राजनीति

‘काम सुरु गरेको पाँच महिना मात्रै भयो, परिणाम आउन समय लाग्छ’

प्रदेश तीनको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालको करिव १८ महिनापछि डोरमणी पौडेलले आफूहरुले वास्तविक काम सुरु गरेको पाँच महिना मात्रै भएको र त्यसको परिणाम आउँन अझै समय लाग्ने स्पष्टीकरण दिएका छन्। उनले नेतृत्व लिएको समय लामो भएतापनि संक्रमणकाल कायमै रहेको र त्यसबाट माथि उठ्न अझै समय लाग्ने बताएका छन्। एकात्मक शासन व्यवस्थाको...बाँकी

२ सय ३४ सांसद टाप कसेपछि सभामुख महराले संसदमा बजाए ३ मिनेट घण्टी (भिडियो)

 बिहीबारको संसद बैठकमा सभामुख कृष्णबहादुर महराले लगातार ३ मिनेट घन्टी बजाएका छन् । महराले कुनै देवीदेवताको पूजापाठ तथा आरती उतार्नका लागि सो घण्टी बजाएका भने होइनन् ।  विधेयक पास गर्ने बेला संसद कार्यकक्ष पूरै रित्तो भएपछि उनले गणपुरक संख्या पत्ता लगाउनका लागि घण्टी बजाएका हुन् । सांसद देवप्रसाद तिमिल्सिनाले संविधानको...बाँकी

प्रदेशको राजधानी हेटौंडा नै चाहिन्छ भन्दिनँ : मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो घर हेटौंडामा भए पनि प्रदेशको स्थायी राजधानी हेटौंडामै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन् । प्रदेश ३ को स्थायी राजधानी नुवाकोट वा रामेछापमा बनाए पनि आफूलाई आपत्ति नहुने तर, काठमाडौंमा चाहिँ कुनै हालतमा प्रदेशको राजधानी राख्न नहुने मुख्यमन्त्री पौडेलको तर्क छ ।...बाँकी

रासायनिक मल बिक्री गर्ने जिम्मा स्थानीय सरकारलाई

सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डिएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सुरेशचन्द्र दासलगायत सदस्यले समितिका सभापति पूर्णकुमारी सुवेदीमार्फत सरकारलाई अनुदानको मलमा व्यापक अनियमितता भएको जानकारी गराउँदै आएका थिए । अनियमितता भएको पाइएपछि...बाँकी

घुस खाने नयाँनयाँ शैली, अख्तियारलाई छल्न विभिन्न उपाय खोजी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस खाने कर्मचारीविरुद्ध स्टिङ अप्रेसन तीव्र पारेपछि कर्मचारीले घुस खान नयाँनयाँ शैली अपनाउन थालेको पाइएको छ । अख्तियारका अनुसार घुस खाने कर्मचारीले बिचौलियाका साथसाथै दोस्रो व्यक्तिको खातामा पैसा राख्न लगाएर लामो समयपछि पैसा झिक्ने शैली अपनाउने गरेका छन् । यसैगरी नगदको साटो जिन्सी सामानमार्फत घुस लिने...बाँकी

प्रदेश ३ मा पर्यटन विधेयकको मस्यौदा : इजाजतबिना हवाई टिकेटिङ गरे ५० लाख जरिवाना

a प्रदेश ३ सरकारले ट्राभल एजेन्सीको इजाजतपत्र नलिई हवाई सेवा टिकट खरिदबिक्री (टिकेटिङ) गर्नेलाई ५० लाख रुपैयाँ जरिवानाको व्यवस्था गर्ने भएको छ । पर्यटन भ्रमण वर्ष २०२० लक्षित गरेर प्रदेशसभाको बैठकमा लैजाने तयारी गरिरहेको प्रदेश पर्यटन विधेयक–२०७६ को प्रारम्भिक मस्यौदामा अनुमतिबिना हवाई टिकेटिङ गरेमा जनरल सेल्स एजेन्ट (जीएसए) को रूपमा काम...बाँकी

सिटौलाको प्रश्न: पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट किन हटाउने ?

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले दिएको नागार्जुन आवास खोस्ने चेतावनी कतिपय नेताहरूले दिने गरेको प्रसङ्गमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सानो चित्त गर्न नहुने टिप्पणी गरेका छन्। संविधानसभाले गणतन्त्र घोषणा गरेपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पूर्वराजाको निम्ति नागार्जुन दरबार आवासको रूपमा दिने निर्णय गरेको थियो। कांग्रेसभित्र कट्टर गणतन्त्रवादीको रूपमा चिनिने तत्कालीन...बाँकी

म वातावरण विनाश गर्न होईन निजगढमा सुन्दर विमानस्थल बनाउन आएको हुँ : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढमा विश्वकै सुन्दर विमानस्थल निर्माण गरिने बताउनुभएको छ । बुधबार बिहान सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले आफू निजगढमा विश्वकै सुन्दर विमानस्थल बनाउन आएको बताउनु भएको हो । उहाँले भन्नुभयो ‘म वातावरण विनाश गर्न आएको हैन, विमानस्थल बनाउन चासो राख्नेको स्वागत र...बाँकी