राजनीति

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब एक करोड बजेट छुट्याएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यो कार्यक्रमका लागि रकम बिनियोजन गरेका हुन् । सरकारले बेरोजगार युवालाई न्युनतम रोजगारीको ग्यारेन्टी गर्ने भन्दै चालु आर्थिक वर्षमा नै यो कार्यक्रमको सुरुआत गरेको थियो...बाँकी

बृद्धभत्ता एक हजार बढ्यो

सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको हो । अरु भत्ता एक हजार बढेको छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रमअनुसार हाल जेष्ठ...बाँकी

हेटौंडाकी यी आमा जसले गणतन्त्र अघिका जनआन्दोलनहरुमा ४ छोरा गुमाईन

 ओठ कलेंटी परेका छन् । अनुहार मुर्झाएको छ । हरपल रसाएका झैं देखिन्छन् आँखा । ‘बेपत्ताकी आमा’ भनेर चिनिने ७० वर्षीया सुभद्रामाया दर्नाल झुप्रे घरको छेउभित्तो समाउँदै साँघुरो कौसीमा निस्किइन् । होचो पिर्कामा बसेपछि आफ्नो ‘बेपत्ता’ परिचय सुनाउन थालिन् । गणतन्त्र प्राप्तिअघिका जनआन्दोलनहरूमा आफ्ना ४ छोरा बेपत्ता भएपछि एक्लिएकी सुभद्रामाया दर्नाल हेटौंडास्थित सुकुम्बासी टोलमा । उनका...बाँकी

प्रधानमन्त्री ओलीको कार्यालयमा एक्सन रुम सञ्चालनमा

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालयमा एक्सन रुम सञ्चालनमा ल्याएका छन् । विकास आयोजनाको अनुगमन तथा मुख्यमन्त्रीहरुसँग विभिन्न विषयमा छलफलका लागि उनले ततकल समस्या समाधान कक्ष ९एक्सन रुम० सञ्चालनमा ल्याएका हुन् । उक्त एक्सन रुमको बिहीबार उद्घाटन भएको छ । प्रधानमन्त्रीले एक्सम रुम उद्घाटन गरेर सातवटै प्रदेशका मुख्यमन्त्रीसँग राज्य सञ्चालनका...बाँकी

अझै आएनन् मन्त्रीले ल्याउँछु भनेका तीन सय बिजुली बस

गत कात्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एसियाली विकास बैंक (एडिबी) ले लुम्बिनी विकास कोषलाई दिएको बिजुली बस उद्घाटन गर्दै सन् २०२० सम्म कुल सवारीसाधनमा २० प्रतिशत विद्युतीय हुने बताए। त्यस पछि पुस ६ र ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले तीन सय विद्युतीय बस खरीद गर्ने निर्णय समेत गर्‍यो।...बाँकी

प्रम ओलीलाई सम्मानार्थ विद्यावारिधी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार एक समारोहका बीच दक्षिण कोरियाको काङनाम विश्वविद्यालयका तर्फबाट राजनीतिमा सम्मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विट गर्दै सो कुरा जनाएका छन् । यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले पनि नेपालका सम्मानीय प्रधानमन्त्री डा। केपी शर्मा ओलीलाई बधाई भन्दै ट्विट गरेका...बाँकी

जनयुद्वका १२ घाइते हिरासतमा !

सरकारले गणतन्त्र दिवस मनाइरहेका बेला गणतन्त्र प्राप्तिका लागि लडेका घाइते तथा अपाङगहरु भने प्रहरी हिरासतमा कष्टकर जीवन विताइरहेका छन्, त्यो पनि गृहमन्त्रालयकै आदेशमा । हिरासतमा रहनेहरुमा जनयुद्धका घाइते युवराज विक, मानबहादुर सहकारी, ज्ञानबहादुर रोकाय, प्रेम अधिकारी, निराजन कार्की, बुद्धिमान घर्ती, धर्मानन्द न्यौपाने, इन्द्रा तामाङ शोभा घिमिरे, बीरबहादुर परियार र जयराम...बाँकी

समाजवादको आधार तयार पार्नु जिम्मेवारीः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पार्नु प्रमुख जिम्मेवारी भएको बताएका छन् । १२ औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली जनताले समाजवादको आधार तयार पार्ने ऐतिहासिक दायित्व कम्युनिष्ट क्रान्तिकारीको काँधमा सुम्पिएकाले बामपन्थी सरकार र नेपाल कम्युनिष्ट पार्टीमार्फत् समृद्धि र समानतासहित समाजवादको...बाँकी