राजनीति

महेस दाहाल अस्ट्रेलियाका लागि राजदूत सिफारिस

नेपाल सरकारले अस्ट्रेलियाका लागि राजदूत सिफारिस गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले अस्ट्रेलियाको राजदूतमा महेश दाहालको नाम सिफारिस गरेको हो। तत्कालीन राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएपछि अस्ट्रेलियामा ६ महिनादेखि राजदूत थिएन। नेकपा अध्यक्ष प्रचण्डको प्रस्तावमा दाहाललाई सिफारिस गरिएको हो। नेपाल टेलिभिजनको अध्यक्ष रहिसकेका दाहाल अध्यक्ष प्रचण्डका नातेदार पनि हुन्।...बाँकी

हेटौंडामा पत्रकारको मानव साङ्लो प्रर्दशन

मिडिया काउन्सिल विधेयक सहित सञ्चार विरोधी ऐन कानूनहरुको विरोधमा हेटौंडामा शनिबार बिहान पत्रकारहरुले विरोध प्रर्दशन गरेका छन् । नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको आयोजनामा हेटौंडाको बुद्ध चोकमा मानवसाङ्लो प्रर्दशन गरी उनीहरुले विरोध गरेका हुन् । मानवसाङ्लो प्रर्दशनमा सहभागि पत्रकारहरुले मिडिया काउन्सिल विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रताको सम्मान गर,...बाँकी

नेकपाले मेयर द्वारिकलालमाथि ‘एक्सन लिने’, निलम्बन नगर्ने

पत्रकारमाथि जथाभावी बोलेर चर्चामा आएका इटहरीका मेयर द्वारिकलाल चौधरीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कारवाही गर्ने तयारी गरिरहेको छ । तर, उनलाई पदबाट बर्खास्त नगर्ने अनौपचारिक छलफलमा टुङ्ग्याइएको छ । नेकपाका एक केन्द्रीय सदस्यले बताएअनुसार मेयर चौधरीबारे प्रधानमन्त्री निवास बालुवाटारमा पनि लामो समय नेकपा नेताहरुबीच छलफल भएको थियो । यसमा केन्द्रले...बाँकी

 लोकसेवा विज्ञापन खारेजीको माग गर्दै राजधानीमा प्रर्दशन

समावेशी समानुपातिक सिद्वान्तको भावना र मर्म विपरित प्रकाशित गरिएको भन्दै लोकसेवा आयोगको विज्ञापन खारेजीको माग गरिएको छ । अखिल नेपाल आदिबासी जनजाति महासंघ, आदिबासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल र पहिचानमा आधारित संघीय गठबन्धनले आज राजधानीमा उक्त बिज्ञापन खारेजीको माग गरेका छन । असमावेशी विज्ञापन खारेज गर, संवैधानिक अधिकार सुनिश्चित गर,...बाँकी

कम्युनिष्टहरु झुटको खेतिमा माहिरः नेता केसी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले कम्युनिष्टहरु झुटको खेति गर्न एकदमै माहिर रहेको बताउनुभएको छ । नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय समितिको आयोजनामा शुक्रबार हेटौंडा १८ को गुम्बाडाँडामा भएको जनजागरण अभियानमा बोल्दै प्रमुख अतिथि केसीले नेकपाको दुईतिहाईको सरकार झुटको खेति गर्दै र जनताको अमूल्य मत प्राप्त गर्दै...बाँकी

रिहा भए ज्ञानेन्द्र शाही

सुर्खेतका पत्रकारहरुलाई अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ गरेका भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन्। बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै शाहीलाई सर्वोच्च अदालतलेई रिहा गर्न आदेश दिएको वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले थाहा खबरलाई बताए। भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेका शाहीले गालीगलोज गर्दै पत्रकारहरुलाई दलाल र कुकुर’ भनेका थिए । त्यसपछि सुर्खेतका...बाँकी

हिन्दुराष्ट्र बनाएरै छाड्ने कमल थापाको उद्घोष

राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा दोस्रो चरणको स्वाभिमान यात्रा आजदेखी मुक्तिनाथमा धार्मिक अनुष्ठान गरि शुभारम्भ गरिएको छ । अनुष्ठानमा पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ ,नेताहरु भिम प्रसाद गौचन, तोरण गुरुङ, हेमजङ्ग गुरुङ, सुशील कुमार श्रेष्ठ, भुवन पाठक लगायतका नेताहरुको सहभागी थियो । धार्मिक अनुष्ठान पछि रानिपौवामा आयोजित सभालाई...बाँकी

आगामी आवभित्रै मुलुक विद्युतमा आत्मनिर्भर बन्छ : अर्थमन्त्री

 अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गरेका छन्। अर्थमन्त्री खतिवडाले उत्पादन वृद्धि गर्दै मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको पनि स्पष्ट पारे। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उत्पादन वृद्धि गर्ने, निर्यात व्यापारलाई बढाउँदै लैजाने विधिबाटै व्यापार घाटालाई...बाँकी