बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित लामिडाँडा वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष ५ लाख घुससहित पक्राउ परेका छन्। लिलामीमा कोटेशन दर्ता गरी सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५ लाख घुस लिएका समितिका अध्यक्ष टीकाराम कामी र कोषध्यक्ष दीपक खुना घुस रकमसहित आइतबार रंगेहात पक्राउ परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट खटिएको टोलीले...बाँकी
नेपाल मिडिया सोसाइटीले ‘मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रति गम्भीर आपत्ति जनाएको छ। नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले आइतबार विज्ञप्ति प्रकासित गरी विधेयकले नेपालको संविधान २०७२ को प्रस्तावनामै व्यवस्था गरिएको पूर्ण प्रेस स्वतन्त्रताको आधारूत अवधारणामाथि अतिक्रमण गरेको जनाएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...बाँकी
सरकारले देशभरका स्थानीय तहलाई मातहतका खाली जमिनमा फलफूलका बिरूवा रोप्न निर्देशन दिएको छ। देशलाई फलफूलमा आत्मनिर्भर बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणालाई कार्यान्वयनमा ल्याउन अहिले ‘एक नेपाली एक फलफूलका बिरूवा रोपण’ अभियान नै चलाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेर फलफूल बिरूवा...बाँकी
काठमाडौंः प्रदेश तीनका प्रदेश सभा सदस्य केशव स्थापितले कृषिकै माध्यमबाट समृद्धिको बाटोमा जान सकिने बताएका छन् । सामुदायिक कृषिबजारको शनिबार उद्घाटन गर्दै सांसद स्थापितले हाट बजारले जिवन पाठशालाको काम गर्ने भएकाले सबैले पाठ सिक्न सक्ने बताए । ’सामुदायिक बजार भएपछी झगडा हुन्छ,मेलमिलाप हुन्छ सबैथोक हुन्छ । अनि न मान्छेले सिक्छ,उपेन्द्र...बाँकी
नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सगरमाथालाई ब्रान्ड बनाएर नेपालको पानी संसारभर बेच्न सकिने बताएका छन् । विश्वमा बेच्नुअघि देशभित्रको पानीको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको उनले जोड दिए । म श्रीलंका जाँदा नेपालबाट पानी ल्याउने रणनीतिक योजनाको कुरा भयो, सगरमाथाबाट निकालिने पानी, सगरमाथालाई ब्रान्ड बनाइयो भने संसारभरि...बाँकी
तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको चापागाउँ –सातदोबाटो सडक अबको हप्ता दिनभित्र मर्मत हुने भएको छ । लामो समयदेखि धुवाँधुलो र हिलाले आजित चापागाउँबासीले बिहीबार र शुक्रबार क्रमशः एक र दुई घण्टा यातायात अवरुद्ध पारी आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् । विगतमा उक्त सडक निर्माणको ठेक्का कन्ट्रयाक्ट निर्माण प्रालिले लिएको...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार यहाँको हा लोङ खाडी भ्रमण गरेका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो । एक हजार पाँच सय वर्गकिमीमा फैलिएको सो खाडी एक हजार छ सय सानाठूला चूनढुङ्गाका द्वीपमा छरिएको छ...बाँकी
नेपाल तरुण दल जिल्ला कार्य समिति मकवानपुरले भित्ते पात्रो विमोचन गरेको छ । कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत आज नेपाली काग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने र तरुण दल मकवानपुरका सभापति ईश्वर पाठकले सयुक्त रुपमा विमोचन गरेका हुन । विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले विपि र गणेशमानको उदाहरण दिदै...बाँकी