राजनीति

सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको देउवाको आरोप

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन् । सभापति देउवाले प्रेस स्वतन्त्रता र मानवअधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको दावी गरे । त्यसको रक्षाका लागि तयारी अवस्था रहन पार्टीका नेता, कार्यकर्तालाई उनले आह्वानसमेत...बाँकी

चार वर्षपछि तातोपानी नाका खुल्यो

भूकम्पपछि बन्द रहेको तातोपानी नाका चार वर्षपछि खुलेको छ। मंगलबार खासा गएको चार वटा कन्टेरनलाई सीमा पार गराएर तातोपानी नाका सञ्चालनमा ल्याएको घोषण गरिएको छ। उद्योग तथा वाणिज्य मन्त्री मातृका यादव तथा चीनको चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमन्त्री झाङ जिवेन र चिनियाँ राजदूत हाउ याङ जिले बुधबार संयुक्त रुपमा...बाँकी

हचुवामा ल्याउने बजेटको कुनै अर्थ छैन – डा. लोहनी

राप्रपा संयुक्तका अध्यक्ष एवं अर्थविद् डा प्रकाशचन्द्र लोहनीले केपी शर्मा ओली नेतृत्वको सरकारले हचुवामा ल्याउने बजेटको कुनै अर्थ नभएको बताएका छन् । उनले आफ्नो भनाइलाई स्पष्ट पार्दै भनेका छन्, ‘एक वर्षमा भएका त्रुटि र विकृतिहरुलाई अध्ययन गरेर बजेट नल्याएसम्म हचुवामा ल्याउने बजेटको कुनै अर्थ छैन ।’ उनले प्रधानमन्त्री ओलीले बजेट...बाँकी

हेटौंडामा गणतन्त्र दिवस यसरी मनाईयो (फोटो सहित)

हेटौंडाः ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा गणतन्त्र दिवस मनाइएको छ । ३ नम्बर प्रदेश स्तरिय गणतन्त्र दिवस मुल समारोहको आयोजनामा प्रभातफेरी कार्यक्रम गरि दिवस मनाएको हो । प्रभातफेरी हेटौंडाको सिमाचोकबाट बुद्धचोक हुँदै मुख्यमन्त्री कार्यालय परिषरमा सभामा परिणत भएको थियो । दिवसका अवसरमा मुख्यमन्त्री डोरमणि पौडेलले संघियताले गणतन्त्रको अनुभुती गराएको भन्दै...बाँकी

३ नम्बर प्रदेशको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत( तस्बिर सहित )

हेटौंडाः ३ नम्बर प्रदेशको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएको छ । ३ नम्बर प्रदेशकी प्रदेश प्रमुख अनुराधा कोइरालाले मंगलबार प्रदेश सभामा प्रस्तुत गरेकी हुन् । प्रदेश नम्बर ३ सरकार तर्फबाट आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि आज प्रदेश सभामा नीतितथा कार्यक्रम प्रस्तुत भएको हो । नीति तथा कार्यक्रमको प्रभावकारीताको...बाँकी

जनार्दन शर्मा : ५ वर्षको लागि प्रधानमन्त्री करारमा आउन हुने मुख्य सचिव किन नहुने ?’

 पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारको मुख्य सचिव करारमा नियुक्त गर्न प्रस्ताव गरेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा नेकपाका स्थायी समिति सदस्यसमेत रहेका शर्माले भने, ‘करारमा मुख्य सचिव नै राखौं ।’ नेता शर्माले प्रश्न गर्दै अघि भने, ‘प्रधानमन्त्री करार हुन्छ । ५ वर्षको लागि प्रधानमन्त्री करारमा...बाँकी

सरकारविरुद्ध खनिए नेकपाकै सांसद, अटेरी गरेको भन्दै संसदीय समितिमा चर्काे आलोचना

 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। नेकपाका सांसदहरु राधा ज्ञवाली, भूमिप्रसाद त्रिपाठी र पाल्देन छेपाङ गुरुङले बुढीगण्डकी जलविद्युत आयोजनाको कामलाई अझै अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन्। मंगलबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक...बाँकी

प्रधानमन्त्री ओली मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुदैँ

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार भारत जाने भएका छन् । ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री बिहीबार दिल्ली जान लागेको रातोपाटीलाई जानकारी दिए । ओलीसँगै परराष्ट्र सल्लाहकार भट्टराईका साथै परराष्ट्र मन्त्रालयका अधिकारी पनि दिल्ली...बाँकी