राजनीति

मन्त्री पण्डितको चर्को आलोचना

संसदीय समितिको बैठकमा अनुपस्थित भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको चर्को आलोचना भएको छ। स्थानीय तहको कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन सम्बन्धमा छलफल गर्न शुक्रबार बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएपछि प्रतिनिधिसभाका सांसदहरुले मन्त्री पण्डितको चर्को आलोचना गरेका हुन्। बैठकमा बोल्दै प्रमुख...बाँकी

हावाहुरी पीडितलाई सहयोग गर्न कांग्रेसका नेता पौडेलको आग्रह

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कञ्चनपुर–कैलालीका हावाहुरी पीडितलाई सहयोग गर्न पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरेका छन् । नेता पौडेलले शुक्रबार मध्यान्ह सामाजिक सञ्जाल फेसबुकमार्फत् कञ्चनपुर–कैलालीका हावाहुरी पीडितलाई सहयोग गर्न नेता–कार्यकर्ताहरुलाई आह्वान गरेका हुन् । उनले बिहीबार बेलुकी आएको हवाहुरीले पुर्याएको धनजनको क्षतिको खबरले दुःख लागेको भन्दै लेखेका...बाँकी

प्रदेश ३ का मूख्य न्यायाधीवक्ता न्यौपानेले दिए राजीनामा

प्रदेश ३ का मूख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिनुभएको छ । न्यौपानेले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउनुभएको हो । प्रमुख सचिव आनन्दाराज ढकाल समक्ष राजीनामा बुझाएको न्यौपानेले बताउनुभयो । मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरु कुसैसंग पनि समस्या निम्तीएको नभईकन आफैले स्वतस्फुर्त रुपमा राजिनामा दिएको उहाँले बताउनुभयो । आफु स्वतन्त्र भएर...बाँकी

राज्यव्यवस्था समिति बैठकमा मन्त्री पण्डित आज पनि अनुपस्थित

लोकसेवाकाे आयाेगले गरेकाे विज्ञापनका विषयमा सरकारको धारणा बुझ्न दोस्रो पटक बोलाएको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा पनि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अनुपस्थित भएका छन् । शुक्रबार बिहान बोलाएको बैठकमा समितिका सदस्यहरुले लोकसेवाले माग गरेको विज्ञापन खारेज गर्न आयोगलाई निर्देशन दिनुपर्ने धारणा राखेका छन्। सांसदहरुले मन्त्री पण्डित समितिप्रति जवाफदेही...बाँकी

महाधिवेशनपछि यस्तो बन्नेछ राजपा नेपाल

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशनपछि १७१ सदस्यीय कार्यसमिति हुने भएको छ ।  पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन भएको विधान मस्यौदा तयारी समितिले तयार पारेको विधान मस्यौदामा केन्द्रीय कार्यसमिति १७१ सदस्सीय हुने उल्लेख गरिएको हो । विधानअनुसार केन्द्रीय समिति र अन्य समितिका अध्यक्ष एउटा समितिमा एक समयभन्दा बढी रहन...बाँकी

ज्यान मार्ने उद्योग गरेको आरोपमा तरुण दलका नेता राधे पक्राउ

स्थानीय युवालाई आक्रमण गर्न लगाएको आरोपमा जिल्ला प्रहरीले कांग्रेसको भातृ संगठन तरुण दलका जिल्ला उपाध्यक्ष राधेकृष्ण भण्डारीलाई पक्राउ गरेको छ । ताल्तीतर्फ जाने बाटोमा स्थानीयवासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गर्न खोजेपछि चक्कुसहित बिहीबार पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राधेसँगै क्रसर व्यवसायी सहयोगी काजी...बाँकी

नेपाल-भारत पेट्रोलियम पाइपलाइनबाट किन डिजेल मात्रै

चर्चित नेपाल-भारत पेट्रोलियम पाइपलाइनको निर्माण एक महिनामा सकिने र परीक्षण सुरु हुने अधिकारीहरूले बताएका छन्। तर लामो समयदेखि चर्चामा रहेको र सरकारले आफ्नो गौरवको विषय बनाएको पाइपलाइनबाट सुरुमा सबैखाले पेट्रोलियम पदार्थ भने नेपाल ल्याइने छैन। त्यसको कारण हो, नेपाल आयल निगमको भण्डारण क्षमता कम हुनु। तर आयल निगमको अमलेखगञ्ज डिपोमा...बाँकी

प्रदेशसभा र सांसद नै मान्दैनन् नियम–कानून, तलब बुझ्दा छाडातन्त्र !

जनकपुरधाम – रोजगारदाताले श्रमिकको तलब भुक्तानी गर्दा बैंकिङ प्रणाली अपनाउनुपर्ने नियम देशभर लागू गरिएको छ तर २ नम्बर प्रदेशसभा र सांसदहरू नै नियम मान्दैनन् । प्रदेशसभा सचिवालय, मन्त्री र सांसदको मिलिभगतका कारण राजनीतिक नेतृत्वसँग काम गर्ने श्रमिक अर्थात् स्वकीय सचिवले बैंकिङ प्रणालीबाट तलब पाइरहेका छैनन् । श्रम ऐन र नियमावली २०७५...बाँकी