जिल्ला अस्पताल बैतडीमा कार्यरत १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । अस्पतालमा सुत्केरी भएकी एक महिलाको आरडिटी पोजेटिभ आएपछि ती महिलाको सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको हो । स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेपछि तीन दिनदेखि सेवा प्रभावित भएको छ । उच्च ज्वरोका साथै शङ्कास्पद लक्षण देखिएकी ती महिलाको आरडिटी परीक्षण...बाँकी
शनिबार देशका विभिन्न भागमा वर्षासहित चट्याङको सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सुझाब दिएको छ । विभागले खासगरी बागमती, गण्डकी, प्रदेश १ र प्रदेश २ मा वर्षासहित चट्याङको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन भनेको हो । साथै मनसुन पनि सुरु भइनसकेको र प्रि–मनसुन अवधि नै रहेकाले यी...बाँकी
हेटौंडा : हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थान ९फरेष्ट्री०का प्राध्यापक डा. ललितकुमार लाल दासले कोरोना भाइरस ९कोभिड(१९० विरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको भाइरसविरुद्ध लड्न प्रतिरोधात्मक र उपचारात्मक औषधि आफूले ७० दिन लगाएर तयार पारेको उनको दाबी छ। शुक्रबार पत्रकार सम्मेलन गरेर उनले आफ्नो खोज र...बाँकी
मकवानपुर — वागमती प्रदेश सरकारले बोलपत्र बिना नै करोडौंको उपकरण खरिद गरेको प्रदेशको सार्वजनिक लेखा समितिले ठहर गरेको छ । समितिले सभापति न्हुच्छेनारायण श्रेष्ठका अनुसार प्रदेशका सबैजसो मन्त्रालयहरुले आफ्नो स्थापना हुने समयमा करोडौंको उपकरण तथा सामाग्रीहरु आफूखुसी खरिद गरेका छन् । महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०७४र७५को प्रतिवेदन अनुसार प्रदेशसका...बाँकी
हेटौंडा, कोरोना रोकथामका लागि जारी गरिएको लकडाउनका कारण दैनिक उपभोग्य खाद्यान्नको समस्या हुन थालेपछि ड्रिम स्क्वाड मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे मा रहेको दिव्य सेवा निकेतन वृद्धाश्रममा आश्रित २३ जना बृद्धवृद्धाहरुका लागि खाद्यान्न सहयोग गरेको छ । सामाजिक कार्यमा क्रियाशिल ग्रुपका अभियान्ता बालकृष्ण दाहालले आश्रमका केन्द्रिय अध्यक्ष टिआर...बाँकी
जाजरकोट : बारेकोट गाउँपालिका १ का ३ जना र ईलाका प्रहरी कार्यालय बारेकोटमा कार्यरत १ जना प्रहरीसहित चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सुर्खेतस्थित प्रयोगशालामा गरिएका जाँचबाट सो कुरा पुष्टि भएको भेरी नगरपालिका स्वास्थ्य शाखाका यज्ञ गौतमले जानकारी दिए। उनीहरु सबैको जेठ १२ गते स्वाब संकलन गरिएको थियो।...बाँकी
ओखलढुंगा : रामेछापमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको १७ जनामध्ये दुई जना फरार भएका छन्। गोकुलगंगा गाउँपालिकाका २ जना संक्रमित फरार भएका हुन्। जिल्लामा गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखु तामाकोसी गाउँपालिकाका ६ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो। जसमध्ये गोकुलगंगा गाउँपालिकाका २ जना फरार रहेको जिल्ला अस्पताल रामेछापले...बाँकी
बझाङ — बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ को क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ । जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो । शुक्रबार साँझदेखि खाना नखाएका उनको राति मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष खगेन्द्र रावतले...बाँकी