सरकारले आफ्ना असफलतालाई ढाकछोप गर्न मिडियालाई नियन्त्रण गर्न लागेको साझा विवेकशील पार्टीले आरोप लगाएको छ । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकका सम्बन्धमा पत्रकार सम्मेलन गरी साझा विवेकशीलले सरकारको डेढ वर्षे कार्यकाल अलोकप्रिय भएको भन्दै असफलता लुकाउन मिडिया नियन्त्रणमा लागेको दावी गरेको हो । राष्ट्रियता, जनजीवतका, सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको...बाँकी
एभिन्यूज टेलीभिजनको वीरगंज ब्यूरो कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर-११ को होटेल सम्झना नजिक रहेको कार्यालयमा समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले तोडफोड गरेको एभिन्यूज केन्द्रीय ब्यूरो प्रमुख राजु श्रेष्ठले बताउनुभयो । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवसँग एभिन्यूज टेलिभिजनमा पत्रकार सुशील पाण्डेले...बाँकी
इन्जिनियरलाई धम्की दिनेलाई कारबाहीको माग गर्दै नेपाल इन्जिनियर एशोसिएसन प्रदेश ३ ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको छ । अछामको पूर्वाधार विकास कार्यालय साँफेबगरमा कार्यरत इन्जिनियर जंगबहादुर थापालाई जिल्ला समन्वय समिति अछामका सदस्य वेदप्रकाश तिमिल्सिनाले ज्यान मार्ने धम्की दिएको भन्दै इन्जिनियरहरुले सुरक्षाको माग गरेर गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।...बाँकी
३ नम्बर प्रदेशको राजधानी र नामकरणको विषय संसदमा नआएपछि संसद अवरुद्ध बनेको छ । राजधानी र नामाकरणको विषय नटुङ्ग्याए सम्म संसद चल्न नदिने भन्दै नेपाली काङ्ग्रेसले ३ नम्बर प्रदेश सभा अवरुद्ध गरेको छ । यस अघि हिउँदे अधिवेशनमा राजधानीको विषयले प्रवेश पाउने भनियता पनि प्रवेश नपाउँदा प्रमुख प्रतिपक्षी दल आक्रामक...बाँकी
अफगानिस्तानमा पूर्वराजनीतिकर्मी एवं पत्रकार मिना मंगलको गोली हानी हत्या गरिएको घटनाको राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले निन्दा गरेका छन्। अफगानिस्तानको सर्वोच्च अदालत, महिलाविरुद्ध हिंसासम्बन्धी आयोग तथा नागरिक समाजका विभिन्न समूहहरूले उनको हत्याबारे गम्भीर अनुसन्धानको माग गरेका हुन्। एक चर्चित पत्रकार तथा राजनीतिक सल्लाहकारको हत्या निन्दनीय भएको भन्दै अधिकारीवादीहरुले दोषीलाई तत्काल पक्राउ...बाँकी
प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेशको नाम र राजधानीको विषयले प्रवेश नपाए प्रदेश ३ को आजबाट सुरु हुन लागेको वर्षे अधिवेशन अवरुद्ध गर्ने चेतावनी दिएको छ । प्रदेश नामांकन र स्थायी राजधानी तोक्न दबाव परे पनि प्रदेश ३ को संसदले अझै टुंग्याउन सकेको छैन । सत्तारुढ दल नेकपामै पनि राजधानी र...बाँकी
हेटौंडा : ३ नम्बर प्रदेशको बजेट अधिवशेन आजबाट सुरु हुने भएको छ । बजेट निर्माण गर्न प्रदेश सरकारले विभिन्न क्षेत्रमा छलफल सुरु समेत गरिसकेको छ । प्रदेश सरकारले यो आर्थिक वर्षमा करिब ५० अर्बको बजेट ल्याउने तयारी गरेको छ । अबको बजेट अधिवेशनमा प्रि–बजेटमा छलफल हुने छ । प्रदेश सभाको...बाँकी
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारले प्रेस स्वतन्त्रताविरोधी विधेयकहरु ल्याएको भन्दै संसद्मा प्रखर ढंगले उभिने जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रेस स्वतन्त्रताविरोधी विधेयकहरुका विरुद्धमा संसद्मा कांग्रेस प्रखर ढंगले उभिने जानकारी दिइएको हो । प्रेससम्बन्धी कानुन निर्माण गर्दा सरकारले सरोकारवाला पक्षसँग कुनै...बाँकी