्या र अपहरणजस्ता क्रुर अपराध गर्नेहरूका लागि आजीवन कैद पनि कम सजाय भएको छ’, मन्त्री थापाले भने, ‘मुलुकमा भएका जघन्य अपराध...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक हेटौंडा उपमहानगरपालिकाको गत आर्थिक वर्षको गतिविधि, निर्माण व्यवसायी संघका हिजोबाट सुरु भएको साधारणसभाको प्रसङ्ग, प्रदेश सरकारले सुरुङमार्ग निर्माणको लागि तयारी थालेको विषयालाई प्रमुखताका साथ छापेका छन् । सुरुङमार्गलाई फास्ट्रयाकमा जोड्ने योजना बहुचर्चित हेटौंडा कुलेखानी काठमाडौं सुरुङमार्ग निर्माण कम खर्चमा सम्पन गर्नका लागि प्रदेश...बाँकी
तत्कालीन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्यवहार हुने छैन।’ तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको हो । नेकपामा दुई...बाँकी
पोखरी महानगरपालिका २२ पुम्दीभुम्दीस्थित कोदीमा बस्ने १० बर्षीया श्रीया सुनारलाई दस रुपैयाँको लोभ देखाएर बलात्कारपछि हतया भएको छ । सोमबार साँझ साढे ५ बजेदेखि हराएकी श्रीयालाई स्थानीयले मंगलबार विहान ८ बजेतिर कोदीस्थित भिरालो जंगलमा मृतावस्थामा फेला पारेका थिए । श्रीयाको शारीरिक अवस्था, टाउकोमा लागेको चोट तथा शरीरका लुगाको अवस्था हेर्दा...बाँकी
गुल्मी - राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन । तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् । उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाईकल चालक भर्ना गरेका छन । गाउँपालिाका कार्यालय वा अन्यत्र जान उनले...बाँकी
तामाकोशी गाउँपालिकाकी ५ बर्षीया बालिका बलात्कार गरी फरार रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कर्मचारी कमल बजगाई पक्राउ परेका छन् । २१ भदौमा घरमै खेलिरहेकी बालिका बलात्कार गरेर बजगाई फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय दोलखाको विशेष टोलीले विहीबार राजधानी काठमाडौंस्थित कोटेश्वरबाट बजगाईलाई पक्राउ गरेको दोलखाका प्रहरी प्रमुख डिएसपी...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज ३ नम्बर प्रदेश सरकारले ‘घुम्न जाउँ दामन’वर्षको सुरु गरेको र चाडवाड नजिकिएसँगै उपभोक्ता ठगिने क्रम सुरु हुने भन्दै प्रशासनले कडा अनुगमनको तयारी गरेको समाचारलाई प्रमुखताका साथ छापेका छन् । ३ नम्बर प्रदेश सरकारले प्रदेश पर्यटन गुरुयोजनानिर्माण सुरु गरेको छ । बिहीबार ३९ औं पर्यटन...बाँकी
एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ। वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ। सप्तरीमा भने नेपाली नागरिकता जोसुकैले पनि सहजै पाउँछन्। चाहे त्यो विदेशी नागरिक नै किन नहोस्। विभिन्न गाउँपालिका–नगरपालिका, वडा कार्यालय, प्रहरी र जिल्ला प्रशासन कार्यालयका...बाँकी