राजनीति

वन अधिकृतसहित २० जना विरुद्ध भ्रष्टाचार मुद्दा

डिभिजन वन कार्यालय, हेटौंडा, मकवानपुरका तत्कालीन डिभिजनल वन अधिकृत प्रल्हादप्रसाद धितालसमेत २० जनाविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समुदायिक वनको काठ अवैधानिक रुपमा कटानी गरी २० लाख भन्दा बढी रकम बाँडेर खाएको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। साविक धियाल– २ हालको बकैया गाउँपालिका वडा...बाँकी

कर्मचारी सरुवाको विषयमा मन्त्री यादव र कर्मचारीबीच हातपात

कर्मचारी सरुवाको विषयलाई लिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र कर्मचारीहरुबीच तनाव उत्पन्न भएको छ । बुधबार मन्त्रालयमा कर्मचारी सरुवाको विषयमा कुरा गर्न गएका कर्मचारी संगठनका नेता र मन्त्री यादवबीच तनाव भएपछि धकेला धकेलको अवस्था सिर्जना भएको निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले रातोपाटीलाई जानकारी दिए ।...बाँकी

३ नम्बर प्रदेशको विनियोजन विधेयक संसदमा

३ नम्बर प्रदेशको विनियोजन विधेयक,२०७६ को सिद्धान्त र प्राथमिकता संसदमा पेश भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढु·लले संसदमा पेश गरेका हुन् । विधेयक ‘प्रदेश समृद्धिको आधारःश्रम सिर्जना,उत्पादन र रोजगार’ भन्ने नाराको साथ विधेयक ल्याइएको मन्त्री ढुङ्गेल बताएका छन् । विनियोजन विधेयकमा भ्रष्ट्रचारमा निवारण सम्बन्धी प्रदेश...बाँकी

खानेपानी मन्त्रालयको बजेट साढे ३२ अर्ब, ८५ अर्बका आयोजना हस्तान्तरण

खानेपानी मन्त्रालयले आगामी आर्थिक वर्षका लागि चालू खर्चसहित साढे ३२ अर्ब रुपैयाँ बराबरका खानेपानी, सरसफाइ तथा ढलसुधारसम्बन्धी कार्यक्रम अघि बढाउने तयारी गरेको छ। राष्ट्रिय योजना आयोग खानेपानी मन्त्रालयलाई ३२ अर्ब ५७ करोड ४९ लाख रुपैयाँको बजेट सिलिङ पठाएकोमा सोही सिलिङको वरिपरि बसेर बजेट निर्माण प्रक्रिया अघि बढाइएको खानेपानी मन्त्रालयले जनाएको...बाँकी

पशुपति क्षेत्रबीचबाट खोलिएको तिलगंगा–गुह्येश्वरी सडकखण्ड बन्द

पशुपति क्षेत्रबीचबाट खोलिएको तिलगंगा–गुह्येश्वरी सडकखण्ड बन्द गरिएको छ। विश्व सम्पदा सूचीकृत पशुपति क्षेत्र संरक्षण गर्न यो बाटो बन्द गर्ने निर्णय भएको पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए। ध्रुवस्थली र मृगस्थली जंगल बीचबाट २०६४ सालमा पुष्पकमल दाहाल सरकारका पालामा यो बाटो खोलिएको थियो। रातारात डोजर लगाएर जंगल काटेर...बाँकी

वर्षौदेखि लथालिंग बनेको चापागाउँ सडक खण्ड कालोपत्रे हुने

तत्कालको लागि जस्ताको तस्तै सडक पिच गरिदिन सातदोबाटो चापागाउँका स्थानीयबासीले राखेको माग सम्बोधन भएको छ । वर्षौदेखि लथालिंग बनेको सातदोबाटो चापागाउँ सडक खण्ड कालोपत्रे हुने भएको हो । खाल्डाखुल्डी, धुलोधुवाँ र पानी परेपछी हिलोका कारण आक्रान्त बनेका स्थानीयबासी सडक कालोपत्रे गरिदिन माग गर्दै एक सातादेखि आन्दोलित थिए । गोदावरी नगरपालिकाका...बाँकी

पार्टीलाई जानकारी नदिई स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा पुगे सांसद

समाजवादी पार्टीका सांसद प्रदीप यादव पार्टीलाई समेत जानकारी नदिई स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी भएको खुलेको छ । यादवसँगै राजपा सांसद एकवाल अहमद लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा सहभागी भएका थिए । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने यादवको सहभगिताबारे पार्टीलाई कुनै जानकारी नभएको बताएका छन् । उनले...बाँकी

मेलम्चीको काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन

 संसदीय समितिले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकि काम तत्काल अघि बढाउन सरकारलाई कडा निर्देशन दिएको छ। समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकि काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई कडा निर्देशन दिएको हो। काठमाडौं उपत्यकाबासीको प्रतिक्षाको विषय बनिरहेको मेलम्ची खानेपानी आयोजनाको बाँकि कामलाई तत्कालअघि बढाउन सरकारलाई पुनः निर्देशन...बाँकी