सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले अधिकांश जनवर्गीय संगठनको नेतृत्वको टुंगो लगाएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपामा २२ जनवर्गीय संगठनमध्ये धेरैजसोको भागबन्डाको टुंगो लगाएको हो । जसअनुसार विद्यार्थीको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ वा तामाङले नमाने सुरेन्द्र बस्नेत रहने गरी सहमति जुटेको...बाँकी
३ नम्बर प्रदेश सभामा स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधिमा आज विहिबार देखि छलफल भएको छ । नेकपा ३ नम्बर प्रदेश संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँलले छलफलका लागि प्रस्ताव गरेपछि संसदमा छलफल सुरु भएको हो । छलफलमा स्थायी राजधानी संगै नामाकरणको विषय पनि उठेको छ । छलफलमा सहभागी प्रदेश सभा...बाँकी
विहिबार नै बसेका प्रदेश सभाको वैठकमा प्रि बजेट अर्थात विनियोजन विधेयक,२०७६ को सिद्धान्त र प्राथमिकता माथि छलफल भएको छ । छलफलमा ८ जना प्रदेश सभा सदस्यहरुले सिद्धान्त र प्राथमिकता बारेमा बोलेका थिए । प्रदेश सभा सदस्यहरु ओम ग्लान,कञ्चन खनाल,कल्पना नेपाली, कुसुम कुमार कार्की, कृष्ण प्रसाद भुर्तेल, केशवराज पाण्डे, गणेश प्रसाद...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारीले आज पुत्रीलाई जन्म दिएकी छिन् । ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालमा आज निशालाई पुत्री लाभ भएको हो । निशाले अभिषेक यादवसँग दुई वर्ष पहिले विवाह गरेकी थिईन् । राष्ट्रपति भण्डारी केही बेरमै अस्पताल पुग्ने कार्यक्रम तय भएको छ ।बाँकी
मालपोत कार्यालय, कलैयाका तात्कालीन फाँटवाला नायव सुव्बा मदनप्रसाद गुप्तासहित पाँच जनामाथि अख्तियारले बिशेष अदालतमा आरोप पत्र दायर गरेको छ। नासु गुप्तासहित उनका निजी ड्राइभर सुनिल कुमार पटेल, लेखापाल युगल किशोर ठाकुर, मालपोत कार्यालय, सिमराका नायव सुव्बा शत्रुधन राउत र भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका कार्यालय सहयोगी निरज कुमार गुप्तासहित ५...बाँकी
हाल उच्च अदालतमा कार्यरत तत्कालीन जिल्ला न्यायाधीश लेखनाथ ढकालविरुद्धको निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको छ। परिबन्दमा पारी १८ लाख घुस लिएको दाबीसहित काभ्रेपलान्चोक स्थायी घर भएका उमेश बानियाँले निवेदन दिएका थिए। कामु रजिष्ट्रार नारायण पन्थीले न्यायाधीशमाथि कारबाही गर्ने निकाय न्याय परिषदले उजुरीमाथि छानबिन गरी तामेलीमा राख्ने निर्णय गरेको भन्दै दर्ता...बाँकी
बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पुग्दा बिहानको दस बज्न सात मिनेट बाँकी थियो। दिनभरि सवारी साधन तथा सेवाग्राहीले भरिभराउ हुने प्रशासन कार्यालय परिसर पनि खाली थियो। कार्यालय सहयोगीहरू कार्यालयका शाखाहरू खोल्ने सरसफाइ गर्ने काममा व्यस्त थिए। अरु कर्मचारीहरू भने कार्यालयमा आउने क्रम जारी थियो । घडीमा दस बज्नै लाग्दा कार्यालयमा...बाँकी
हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (विप्वल)का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्लाका पुर्व अध्यक्ष दल बहादुर बज्यु(डिबी) पार्टी परित्याग गरेका छन् । आज एक प्रेस विज्ञप्ती जारी गर्दै उनले पार्टी परित्याग गरि स्वतन्त्र भएको घोषणा गरेका हुन् । आफु विप्वल निकट नेकपा छोडेपनि कम्युनिष्ट विचारलाई भने नछोड्ने उनको प्रेस विज्ञप्ती रहेको छ...बाँकी