पत्र पत्रिकावाट

मकवानपुरमा सम्बन्धविच्छेदका मुद्दा : ४ वर्षमा दोब्बर

 मकवानपुर जिल्ला अदालतमा चार वर्षयता दोब्बर मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७०/०७१ मा जिल्ला अदालतमा ९ सय २० मुद्दा दर्ता भएका थिए । हाल जिल्ला अदालतमा १ हजार ९ सय ६२ मुद्दा दर्ता भएका छन् ।जिल्ला अदालत मकवानपुरमा गत आर्थिक वर्षमा १ हजार १ सय ५१ मुद्दा दर्ता भएका थिए भने...बाँकी

३ नम्बर प्रदेशले आज ३० अर्बको हाराहारीमा बजेट ल्याउँदै, सांसदलाई छुट्याइएन बजेट

३ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि आज शुक्रबार प्रदेशसभामा आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले प्रदेशसभामा दिउँसो ३ बजे बजेट वक्तव्य राख्ने कार्यसूची रहेको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्री ढुङ्गेलले प्रदेशसभामा प्रस्तुत गर्ने बजेटको आकार करिब ३० अर्बको हुनेछ...बाँकी

एक लाख मुद्दा अदालतमा

मुद्दा फैसलाका लागि आफैँले तोकेको लक्ष्यमा सर्वोच्च अदालत असफल भएको छ । आर्थिक वर्ष ०६१/६२ देखि ०६५/६६ सम्म पहिलो रणनीतिक योजना लागू गर्दै ६० प्रतिशत मुद्दा फस्र्योट गर्ने लक्ष्य लिएको थियो । तर, करिब ३२ प्रतिशतभन्दा बढी मुद्दा फैसला हुन सकेको छैन । गुणात्मक कि संख्यात्मक काम भन्ने विषयमा सर्वोच्च आफैँ अलमलमा छ ।...बाँकी

नेपालीकाे ज्यान विदेशी औषधि परीक्षण गर्ने प्रयोगशाला

विदेशमा उत्पादित नयाँ–नयाँ भ्याक्सिन र औषधिको प्रभावकारिता जाँच्न नेपालीलाई प्रयोग गर्ने गरिएको छ । बर्सेनि हजारभन्दा बढी संघसंस्थाले नेपालीमाथि अनुसन्धान गर्दै आएकोमा केही औषधि, इन्जेक्सन, भ्याक्सिन र मेडिकल डिभाइस परीक्षण पनि हुने गरेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार सन् २०१७ मा मात्र परिषद्बाट ५०० भन्दा बढी संस्थाले नेपाली...बाँकी

सिंहदरबारमा कर्मचारी थोपर्न ५४ विभाग

स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव भइरहेका बेला सरकारले केन्द्रमा कर्मचारी थोपर्न संघमा ५४ वटा विभाग राख्ने प्रस्ताव गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको प्रस्तावमा संघीय प्रशासनमा ५४ वटा विभाग बनाउन सिफारिस गरिएको छ। संगठन तथा व्यवस्थापन (ओएनम) सर्वेक्षण रिपोर्टले ३४ विभाग स्वीकृत गरेको छ। बाँकी...बाँकी

मकवानपुरमा जबरजस्ती करणीका घटना बढ्दै, १० महिनामा २७ मुद्दा

मकवानपुरमा पछिल्लो समय जबरजस्ती करणीको घटना बढ्दै गएको तथ्याङ्कलले देखाएको छ । पछिल्लो चार वर्षको तथ्याङ्कलाई केलाउँदा बलात्कारको घटनामा वृद्धि भएको देखिएको हो । चालु आर्थिक वर्षको १० महिनामा मात्र जिल्ला सरकारी वकिलको कार्यालयमा २७ वटा मुद्दा दर्ता भएको बताइएको छ । त्यसैगरी गतवर्षको १७ वटा मुद्दा बाँकी रहेको कार्यालयले...बाँकी

सुन प्रकरण सेलाउने संकेत

साढे ३३ किलो सुन गायब प्रकरण र विमानस्थलबाट हुने सुन तस्करी मुद्दामा पक्राउ परेका आरोपीबीच एकआपसमा पोलापोल मात्रै हुनुले अनुसन्धान दायरा खुुम्चिने संकेत देखिएको छ। तथ्यपरकको सट्टा परम्परागत शैलीको अनुसन्धान भइरहेका कारण अनुसन्धानको दायरा खुम्चिने सम्भावना बढ्दै गएको तर्क पूर्व सुरक्षा अधिकारी तथा अनुसन्धानका अनुभवीहरुको छ। मुख्य आरोपी भनिएका चूडामणि...बाँकी

दुर्गममा नून महँगो पार्ने सरकारको तयारी

मुलुकमा राजनीतिक स्थिरताले जनताका न्यूनतम आधारभूत आवश्यकता पूरा हुने अपेक्षा सर्वत्र गरिएका बेला केपी शर्मा ओलीको सरकारले देशका अति दुर्गम तथा विकट क्षेत्रमा दैनिक खपत हुने नून भने महँगो पार्ने तयारी गरेको छ । देशभर नून आयात र वितरणमा एकाधिकार प्राप्त सार्वजनिक तथा निजी क्षेत्रबाट स्थापित साल्ट्र टेडिङ कर्पोरेशनलाई २०५३...बाँकी