राजनीति

महिला एसपी दुर्गा सिंहलाई कञ्चनपुर पठाइयो

निर्मला पन्त बलात्कार र हत्या घटनाको अनुसन्धान प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयले एसपी दुर्गा सिंहलाई कञ्चनपुर पठाएको छ। पीडित परिवार र स्थानीयसँग समवन्य गरी अनुनसन्धानलाई थप प्रभावकारी बनाउन भन्दै सिंहलाई पठाइएको हो। १३ वर्षीया बालिका पन्तको हत्या भएको २ महिना बित्न लाग्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन। निर्मलाको न्यायका लागि...बाँकी

लौहपुरुष सिंहको स्मृति दिवस

  विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको २१औँ स्मृति दिवसका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण...बाँकी

प्रधानमन्त्रीकै अगाडि बालुवाटारमा भनाभन

काठमाडौं - प्रधानमन्त्रीलाई भेट्न निर्मला पन्तका आमा बाबुसहितको टोली सोमबार बिहान बालुवाटार पुगेको थियो । नेकपा नेतृ एवं सांसद निरु पालले प्रधानमन्त्रीले टोलीका तीनजनालाई मात्र भेट्न सक्ने जानकारी गराएकी थिइन् । तर, कञ्चनपुरदेखि नै आएको ११ जनाको सिंगो टोलीले भेट्न पाउनुपर्ने सर्त संघर्षसमितिले राखेपछि सबैलाई बालुवाटार बोलाइएको थियो । बालुवाारमा...बाँकी

स्थायी राजधानीको निकास दिनुपर्छ : मन्त्री जमकटेल

प्रदेश नं ३ का प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकटेलले बोल्नु हुदँै ३ नं प्रदेशको अस्थायी राजधानी हेटौँडा रहेकोमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिअनुसार नै स्थायी राजधानी तोक्ने विषयमा प्रदेश सरकारले उपयुक्त समयमा निर्णय लिने बताउनुभएको छ । मन्त्री जमकटेलले केही दिन अघि...बाँकी

नयाँ समिति चयन गर्दै सकियो नेपाल मगर युवा संघको अधिवेशन

नेपाल मगर युवा संघको तेश्रो राष्ट्रिय महाधिवेशनबाट ३२ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । जयप्रकाश बुढा मगर अध्यक्ष रहने गरी समिति बनाइएको हो । हेटौंडामा ३० र ३१ गते सम्पनन अधिवेशनको वरिष्ठ उपाध्यक्षमा रेम बहादुर पुन मगर,महिला उपाध्यक्ष छविना लुङ््गेली मगर तथा भाषिक उपाध्यक्षहरुमा काईकेमा दिपक रोका मगर,अठार...बाँकी

फोरमले कालो दिवस नमनाउने

सङ्घीय समाजवादी फोरम नेपालले सत्ता साझेदार दलहरुसँग संविधान संशोधन गर्ने सम्बन्धमा समझदारी भइसकेको भन्दै तत्काल पार्टीले कालो दिवस मनाउने कुनै निर्णय नगरेको स्पष्ट पारेको छ । सो पार्टीले आज विज्ञप्तिमार्फत संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत् रहे पनि पार्टीले कालो दिवस मनाउनेजस्ता कार्यक्रममा सहभागी हुन...बाँकी

प्रधानमन्त्रीले भने : निर्मला मेरै छोरी हुन्

प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तलाई न्याय दिलाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका निर्मलाका बाबु यज्ञराज र आमा दुर्गादेवीलाई प्रधानमन्त्रीले अपराधी पहिचान गरी कानुन अनुसार कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्। निर्मला दुर्गादेवी र यज्ञराजकी मात्र छोरी होइनन्,...बाँकी

स्थानीय पत्रपत्रिकाः मुख्यमन्त्री भन्छन्–प्रदेश सरकार उडिरहेको छ

मकवानपुरबाट प्रकाशित हुने स्थानीय पत्रपत्रिकाले फरक फरक समाचारलाई प्राथमिकताका साथ छापेका छन् । आजको हेटौंडा सन्देश दैनिकले मुख्यमन्त्री पौडेलले आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रदेश सरकार उडिरहेको बताएको प्रसङ्गलाई प्राथमिकता दिएर छापेको छ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली ठूला व्यवसायीलाई आश्वस्त बनाउने प्रयास गरेका छन् ।...बाँकी