पत्र पत्रिकावाट

सुन तस्करी प्रकरण: वरिष्ठ अधिवक्ताको ‘असंगत’ काम

 बहुचर्चित सुन तस्करी प्रकरणमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले गत वर्ष महान्यायाधिवक्ताको हैसियतमा सरकारी पक्षबाट मुद्दाको प्रतिरक्षा गर्दै बहस गरे, आरोपितहरूमाथि कठोर सजाय मागदाबी गरे । पछिल्लो ३३ किलो तस्करीको सुन त्रिभुवन विमानस्थलबाटै गायब पारिएको र खोज्ने क्रममा भएका हत्यासम्बन्धी मुद्दामा भने उनी कानुन व्यवसायीको हैसियतमा आरोपितका पक्षमा उभिए । आरोपितको कानुुनी प्रतिरक्षा...बाँकी

मन्त्री : को धनी, को ऋणमा ?

काठमाडाैं :  सरकारले प्रधानमन्त्री केपी ओलीलगायत २२ मन्त्रीको सम्पत्ति विवरण बुधबार सार्वजनिक गरेको छ। सरकार गठनको ९५ दिनपछि प्रधानमन्त्रीलगायत सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो। भ्रष्टचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सबै पदाधिकारीले तोकिएको निकायमा सम्पति विवरण बुझाउनुपर्ने प्रावधान छ। प्रावधानअनुसार प्रधानमन्त्री ओलीसहित सबै...बाँकी

कति समावेशी छ नेकपा ?

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्र्रीय समिति समावेशी हुन नसकेको देखिएको छ। कुल ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा जम्मा ७३ जना महिला मात्र समावेश छन्। यसअनुसार समितिमा महिला प्रतिनिधित्व १६ दशमलव ५५ प्रतिशत मात्र हो। पार्टी नेतृ पम्फा भुषालका अनुसार पार्टी एकीकरण क्रममा पूर्ववत् पार्टीका केन्दीय समिति र सचिवालय समितिका...बाँकी

भारतीय दूतावासको विराटनगरस्थित ‘क्याम्प अफिस’ हटाइने

विराटनगर : भारतीय दूतावासको विराटनगरस्थित ‘क्याम्प अफिस’ हटाइने भएको छ। योसँगै त्यहाँका कर्मचारीले कार्यालय हटाउन आन्तरिक तयारीसमेत थालेका छन्। कहिलेसम्म उठिसक्ने भन्ने टुंगो भने लागेको छैन। भारतीय विदेश मन्त्रालयले सरकारले ‘जे उद्देश्यका लागि अफिस खोलेको थियो, त्यो पूरा भएको’ जनाउँदै उठाउने घोषणा गरेको छ। तर भारत सरकारका तर्फबाट भएको घोषणा...बाँकी

३३ किलो सुन प्रकरणमा : प्रहरी अधिकारीहरुलाई डेढ करोड बाँडेको डायरी भेटियो

प्रहरी र सुन तस्करबीचको नयाँ सम्बन्धहरु खुलेको छ । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको हो । गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले यो तथ्य फेला पारेको छ । मोरङ उर्लाबारीका...बाँकी

यसरी हुँदैछ एमाले माओवादी एकता

१० तहको पार्टी संरचना दुई अध्यक्षसहित स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र, महानगररनगर वा गाउँ कमिटी, वडा कमिटी, प्रारम्भिक कमिटी ५० प्रतिशत हाराहारी केन्द्रीय कमिटीमा ५०–५०५ राख्ने विषयमा अडिग माओवादी र त्यति दिनै नसक्ने एमाले दुवै लचिलो भएका छन् । ठ्याक्कै ५०...बाँकी

‘प्रदेश ३ को राजधानी काठमाडौँ उपत्यकामा कुनै हालतमा हुन दिन्न’

हेटौँडाः प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँ उपत्यकाभित्र प्रदेश नम्बर तीनको स्थायी राजधानी राख्ने कुरा कुनै हालतमा स्वीकार गर्न नसकिने बताएका छन् । अन्नपूर्ण मिडिया नेट्वर्कले मंगलबार प्रदेश ३ को अस्थायी राजधानी हेटौँमा गरेको राउन्ड टेबल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले स्थायी राजधानीका लागि काठमाडौँ उपत्यकाबाहेकका स्थानबारेमा भने आफू...बाँकी

दल छल्दै मुख्यमन्त्री पाैडेलले गर्न थाले काम

हेटौंडा : प्रमुख सत्तारुढ दल एमालेले प्रदेश ३ मा सरकार गठन गरेको डेढ महिना बितिसक्दा पनि प्रदेश संसदीय दलको बैठक राख्न सकेको छैन।लामो समय बितिसक्दा पनि संसदीय दलको बैठक राख्न नसकेपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दल छलेर काम गर्न थालेको भन्दै पार्टीभित्र आलोचना हुन थालेको छ। प्रदेश...बाँकी