समाज

प्रदेश २ मा ८२ जना संक्रमित थपिए

जनकपुर — प्रदेश २ मा सोमबार ८२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या ६ सय ९५ पुगेको समाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश २ को समाजिक विकास मन्त्रालयका अनुसार सोमबार धनुषामा ७ जना, सप्तरीमा १२ जना, सिरहामा ५ जना, महोत्तरीमा २ जना,...बाँकी

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३ सय नाघ्यो

जिल्लामा सोमबार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय नाघेको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ९ पुगेको छ । सोमबार शिवराज नगरपालिकामा २५ जना थपिएका छन् । योसँगै शिवराज नगरपालिकामा संक्रमितको संख्या ३२ पुगेको छ । त्यस्तै बुद्धभूमि नगरपालिकामा १० जना संक्रमित थपिएका छन्...बाँकी

विश्वभर कोरोना संक्रमितको संख्या ६२ लाख, ६२ हजार पुग्यौ

विश्वभर कोरोना भाइरसको महामारीले ६२ लाख ६२ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६२ लाख ६२ हजार ७७० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ८ हजार ४८१ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ३ हजार १८२...बाँकी

व्यवसाय सञ्चालन गर्न उद्योग वाणिज्य सघंको माग

जेठ २१ बाट मकवानपुरमा बिहान ६ देखि ९ बजे सम्मको सबै व्यवसायहरु सञ्चालन गर्न मकवानपुर उद्योग वाणिज्य संघले माग गरेको छ । आज हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरि संघले लकडाउनको कारण व्यापार व्यवसायहरु धरासयी बनेको भन्दै व्यापार व्यवसाय सञ्चालन गर्न माग गरेको हो । मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष...बाँकी

इटेनीले ग¥यो माक्स सहयोग

नेपाली काँग्रेस मकवानपुरका नेता उत्सव इटेनीले पत्रकारहरुका लागि ३० थान एन ९५ मास्क सहयोग उपलब्ध गराएका छन् । समाचार संकलनका लागि अग्रभागमा कृयाशील हुने पत्रकारहरुलाई सुरक्षित रहन आग्रह गर्दै नेता इटेनीले मास्क हस्तान्तरण गरेका हुन् । उनले आज हेटौँडामा प्रेस युनियन मकवानपुरका नेता एवम् अग्रज पत्रकार राममणी दाहाल, नेपाल प्रेस...बाँकी

भोलिबाट मौसममा फेरबदल

केही दिन यतादेखि प्रभावित भइरहेको मौसम भोलिबाट क्रमिक सुधार हुँदै जाने भएको छ । पश्चिमी वायु र पूर्वी भू–भाग नजिक बनेको निम्न चापीय रेखाले प्रभाबित भइरहेको देशका अधिकांश स्थानमा भोलीदेखि मौसम क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती मौसमी प्रणाली बाहिरिने क्रम शुरु भएकाले भोलिबाट मौसम सफा...बाँकी

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना, संक्रमितको संख्या १६६ पुग्यो

काठमाडौं : कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ४३ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै कर्णालीमा संक्रमितको संख्या १ सय ६६ पुगेको छ। पछिल्लो तथ्यांकअनुसार दैलेखमा मात्रै ७२ जनामा संक्रमण देखिएको छ। दैलेखमा एक युवाको कोरोनाका कारण मुत्यु...बाँकी

रुपन्देहीका दुई अस्पतालबाट २९ संक्रमित निको भएर घर फर्किए

बुटवल : रुपन्देहीका दुई कोरोना अस्पतालबाट दुई दिनमा २९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। बुटवलस्थित कोरोना विषेश अस्थायी अस्पतालबाट ४ जना र भैरहवास्थित भिम अस्पतालबाट २५ जना संक्रमित निको भएर डिस्चार्ज गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले जानकारी दिए। डिस्चार्ज हुनेमा एक जना ४...बाँकी